February 2016
no image
फागुन १४ – शक्तिशाली र धनी राष्ट्र बन्न विश्वमा निकै प्रतिस्पर्धा भैरहेको पाइन्छ । आफूलाई अर्को राष्ट्र भन्दा अब्बल र शक्तिशाली बनाउने होडबाजी चलिरहेकै बेला एउटा यस्तो प्रतिवेदन सार्वजनिक भएको छ, जसले विश्वमा सबैभन्दा धेरै अर्वपतिको सूची सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार चीनको राजधानी बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्वपति  बसोबास गर्ने शहर बन्न सफल भएको छ । चीनलाई आधारभूमी बनाएर काम गर्दै आएको संस्था ‘हुरुन’ले निकालेको प्रतिवेदन अनुसार बेइजिङ अमेरिकाको न्यूयोर्कलाई उछिन्दै सबैभन्दा धेरै अर्बपतीको शहर बनेको हो । बेइजिङमा अहिले एक सय जना अर्वपतिहरु बस्दै आएका छन् भने न्यूयोर्कमा ९५ जना मात्रै छन् ।
गएको वर्ष बेइजिङमा ३२ जना नयाँ अर्वपति  थपिएका थिए भने न्यूयोर्कमा चारजना मात्र थपिएका  प्रतिवेदनले जनाएको छ । चीनमा गत बर्ष ९० जना थपिएपछि त्यहाँ अर्वपतिको संख्या ५ सय ६८ पुगेको छ । न्यूयोर्कमा यो संख्या ५ सय ३५ छ । तर शीर्ष दश जनाअर्वपतिको सूचीमा भने अमेरिकीहरुको बर्चश्व कायमै छ ।

श्रोत - उज्यालो अनलाईन
फागुन १३ – जोनसन एण्ड जोनसनले अमेरिकाकी एक महिलाको परिवारलाई सात करोड २० लाख अमेरिकी डलर अर्थात सात अर्ब ९२ करोड नेपाली रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । अलाबामाकी ज्याकलिन फक्सको डिम्बासयको क्यान्सरका कारण ज्यान गएको थियो ।
अलाबामाकी ज्याकलिन फक्सको डिम्बासयको क्यान्सरका कारण ज्यान गएको थियो । गएको वर्षको अक्टोबरमा ६२ वर्षकी फक्सको ज्यान गएपछि उहाँको परिवारले जोनसन एण्ड जोनसन विरुद्ध मुद्दा दायर गरेको थियो । फक्सको परिवारले उहाँको निधन जोनसन एण्ड जोनसनको पाउडर तथा साबुनको प्रयोगका कारण क्यान्सर लागेर भएको भन्दै मुद्दा दायर गरेका थिए ।  जोनसनले उत्पादन गर्ने सामग्रीमा टेलकम पाउडर हुने र त्यसले क्यान्सर निम्त्याउने भएकाले फक्सको परिवारको दाबीलाई सदर गर्दै मिसोरी राज्य अदालतले जोनसन एण्ड जोनसनलाई जरिवाना तिर्न आदेश दिएको हो ।
अलाबामामा बस्दै आएकी फक्सले फेमिनाइन हाइजेनका लाग जोनसन एण्ड जोनसनको सावर टु सावर भन्ने उत्पादन ३५ वर्षदेखि प्रयोग गर्ने गरेको र त्यसमा रहेको  का कारण क्यान्सर लागेको उनको परिवारको दाबी थियो । फक्सको तीन वर्षको उपचारपछि गएको अक्टोबरमा निधन भएको थियो ।
फक्सको निधन पछि उहाँको परिवारले जोनसनको उत्पादनका कारण उहाँलाई क्यान्सर लागेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । तीन हप्ताको सुनुवाइपछि अदालतले जोनसनले उपभोक्तालाई झुक्याएको तथा हानिकारक तत्व मिसिएको उत्पादन बेचेकोमा दोषी ठहर गर्दै जरिवाना तिराएको फैसला सुनाएको हो ।
जोनसन विरुद्ध अहिले मिसोरी राज्य अदालतमा एक हजार भन्दा धेरै मुद्दा दर्ता भएका छन् । यस्तै न्यु जर्सीमा पनि दुई सय भन्दा धेरै मुद्दा दर्ता भएका छन् । जोनसनले बेबी पाउडर, साबुन तथा ट्वाइलेट क्लिनरसहितका आफ्ना उत्पादनमा ट्यालकम प्रयोग गर्ने गरेको छ । यसले क्यान्सर लाग्ने खतरा रहने वैज्ञानिकले बताएका छन् ।

श्रोत - उज्यालो अनलाईन
फाल्गुन १, २०७२- दलोल्यान्ड’, ‘नेमसेक’, ‘अनेकस्टम्ड अर्थ्’ जस्ता प्रसिद्ध आख्यान लेख्ने बंगाली मूलकी अमेरिकी लेखिका झुम्पा लाहिरीको नाम नसुन्ने पाठक बिरलै होलान्। नेपालको वामपन्थी आन्दोलनलाई विशेष प्रभाव पारेको नक्सलवारी आन्दोलनलाई आफ्ना आख्यानमा लेखिरहने झुम्पाको परिचय त्यत्तिमा सीमित छैन। ठूलो सामाजिक आयतन बाँचेर अन्तत: एक्लोपनमा खुम्चिँदै गएका पात्रहरू झुम्पाका लागि प्रिय छन्। उपन्यास ‘नेमसेक’ र ‘द लोल्यान्ड’ मा उनले त्यसै गरिन्। र, आफ्नै जीवनलाई पनि नयाँ भाषा र नयाँ परिवेशमा होमेर नयाँ खाले एक्लोपनमा कायाकल्प गर्न पुगिन्। ‘इन्टरप्रेटर अफ् मलाडिज्’ का लागि पुलित्जर विजेता यी लेखिकाको भर्खरै आएको नयाँ पुस्तक ‘इन् अदर् वर्डस्’ अहिले चर्चामा छ। इटालेली र अंग्रेजी गरी दुई भाषामा प्रकाशित यो पुस्तकको कथा रोचक त छँदैछ, स्तब्ध पार्ने खालको पनि छ। बंगाली मूलकी यी भारतीय आप्रवासी बेलायतमा जन्मिन्। अमेरिकामा हुर्किन्। ग्वाटेमाली मूलका पत्रकारसँग बिहे गरिन्। अहिले इटाली बसाइँ सरेकी छन्। यो पछिल्लो पुस्तक यसैको नतिजा हो। पुस्तकको प्राक्कथनमा उनले लेखेकी छन्, ‘एक प्रकारले म त भाषिक निर्वासनमा परिगएँ। मातृभाषा बंगाली अमेरिका पुग्दा विदेशी भाषा हुन पुग्यो। तपाईं त्यस्तो देशमा बस्नुहुन्छ, जहाँ तपार्इंको आफ्नै भाषालाई विदेशी मानिन्छ कस्तो अनुभूति हुँदो हो ! गुपचुपमा बोल्नुपर्‍यो, त्यहाँको हावापानीमा घोल्न नसकिएजस्तो। त्यस्तो रिक्तता, जसले तपाईंभित्रै नजानिँदो दूरी बनाउँछ। तर झुम्पाको कुरा त्यत्ति होइन, हुँदै होइन। खासमा उनी न त मातृभाषा बंगाली राम्ररी बोल्ने हुन्। दु:खसुख जिब्रो फड्कारिहाले पनि लेख्न र पढ्न त फिटिक्कै आउँदैन। कुनै भाषाबाट पूरै निर्वासित अनुभूति गर्न कसरी सम्भव होला, जुन भाषा नै आफ्नो होइन ! झुम्पा भन्छिन्, ‘सायद म नै यस्ती लेखक हुँला, जसको कुनै आफ्नो भन्ने भाषा छैन।’ इटालेली सिक्ने क्रममा झुम्पाले सुरुमा ‘टिच योरसेल्फ इटालियन’ नामक पुस्तक किनिन्। शीर्षकै रमाइलो लाग्ने यो पुस्तकको पहिलो परिच्छेद त मज्जैले छिचोलिन्। पछि पढ्दै गएपछि दाँतमा ढुंगा लागेजस्तो हुँदैगयो। त्यसपछि उनले सन्धि संयोजक, वियोजकहरू याद गर्न थालिन्। पढ्दै गएपछि लाग्यो, उनी भाषा होइन, संगीत सिक्दैछिन्। पुस्तकको सुरुवाती खण्डमा उनले इटालीकै मिलानबाट अमेरिकाको बोस्टन गएकी एक महिलाबाट प्राथमिक भाषा कक्षा लिएको, स्कुले केटीझैं घर फर्केर पनि गृहकार्यमै रत्तिएको, दुई वर्षको पठनपछि अल्बर्टो मोराभियाको उपन्यास ‘ला सिओसियरा’ (टु वुमन) मरितरी छिचोलेको चर्चा गरेकी छन्। ‘मैले अन्डरलाइन नगरेको कुनै पृष्ठको, कुनै अनुच्छेदको कुनै त्यस्तो शब्द नहोला,’ उनले सकारेकी छन्, ‘शब्दकोशै नाथे त कत्ति हेरियो कत्ति !’ इटालीको फ्लोरेन्स सहरमा ६ वर्ष बिताइसकेपछि नजानी नहुने केही शब्द टिपेर झुम्पा भेनिस गइन्। उनले टिपेका शब्द कस्ता थिए भने : के तपाईं मलाई बताउन सक्नुहुन्छ ? फलानो ठाउँ यहाँबाट कतातिर पर्छ ? यो माललाई कति दाम पर्छ ? कहिलेकाहीँ केही काम नपरी मान्छेहरूलाई इटालेली भाषा बोलेर वाक्कदिक्क लगाउने गर्न थालिन्। भाषा सिक्न यत्ति त गर्नैपर्‍यो। केही महिनापछि उनलाई एउटा साहित्यिक महोत्सवबाट निम्तो आयो। त्यहाँ उनले मार्को र क्लाउडिया नाम गरेका दुई इटालेली प्रकाशक पनि भेटिन्। उनले धाक लगाइहालिन्, ‘हल्काफुल्का इटालेली जान्या छु। सकभर अंग्रेजी बोल्न नपरे हुन्थ्यो, नत्र यति जानेको पनि बिर्सिन्छ।’ अंग्रेजी लेखेर नामदाम कमाइसकेकी यी लेखकले थालेको नयाँ अभ्यास सुनेर उनीहरू छक्क परे। झुम्पाका अस्पष्ट नबुझिने वाक्य मिलाइदिने, उच्चारण सच्याउन सहयोग गर्ने गर्न थाले। नयाँ भाषाको यो पाठशालामा झुम्पा आफूलाई जिज्ञासु बच्चीको भूमिकामा उभ्याउँथिन्, उनीहरू पनि कत्ति न सबथोक जान्ने बाबुआमाझैं भइदिन्थे। कतिसम्म भने घरीघरी इटालेली बोल्ने अक्सर अंग्रेजीमै सहज अनुभूति गर्ने उनीहरू झुम्पाकै कारण चौबीस क्यारेटको इटालेली बोल्नुपर्ने भयो। झुक्किएर  ट्वाक्कटुक्क अंग्रेजी बोलिहाले झुम्पा त्यसलाई इटालीमा अनुवाद गरिहाल्थिन्। परेन आपत् ? समयक्रममा झुम्पा अमेरिका फर्किन्। इटालेली भाषा बोल्ने धीत मरेकै थिएन, तर अब कोसँग गफिनु ? न्युयोर्कमा इटालेली भाषा बोल्ने केही मानिस छन् रे भन्ने सुनिन्। अब आएर यिनलाई बोल्न लाज भयो, गल्ती हुने हो कि भनेर। भाषा सिक्दाको फाइदा उठाउने ठाउँ कहीँ त फेला पर्‍यो। न्युयोर्क युनिभर्सिटीमा आएकी एक प्रसिद्ध रोमन लेखिकाको अन्तर्वार्ता गर्न उनी गइन्। धाराप्रवाह इटालेली बोल्नेहरूको भीडमा झुम्पालाई त्यहाँका डाइरेक्टरले स्वागत गरे।  ‘मलाई इटालेली भाषामै कुरा गर्न मन छ, तर तिनले के सोच्ने हुन् !’‘केही छैन, प्रयास गर्नुभए हुन्छ,’ डाइरेक्टरले फर्काए। सन् २००४। ब्रुकलिन। उनका पतिले एउटा सूचना थमाए ‘इम्परारे ला इटालियानो।’ अर्थात्, इटालेली भाषा सिकौं। घरछेवैमा भाषा सिक्ने ठाउँ रहेछ। झुम्पाले फोन गरिन्, एपोन्मेन्ट लिइन्। निजी स्कुल पढाउने एक उत्साही महिला भाषा सिकाउँदी रहिछन्। झुम्पाले भनिन्, ‘म केही समयपछि रोममा हुने एउटा साहित्य महोत्सवमा जाँदैछु, त्यहाँ बोल्नका लागि मात्रै भए पनि मलाई भाषा सिक्नुपर्‍यो।’ तर झुम्पाले बताइनन्, किन सिक्नुपर्‍यो। खासमा इटालेली सिक्नुका पछाडि त्यस भाषासँग उनमा पहिल्यै निर्माण भइसकेको सम्मोहनले काम गरेको थियो। त्यो भन्दै भनिनन्। उनले यो पनि खुलाइनन्, भाषा सिक्ने हुँदा कति तड्पिएकी थिइन्, कति दु:ख पाएकी थिइन्, मानौं इटालेली भाषा कुनै त्यस्तो पुस्तक हो, जुन उनी आफ्नो जीवनमा कहिल्यै लेख्न सक्दिनन्। अर्को सातादेखि उनी ती महिला भेट्न गइन्। याद रहोस्, झुम्पा यस बेला गर्भवती थिइन्। कुरो गर्न खोज्यो, ती महिला यति लामो वाक्य बनाएर बोल्दिन्छन् कि झुम्पा कसरी खुुट्टयाउन् ! तैपनि उनी वाक्यलाई साना साना अंशमा टुक्रयाएर बुझ्न खोज्थिन्। त्यसो गर्दा अलि–अलि अर्थ आउँथ्यो। अनि रोम। साहित्यिक महोत्सवमा उठेका प्रश्नहरूको जवाफ एकपछि अर्को गर्दै इटालेलीमै दिँदै गइन्। बरु अप्ठेरो नहोस् भनेर साना वाक्यहरू बोलिन्, टेनिस खेल्दा बल फर्केर आफैंतिर आएको आयै गरेझैं। छोरी जन्मेको केही समयपछि झुम्पाले अर्को पुस्तक ‘अनेकस्टम्ड अर्थ’ लेखिन्। फेरि इटालीबाटै निम्ता आयो, पुस्तक प्रोमोसनका लागि। यही बेला उनले भाषा सिकाइ फेरि निरन्तरता दिइन्। नयाँ शिक्षिकाकहाँ जान थालिन्। घरैमा समेत बोलाउन थालिन्, सातामा एकपल्ट। कुर्सीमा बस्यो, घन्टौं भएका नभएका गफ दियो। उनीहरू अन्तरंग साथी भए। साथी पनि साथित्व निभाउन माहिर थिइन्। जत्तिखेरै ‘आहा तिम्ले कस्तो राम्रो इटालेली  बोलेकी ! अब त मैले पनि तिमीसँग सक्दिन हुँला’ भन्दिने। झुम्पा लेख्छिन्, ‘खासमा कहाँबाट सत्य हुनु यो कुरा। अहिले सम्झँदा उनले मलाई बढाइचढाइ गरेको जस्तो लाग्छ।’ झुम्पा फेरि मिलान गइन्। गल्तीहरूबाट सावधान हुँदै इटालेली बोल्ने अभ्यास जारी थियो। तर अर्काको भाषा जत्ति बोले पनि कहाँ बिग्रयो, कहाँ मिलेनजस्तो भइरहने। सन् २००९ मा अमेरिका फर्केर अर्की निजी शिक्षिका राखिन्। ३० वर्ष काटेकी विधवा भेट्न उनी एक घन्टा रेल चढेर पुग्थिन्। शिक्षिका भेट्न जाने त्यो एक घन्टाको समयरेखा उनका लागि औधि प्रिय थियो। एउटा अन्तर्वार्तामा झुम्पाले भनेकी छन्, ‘म घरबाट निस्कन्थें, मानौं म नियमित जीवनबाट सधैंका लागि निस्किइरहेकी छु। अबको पुस्तक के विषयमा लेख्ने होला भनेर कहिल्यै सोचिनँ। बाटामा देखिएका विभिन्न दृश्यहरूलाई इटालेली भाषामै सोच्ने, वर्णन गर्ने कोसिस गर्थें। मानौं, त्यो सानो तर स्वच्छन्द उडान थियो, जहाँ केवल इटालेली भाषामात्रै छ।’ भाषिक यात्रा ! बस्नु छ अमेरिका, सोच्नु छ इटाली। इटालीको बारेमा अझै कत्ति सोचिरहनु ! एउटा बिन्दुमा पुगेर उनी इटाली नै जाने विचार गर्न थालिन्। इटालेली बोल्दा बोल्दा अब त यस्तो हुन थाल्यो, उनी इटालीमा मात्रै आफूलाई सुरक्षित पाउँछिन्। रोम। झुम्पाले सानैमा मन पराएको सहर। अमेरिका फर्कनुअघि उनी छ महिना उतै बस्ने निधो गरिन्। छ महिनामा कुनै अंग्रेजी पुस्तक नपढ्ने, नलेख्ने। इटालीमै पढ्ने, इटालीमै लेख्ने। इटालीमै खाने, इटालीमै सुत्ने। सपना पनि इटालेलीमै देख्ने ! साथमा लगिएका सबै पुस्तक अध्यादेश शैलीको नयाँ निर्णयमा परेर एकाएक काम नलाग्ने हुन पुगे। कोठाको संरचना नै बदलिन्। भाषा सिक्नका लागि उनले अर्कोपल्ट आफैंलाई फेरि स्वनिर्वासनमा होमेकी थिइन्। अमेरिका फर्किन्, अमेरिकामै नभएजस्तो गरी। इटालेली पढ्न लेख्न थालिन्, घरमै नभएजस्तो गरी। झुम्पाले त्यसबीचमा सबैभन्दा अप्ठेरो मानिने मोराभियाको ‘ग्ली इन्डिफिरेन्टी’, ‘ला नोइआ’, सिजर पाभेजको ‘ला लुना इ आई फालो’, क्वासिमोडोका कविता खरर्र पढ्न नसके पनि बिस्तारै बुझ्न थालिन्। कहीँ कहीँ नबुझेजस्तो लाग्यो भने ठान्थिन्, यत्ति त नबुझे पनि हुन्छ। मिलाएर बुझ्नुपर्छ। झुम्पाले पुस्तकको प्राक्कथनमा लेखेकी छन्, ‘मैले बिस्तारै पढें, तनावमा पढें। अप्ठेरो गरी पढें। बाधा अवरोधलाई प्रेरणा नै मान्दै पढें। यसरी पढें, मानौं हरेक वाक्य संरचना मार्बल ढुंगा हुन्, र नबुझिएका शब्दचाहिँ गहना–जुहारत।’ पुस्तक पढिसक्दा उनी सन्तुष्टिको चरम क्षण अनुभूति गर्थिन्। प्रत्येक पुस्तकले उनलाई चमत्कृत गथ्र्यो। एक भाषामा लेख्ने, अर्को भाषामा पढ्ने यो निरन्तरको अभ्यासले झुम्पालाई एउटै शरीरभित्र दुई व्यक्ति बाँचिरहको भान हुन्थ्यो। अंग्रेजी किन छाड्नु थियो र उनलाई, तर अर्को भाषाको भूत सवार भइसकेको थियो। सपरिवार रोम आउने जाने गर्न थालिन्। भिया गलिया नामको गल्लीमा अपार्टमेन्टमा जीवनको नयाँ अध्याय सुरु भयो। इटालेलीमै डायरी लेख्न थालिन्। कुनै कुनै कुरा लेख्न नआउँदा दिमाग टन्टनी दुख्थ्यो, तर अंग्रेजीमा लेखेर काम चलाउनतिर लागिनन्, बरु शब्द खोज्न थालिन्। गल्ती नै गल्ती भरिएको इटालेली भाषा लेख्नु उनको दैनिकी हुन थाल्यो। न सच्याउएको छ, न डिक्सनरी हेरेको छ। आफ्नो कुरा आफैंलाई बुझ्न गाह्रो पर्नेगरी लेखिन्। घरिघरि त लाग्थेछ, यस्तो किन गरिरहनु परेको होला ! आखिर म त अंग्रेजी लेखेर चर्चितै भइसकेकी हुँ। रोमका एक लेखक साथीले एक दिन इमेल लेखे, ‘नयाँ भाषा नयाँ जीवनजस्तै हो। व्याकरण र वाक्पद्धतिले तिमीलाई नयाँ हावा भरिदिन्छन्। तिमी एउटा तर्कमा चिप्लिन्छौ र अर्को संवेदना लिएर उठ्छौ।’ झुम्पालाई ती वाक्यहरूले छोएर गए, किनकि उनी त्यस्तो जीवन बाँचिरहेकी थिइन्, जस्तो उनका साथीले इमेलमा अथ्र्याइरहेका थिए। लाग्यो, अब मेरो कायाकल्प भयो। विदेशी भाषा पढ्नु भनेको आफूलाई नै नयाँ ढंगबाट सोच्नु हो, झुम्पालाई यस्तै लाग्छ। बाहिरी दुनियाँले चिनेकी झुम्पा अंग्रेजी भाषामा उत्कृष्ट प्रभावकै कारण छाएकी थिइन्। तर बंगाली पृष्ठभूमिकी यी लेखकलाई भित्रभित्रै त्यही अंग्रेजीले निराश पारिरहेको रहेछ। उनी अंग्रेजी भाषाबाट अर्को भाषामा कायाकल्प भएको एक दिन अचानक यो निष्कर्षको वरिपरि आफूलाई पाइन्। म अंग्रेजीबाट थाकिसकें, उनले एक दिन लेखिन्। ‘अंग्रेजीले मलाई ठूलो नामदाम दियो, तर भित्रभित्रै असफलताको अनुभूति र डर सँगसँगै भइरह्यो,’ झुम्पाले पुस्तककै एक खण्डमा लेखेकी छन्, ‘इटालेली भाषाले मलाई त्यो डरबाट भाग्ने निहुँ दियो। लेखकको रूपमा मैले आफूलाई एकपटक फेरि भत्काएँ र नयाँ संरचनामा उभ्याउन कोसिस गरें। आज म इटालेली भाषामा थुप्रै गल्ती गरुँला तर असफलता र दु:खको अनुभूति भने फिटिक्कै छैन।’ झुम्पाले नयाँ भाषा सिकेर लेख्न थालेकामा थुप्रैले नकारात्मक टिप्पणी गरेका रहेछन्। तर ती प्रतिक्रियाले आफूलाई फरक नपर्ने उनको दाबी छ। परिवर्तन आफ्नो रोजाइ भएको उनी हाकाहाकी भन्छिन्। ‘म त्यो आमाकी छोरी हुँ, जो कहिल्यै बदलिन सिक्नुभएन। अमेरिका आइसक्दा पनि उही कलकत्ताकै खाना, बंगाली पोसाक, उहाँले मौलिक पहिचानमा अडिन सकेकामा ५० वर्ष नाघ्दासम्म गर्व गरिरहनुभयो, त्यत्रो अमेरिका बस्नुभयो, तर मानौं उहाँ कलकत्ता छाडेर कहीँ जानुभएकै छैन,’ झुम्पा लेख्छिन्, ‘मचाहिँ पूरै उल्टा छु। कस्तै नयाँपनहरूमा पनि नबदलिनु मेरी आमाका लागि ‘विद्रोह’ थियो, मेरा लागि भने यथास्थितिहरूमा पनि निरन्तर बदलिइरहनु।’ झुम्पा आफ्नो चिहानमा यस्तो लेखियोस् भन्ठान्छिन् : ‘कुनै एउटी अनुवादक महिला थिई, अनुवाद गर्दागर्दै एक दिन स्वयंले आफूलाई समेत अनुवाद गरी।’ 

स्रोत : इन् अदर वर्ड्स, गार्डियन, भोग,  पोएट्स एन्ड राइटर्स
(कान्तिपुर समाचार)
नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफँैले गर्न सकिने भन्दै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान विधि सिकाउने कार्यलाई तीव्रता दिएको छ । स्तन क्यान्सरको पहिचान आफ्नो स्तनको आफैँ पहिचान गर्ने सबैभन्दा सजिलो विधि हो भने स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । 
आफ्नो स्तनको आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने चिकित्सकको भनाइ छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्ग बर्सेनि बढ्दो अवस्थामा रहेको स्तन क्यान्सर नियन्त्रणका लागि स्वयम् व्यक्तिलाई प्रशिक्षित गराउन विभाग सक्रिय रुपमा लागेको बताउनुहुन्छ । सोही विभागले देशका १२ वटा अस्पतालबाट तथ्याङ्क सङ्कलन समेत गर्दै आएको छ ।
सन् २००३ देखि सन् २०१२ सम्म सुरुमा सात वटा अस्पतालमा तथ्याङ्क सङ्कलन गर्दा स्तन क्यान्सर ५६ हजार १३ जनामा देखिएको उहाँले बताउनुभयो । सन् २०१३ मा १२ वटा अस्पतालमा तथ्याङ्क सङ्कलन गरिएकामा आठ हजार ७२९ जना थप बिरामी फेला परेको उहाँले उल्लेख गर्नु भयो । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।
यो रोग प्रायः महिलालाई लाग्छ तर कहिलेकाहीँ पुरुष पनि यस रोगबाट प्रभावित हुने गरेको उहाँले बताउनुभयो । गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा, बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने उहाँले जानकारी दिनु भयो । त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । 
आफ्नो स्तन आफैँले राम्ररी हेरेर तथा छामेर नियमित रूपले परीक्षण गर्नाले स्तनमा भएको परिवर्तन वा गिर्खा पत्ता लगाउन सहयोग मिल्दछ । दाहिने स्तनको परीक्षण देब्रे हात र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिने बताउँदै उनीहरुले स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी स्तनको परीक्षण गर्नु उपयुक्त हुने सुझाव दिन्छन् । स्तनको परीक्षण गर्दा स्तनको सम्पूर्ण भाग वरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए÷नभएको छामी हेर्नुपर्दछ । यसका साथै आफ्नो स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए÷नआएको पनि ख्याल गर्नुपर्दछ । यसरी परीक्षण गर्दा फेला परेका गिर्खाहरू चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए÷नभएको थाहा पाउन सकिने विभागका प्रमुख प्रधानाङ्गले सुझाउनुभयो । विभागले हप्तामा दुई दिन समुदायमा गएर निःशुल्क रुपमा स्तनको परीक्षण गराउनुका साथै परीक्षण विधि सिकाउँदै आएको छ ।
चितवन, नवलपरासी, महोत्तरी, पर्सा, तनहुँलगायतका जिल्लामा समुदायस्तरमा स्तन क्यान्सर पहिचानको विधि सिकाउँदै आएको प्रधानाङ्गले बताउनुभयो । हालसम्म समुदायस्तरमा मात्रै छ हजार ७८५ जनालाई यो विधि सिकाइएको उहाँले जानकारी दिनुभयो । क्यान्सर अस्पतालको बहिरङ्ग विभागमा दैनिक रुपमा १२÷१५ जनाको स्तन परीक्षण एवम् पहिचान विधि सिकाउने गरिएको छ । स्तनमा क्यान्सरको आशङ्का भएमा तत्काल अस्पतालमा जँचाउन विभागले सार्वजनिक रुपमा आह्वान गर्दै आएको छ ।
विभागले रोगबाट बच्न बोसोयुक्त खानेकुरा नखान, मोटोपन घटाउन, नियमित व्यायाम गर्न, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउन र आफ्ना आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएको छ भने वंशाणुगत कारणले आफूलाई पनि हुन सक्ने भएकाले नियमित स्तनको परीक्षण गर्न सुझाव दिएको छ । विश्वमा क्यान्सर भएका बिरामीमध्ये ११ दशमलव ९ प्रतिशतमा स्तन क्यान्सर देखिएको छ भने नेपालमा १५ दशमलव ५ प्रतिशतमा यो रोग देखापरेको विभागले जनाएको छ ।

श्रोत - एजेन्सी
नयाँ दिल्ली, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणबाट दुई देशबीचको राजनीतिक सम्बन्धमा सुधार आएकाले अब नेपालको आर्थिक विकासमा भारतीय निजी क्षेत्रको लगानी बढ्ने अपेक्षा उद्यमी तथा व्यवसायीले गरेका छन् ।
भ्रमण दलमा रहेका निजी क्षेत्रका अगुवा व्यवसायीले भारतसँगको नेपालको व्यापार घाटा कम गरी लगानी बढाउन अनौपचारिक रुपमा विभिन्न पहल गरिरहेका छन् । नेपालको भारतसँगै व्यापार घाटा वार्षिक रु ७०० अर्ब (झन्डै कुल बजेट) छ । हाल नेपालमा डाबर कम्पनीलगायत करिब १५० भारतीय कम्पनीले काम गरिरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणाले पछिल्लो समय दुई देशबीचको सम्बन्ध बिग्रिएका कारण व्यवसायी मात्र नभई सिङ्गो मुलुकले असहजता भोगेको अवस्थामा प्रधानमन्त्री ओलीको भ्रमणले आगामी दिनमा सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो । भ्रमणका अवसरमा ऊर्जा विस्तार, थप नाका र मार्ग खुलाउने सम्बन्धी समझदारीसमेत भएकाले आगामी दिनमा यसले नेपालमा भारतीय लगानी बढ्ने आशा गरिएको राणाको भनाइ छ ।
महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीको भ्रमणले स्थितिलाई सम्हालेर नयाँ चरणमा सम्बन्ध विकसित गरे
को र व्यवसायी प्रमण्डलले नयाँ दिल्ली र मुम्बईमा भएका छलफलले नेपाली व्यवसायीको नेतृत्वले एकताबद्ध भएर प्रस्तुत देखाएको र दुई देशबीचको व्यापार सम्झौतालाई पुनरावलोकन गरी व्यापार घाटा बढाउनेतर्फ लाग्नुपर्ने खाँचो आँैल्याए ।
गैरआवासीय नेपाली सङ्घका संस्थापकसमेत रहनुभएका डा उपेन्द्र महतोले भारत नेपालको सबभन्दा ठूलो व्यापार साझेदार रहेको अवस्थामा अब नेपालको ठूलो लगानीकर्ताका रुपमा पनि भारत हुनुपर्नेमा जोड दिँदै भने, “नेपालमा लगानी गरेर कुनै जोखिम छैन । हामी भारतीय लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दछौँ ।”
व्यवसायी चण्डी ढकालले प्रधानमन्त्रीको भ्रमणले दुबै देशका व्यावसायिक लगानी र सम्बन्ध विस्तारको वातावरण निर्माण गरेको र यसलाई कार्यान्वयनमा जानका लागि आगामी दिनमा नयाँ सम्भावना र अवसर खोजेर जान सकिने प्रतिक्रिया दिनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधानले दुई देशका साना उद्योगीबीच अलग्गै भेटवार्ता भएको र विगतको तुलनामा सम्बन्ध सुधार भएको बताउनुभयो । सुनिश्चितता हुने बताउँदै उहाँले लगानी बढाउन भारतीय व्यवसायी र व्यापारीलाई आग्रह गर्नुभयो ।
भारतको छदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ कमर्स र असोचाम, भारतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय लगानीकर्तालाई नेपाली व्यवसायी सरहकै व्यवहार गरिने उल्लेख गर्दै नेपालमा लगानीका लागि उचित वातावरण भएको बताएका थिए ।
नेपालमा जलविद्युत्, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानीका लागि आवश्यक सहजीकरण गर्न नेपाल लगानी बोर्डले आह्वान पनि गरेको थियो ।

श्रोत - रातोपाटी
काठमाडौं– ‘सार्वजनिक ठाउँमा चुरोट पिउनुहँदैन भन्ने तपाईंलाई थाहा छैन ?’ बर्दिधारी प्रहरी इन्स्पेक्टरले कडा प्रश्न गरेसँगै बुद्धकुमार कार्कीले हतार–हतार चुरोट फाल्दै बोले, ‘थाहै थिएन सर !’ डर मिश्रित स्वरमा कार्कीले अनभिज्ञता प्रकट गरेपछि महानगरीय प्रहरी वृत बालाजुका इन्सपेक्टर ऋषिराम मगरले सम्झाउन थाले, ‘सार्वजनिक ठाउँमा चुरोट सेवन गर्दा तपाईंलाई मात्रै हैन वरपरका सबैलाई असर गर्छ । हाम्रो देशको कानुनअनुसार सार्वजनिक ठाउँमा धुम्रपान गर्न पाइँदैन । अबदेखि तपाईं पनि यस्तो नगर्नुस् साथीभाईलाई पनि भन्नुस्, कुरा बुझ्नु भो नी ?’ ऋषिराम मगरले यसरी केही मिनेट सम्झाएसँगै उनीसँगै रहेका प्रहरी जवानले बुद्धकुमारको नाम ठेगाना सोधेर आइन्दा सार्वजनिक ठाउँमा चुरोट सेवन नगर्ने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराए । त्यसपछि प्रहरी टोली त्यहाँबाट अगाडी बढ्यो ।
मंगलबार बिहानै बालाजुस्थित माछापोखरीमा यस्तो दृश्य देखेपछि रातोपाटीको टीमले प्रहरी टोलीलाई पछ्यायौँ । अन्यत्रकालाई नयाँ जस्तो लागेपनि बालाजु क्षेत्रका स्थानीयका लागी यो दृश्य पुरानो भैसकेको थियो । गत पुस अन्तिम साताबाट आफ्नो क्षेत्रका सार्वजनिक स्थानमा धुम्रपानबिरोधी अभियान शुरु गरेको बालाजु प्रहरीले हालसम्म ६ सय भन्दाबढी अम्मलीलाई सम्झाई–बुझाई गरिसकेको छ । ‘कानुनले पक्रने र थुन्ने अधिकार दिएको छैन’ महानगरीय प्रहरी वृत बालजुका डिएसपी संजीव शर्माले रातोपाटीसँग भने, ‘त्यसैले अहिले चोक–चोकमा चुरोट तान्दै हिँड्नेलाई सम्झाई–बुझाई आइन्दा त्यस्तो नगर्ने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराएर छाड्ने गरेका छौँ ।’ सार्वजनिक क्षेत्रमा धुम्रपानबिरुद्ध नयाँ शैलीको अभियान शुरु गरेको महानगरीय प्रहरी वृत बालाजु ले डेढ महिनाको बीचमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ । अभियानको पहिलो दिन अर्थात् गत पुस २८ गते ३६ जना चुसे (चुरोट सेवन) गर्नेलाई सिसीटिभीको फुटेजमा कैद गराएर प्रहरीले आइन्दा त्यसरी सावजनिक ठाउँमा चुसे नर्गन आग्रह गरेको थियो । ‘अहिले त्यो संख्या घट्दै गएको छ,’ डिएसपी शर्मा भन्छन् ।
मंगलबार बिहान रातोपाटीले पछ्याउँदा इन्सपेक्टर ऋषिराम मगरसहितको टोलीले करिब आधा दर्जन चुसे गर्नेलाई सचेत गराएर छाडेका थिए । धादिङबाट काम विशेषले काठमाडौं आएका राजेश लुइँटेल एकाबिहानै प्रहरीको फन्दामा परे । प्रहरीले तयार पारेको प्रतिबद्धता हस्ताक्षर गरेपछि लुइँटेलले भने, ‘हाम्रो जिल्लातिर जतासुकै चुरोट तान्न पाईन्छ, आज प्रहरीको फन्दामा परेँ ।’ धुम्रपान विरुद्ध अभियान सफल पार्न महानगरीय प्रहरी वृत बालाजुले इन्सपेक्टर ऋषि मगरको संयोजकत्वमा पाँच सदस्यीय टोली बनाएको छ । प्रहरी सहायक निरिक्षक संजीव भुजेल उनको टिमका नियमति सदस्य हुन् । ‘अरु सदस्य थपघट भईरहन्छन्’ मगरले भने, ‘अभियानबारे वृतका सवै स्टाफलाई अपनत्व महसुस गराउन हामीले केही दिनको फरकमा सदस्य परिवर्तन गरिरहन्छौँ ।’ बाटोमा भेटिएका चुसे गर्नेलाई सम्झाउनेमा मात्र सिमित छैन प्रहरी अभियान । बालाजु प्रहरीले आफ्नो एरियाका स्कुल, कलेजमा पनि धुम्रपानका असरबारे कक्षा दिन थालेको छ । हाइप्रोफाईलले भने, ‘चुरोट कम्पनी बन्द गर !’ सार्वजनिक ठाउँमा धुम्रपान गर्न नपाईने कानुन कार्यान्वयनका लागी नयाँ शैलीको अभियान शुरु गरेपछि प्रहरीको फन्दामा पर्नेमा सर्वसाधारण मात्र थिएनन्, केही ‘हाईप्रोफाईल’ पनि छन् । केहि दिनअघि वृत अगाडी चुरोट खाँदै हिँडेका नेपाली सेनाका पूर्व मेजर बालाजु प्रहरीको फन्दामा परे । ‘बल्ल बल्ल सम्झाएर हस्ताक्षर गरायौँ’ डिएसपी शर्माले भने, ‘उल्टै, कम्पनी बन्द गर्नुस् भन्दै थिए उनी ।’
नेपाली सेनाका पूर्व मेजर एक प्रतिनिधी पात्र हुन्, उनीजस्ता धेरै ‘हाईप्रोफाइल’ले कम्पनी बन्द गर्ने चेतावनी दिँदै प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेर फर्कने गरेका छन् । ‘हाईप्रोफाईल पहिले रवाफ देखाउँथे, फोटो खिच्ने भनेपछि आतिन्थे’ बालाजुमा कार्यरत सई सरोज सिलवाल भन्छन्, ‘आजभोली ‘हाईप्रोफाइल’ भेटिँदैनन्, हाम्रो अभियान थाहा नभएका मात्रै नयाँ बसपार्कतिर फाट्टफुट्ट भेटिन्छन् ।’ 
(फोटो : बिजु महर्जन)

श्रोत - रातोपाटी
‘के छ ड्याडी’ भन्दै अभिनेत्री रेखा थापा निर्माता छविराज ओझाको अंगालोमा पुगिन् । छवि पनि ‘ठिक छ बाबु’ भन्दै रेखालाई आफ्नो अंगालोमा कस्न आतुर देखिए।


काठमाण्डौको जय नेपाल हलमा वुधबार बेलुकी देखिएको यो दृश्यले धेरैको ध्यान तानेको हो । फिल्म को आफ्नो हेर्न आ आफ्नै तरिकाले जय नेपाल पुगेका रेखा र छवि र्फकने बेलामा भने नाटकिय शैलीमा देखिए ।
रेखाले छविलाई गाडीमा लगिदिन्छु भन्दा छविले हिडेरै जान्छु भनेका थिए । रेखा र छविको मिलनले यी दुई अझै पनि एक अर्कालाई सम्मान र माया गर्छन् भन्ने देखिन्छ ।
रेखा र छविको यो अंकमालसँगै यी दुइको फिल्म एकसाथ नजुध्ने संभावना पनि बढेको छ । संभवत छविले रेखाका लागि चैत्र २६ को मिति छाडेर आफू नयाँ बर्षको साउन महिनातिर जाने तयारी गरेका छन्।
यसैले पनि अलग हुने समयमा रेखालाई कारसम्म आएर बिदाई गरेका छवि खुशी देखिए । यता रेखा पनि छविसागको अंकमाल पछि खुशी देखिएकी थिइन् ।
फोटो – उत्सव रसाईली
श्रोत - मज्जाको अनलाईन
काठमाडौं: १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल उपाधि दिलाउने खेलाडीलाई चिकित्सकहरूले आजीवन निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । भारतको गुवाहाटीस्थित इन्धिरा गान्धी स्टेडियममा सोमबार भएको फाइनलमा भारतलाई २—१ गोलले हराउँदै २३ वर्षपछि सागमा स्वर्ण पदक जितेका खेलाडीलाई निःशुल्क उपचार सेवा दिने घोषणा गरिएको हो ।
 
थापाथालीस्थित नर्भिक अन्तराष्र्टि«य अस्पतालमा कार्यरत डा. सुधांशु केसीले फाइनलका लागि निर्णायक गोल गरेका नवयुग श्रेष्ठलाई आफ्नो क्लिनिकमा उपलब्ध र आफूले गर्न सक्ने सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् ।
उनले ट्विटमा भनेका छन्, ‘नेपाली फुटवल टिमले जितेको उपलक्ष्यमा १० जना एचआईभी र एचसिभी संक्रमित व्यक्तिलाई निःशुल्क हेपाटाइटिस सीको समेत निःशुल्क उपचार गर्ने निर्णय गरियो ।'
 
केसीले यसअघि आयरल्यान्डविरुद्ध जित निकालेका अन्डर नाइन्टिन क्रिकेटका नेपाली खेलाडीलाई एकपटकका लागि निःशुल्क जाँच गर्ने घोषणा गरेका थिए । उनले यसै प्रसंगमा पुनः अर्को ट्विट गर्दै भनेका छन्, ‘म्याच फिक्सरलाई कारबाही गरेपछि भटाभट उपाधि । अब राजनीति र देश फिक्सिङ गर्नेलाई कारबाही गरौं । अनि देश पनि भटाभट विकास पथमा लम्किन्छ ।'
 
त्रिवि शिक्षण अस्पतालमा कार्यरत मनोचिकित्सक अनन्त अधिकारीले पनि भारतलाई हराउने सम्पूर्ण नेपाली खेलाडीको निःशुल्क उपचारको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘म पेसागत रूपमा एउटा मनोचिकित्सकको हिसाबले सम्पूर्ण खेलाडी साथीहरूमा मैले प्रदान गर्न सक्ने सेवा आजीवन निःशुल्क घोषणा गर्दछु । हामी वीर थियौं, छौं र रहनेछौं । खालि बीचमा केही घाँस खानेहरूले बिगार्ने हुन् ।'
 
यसैबीच पदक विजेता सबै खेलाडीलाई गैरआवासीय नेपाली संघ एनआरएनले बधाई ज्ञापन गरेको छ । एनआरएन अन्तराष्ट्र्रिय समन्वय परिषद्की प्रवक्ता रञ्जु वाग्ले (थापा) ले प्रेस विज्ञप्ति जारी गरी पदक विजेता फुटबल खेलाडीलगायत सबैलाई बधाई दिएकी हुन् ।

श्रोत - अन्नपूर्ण पोष्ट
काठमाडौं: कम्प्युटर ह्याकिङमा नेपाल विश्वमै सबैभन्दा अगाडि रहेको एक तथ्याङकले देखाएको छ। विश्वको चर्चित सर्च इन्जिन गुगलले गरेको एक अध्ययनले नेपाल विश्वमै 'कम्प्युटर ह्‍याकिङ'सँग सम्बन्धित शब्दको खोजीमा अग्रस्थानमा रहेको देखाएको हो। 

गुगलले गरेको अध्ययन अनुसार नेपालमा How to hackHack wi-fiHackingComputer VirusFacebook Hacking लगायतका शब्दहरु विश्वका चर्चित देशहरु भन्दा बढी खोजी भएको ह्याकिङबारे अध्ययन गरिरहेको नेपाली संस्था रिगो टेक्नोलोजीले जनाएको छ।
रिगोका अनुसार नेपालमा इन्टरनेटको पहुँच बढेसँगै युवा पुस्तामा 'ह्याकिङ' शब्दलाई नजिकबाट पछ्याएको तथ्याङ्क पाइएको हो। खासगरी युवा पुस्ताले इन्टरनेटमा रहमाउन चाहने, नयाँ नयाँ खोजको गर्ने बहानामा ह्याकिङतिर आकर्षित भइरहेको अनुसन्धानबाट खुलेको छ।
तथ्याङक अनुसार कम्बोडिया, फिलिपिन्स, पाकिस्तान, श्रीलंका र म्यानमारभन्दा नेपालमा 'ह्याकिङ'सँग सम्बन्धित ट्रेन्ड्स बढ्दो देखाएको छ। ह्याकिङ शब्दको खोजी नेपालमा शतप्रतिशत(१००) छ भने कम्बोडिया ६४ प्रतिशत,  फिलिपिन्समा ५६ प्रतिशत, पाकिस्तानमा ५४ प्रतिशत, श्रीलंकामा ८४ प्रतिशत, म्यानमारमा ४२ प्रतिशत, ट्रिनिड्याड एण्ड टोब्यागोमा ४१ प्रतिशत, लेबनानमा ३८ प्रतिशत र मलेसियामा ३७ प्रतिशत र मोरिसमा ३६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।
यस्तै ह्याकरहरुले सबैभन्दा बढी टीभीको विषयवस्तुमा केन्द्रित रहेर ह्याक गर्ने गरेको, त्यसपछि प्रमोग्रामिङ ल्याङग्वेज र अन्तिममा पासवर्डतिर निशाना लगाएको पाइन्छ।

नेपालमा भने फेसबुक ह्याक, ह्याक फेसबुक एकाउन्ट, ह्याकिङ, ह्याक फेसबुक पासवर्ड, वाइफाइ पासवर्ड ह्याक, आइफोन ह्याक्स, ह्याक्स लगायतका शब्दहरु बढी खोजीने गरेको रिगोले अनुसन्धान गरेको प्रतिवेदनमा उल्लेख छ।
उच्च ओहदाका व्यक्तिहरुको वेबसाइट ह्याक हुनु, सरकरी निकाय तथा सार्वजनिक संघस्स्थाका वेबसाइट ह्‍याक हुनु, बैंकको एटीएम नम्बर चोरी हुनु, मिडियाका वेबसाइटहरु ह्‍याक हुनुले नेपालमा साइबर क्राइमको अनुपात दिनानुदिन बढिरहेको प्रमाणित गरेको छ। 
नेपालमा बढ्दै गएको ह्‍याकिङ, यसको खोजी र सरकारी तथा गैरसरकारी वा उच्च ओहदाको व्यक्तिको वेब संरचनामा सुरक्षाका तवरले  ध्यान दिनु नै उपयुक्त भएको रिगो टेक्नोलोजीका म्यानेजर बिजय लिम्बू सेनिह्याङले बताए।

श्रोत -  अन्नपूर्ण पोष्ट
उजेली अनि नायक राजेश हमाल 



गाउँले परिवेशको एक दिनचर्या।
विद्यार्थीहरुले समाज र देशको परिवर्तनका लागि अहम् भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोचेँर म वामपन्थी आन्दोलनमा जोडिएँ । माओवादी जनयुद्ध सुरु नहुँदै हाम्रो परिवारले तत्कालिन संयुक्त जनमोर्चालाई भोट दिएका थिए रे । जनयुद्ध शुरु भएपछि मैले सशस्त्र युद्धलाई नजिकैबाट नियालेँ । माओवादी लडाकुको हतियार लुकाएको र खान बस्न दिएको कारण हामी विस्थापित भयौं ।
सानैदेखि वामपन्थी परिवारको पृष्ठभूमिले होला, म जानेर या नजानेर माओवादीप्रति लगाव राख्न पुगेँ । माओवादीभित्र पनि मलाई बाबुराम भट्टराई विशेष मन पर्थे । कहिल्यै सेकेण्ड नभएको, एसएलसीमा बोर्ड फस्ट, पिएचडी गरेको विद्धान भन्ने उनको चर्चा सुनिन्थ्यो । म आफैँ पनि विद्यालयमा पढाईमा अगाडि । गुरुहरुसँग हाकाहाकी प्रश्न गर्थेँ । तर्कले शिक्षकहरुलाई पनि जित्न सक्ने विद्यार्थीमा गनिन्थँे । त्यसैले बाबुराम आदर्श हुनु स्वभाविकै थियो ।
म नेता भए भने बाबुराम जस्तो बन्छु भन्ने सोच्थँे । त्यही साँेच र व्यक्तित्वको कारण उहाँ मेरो आदर्श बन्नु भयो । म उहाँको लागि जोसँग पनि झगडा गर्थे । स्थिति यति विकराल बन्यो कि मेरो श्रीमानसँग पनि सम्बन्ध बिग्रिने स्थितिमा पुग्यो । म ढुङ्गाको भगवान त मान्दिनँ तर बाबुरामलाई भगवानको ठाउँमा राखिएको थिएँ । बाबुरामले जे गरेपनि सहि नै हुन्छ किनकी उहाँ विद्वान जस्तो लाग्थ्यो ।
बाबुरामले एमाओवादी परित्याग गरेर गइसकेपछि म पनि मेरो श्रीमानसँग सम्बन्ध बिगारेर नयाँ शक्तिमा गएँ । बाबुरामले बनाउन लागेको घरमा एउटा ईट्टा थपिनु पनि ठूलै योगदान हुनेछ भन्ने लागेको थियो, तर मैले बाबुरामलाई जे सोचेको थिएँ, त्यो होइन रहेछ । मेरो आदर्शको जग बालुवाले बनेको रहेछ र त्यसको चमक शीशाले । टाढाबाट हेर्नु र नजिक गएर बुझ्नुमा धेरै फरक हुँदो रहेछ । यो पछिल्लो समयमा बाबुरामलाई अत्यन्तै नजिकबाट बुझ्ने अवसर पाउँदा शीशाबहिरका बाबुराम र भित्र अर्कै रहेछन् भन्ने लाग्यो । त्यसैले आज म आफैले आदर्श मानेका व्यक्तिको अभियानबाट विलग भएको घोषणा गर्दैछु ।
जीवनमा बाबुरामलाई धेरैपटक समर्थन गरियो । यसले मेरै राजनीतिक व्यक्तित्व समेत पछि परेको हो । तर त्यसमा मलाई कुनै गुनासो छैन । तर अब आएर बाबुरामलाई समर्थन गरे भने मेरो आत्माले कहिल्यै मलाई माफ गर्ने छैन र पश्चातापको आगोमा जिन्दगीभरि जलिरहने छु ।
मैले नयाँ शक्ति निर्माण अन्तर्गत भक्तपुर जिल्ला संयोजक भएर काम गरँे । बाबुरामका धेरै अन्तरक्रियाहरुमा भाग लिएँु । मैले नयाँशक्तिको बारेमा नसा नसासम्म बुझ्ने मौका पाएँ यसबारे धेरै अध्ययन र छलफल पनि गरेको छु । मैले बाहिरबाट जे देखेको थिए र बुझेको थिए यो अभियानमा जोडिएपछि त्यो पाइएन ।
नयाँ शक्ति अभियानकाे जुलुसमा सहभागी गंगा दाहाल
मलाई लागिरहेको छ, नयाँ शक्ति भन्दा पुरानो शक्ति (बाबुरामको नजरमा) उत्कृष्ट रहेछ । महिला महिलामा प्रतिस्पर्धा गरेर उत्कृष्ट महिला छान्ने, दलित दलितमा प्रतिस्पर्धा गरेर उत्कृष्ट दलित छान्ने, मधेशी मधेशीमा प्रतिस्पर्धा गराएर उत्कृष्ट मधेशी छान्ने, जनजाति जनजातिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट जनजाति छान्ने भन्ने खोक्रो भाषण सुनिएको थियो । तर होइन रहेछ । चाकरी र गर्नेबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट चाकरबाजलाई छान्ने नियम रहेछ नयाँ शक्तिमा । जस्को नीति उसको नेतृत्व होइन रहेछ । नीति नै नभएकाहरुको नेतृत्व रहेछ । नीति र नियम नै नभएकाहरुको झुण्ड रहेछ नयाँ शक्ति । फरक मत राख्नेको विशेष कदर गरिनेछ भनिन्थ्यो तर फरक मत राख्नेलाई पानी बराबर गरिंदो रहेछ । सायद धेरै समय गुटगत राजनीति गरेका मान्छेहरुको समूह भएकाले होला यहाँ प्रत्येक तीन जना बराबर एउटा गुट छ ।
मैले त्यो झुण्डमा आपूmलाई एक्लो महसुस गरे । आर्थिक विषयमा पारदर्शिता हुन्छ भन्ने सुनेको थिए यहाँ त मन परेकालाई आवास सुविधासहित बिटाका बिटा पैसा उपलब्ध गराई दिने चलन रहेछ । मन नपरेकाहरु ओंठ मुख सुकाएर बस्न बाध्य रहेछन् । युवा पुस्तालाई राजनीतिमा अरुले प्रयोग मात्र गरे हामी नेतृत्व गर्ने ठाउँमा पु¥याउँछौ । पच्चिस वर्षको युवा पनि पार्टीको केन्द्रिय सदस्य हुन सक्छ भन्नु हुन्थ्यो डा. भट्टराई तर खुलेयाम म एउटा बच्चाको आमालाई पनि फरक मत राख्दा बच्चा भनेर सम्बोधन गरियो । भनेपछि युवा पुस्ता भनेका त मेरो बुवा आमाको उमेरका मान्छे त होलान् नि भोटो फटाएर र कपाल फुलाएर बुद्धि आउने भएत उमेरको हिसाबले मेरो आमा पनि स्थायी कमिटिको दाबेदार हुनुहुन्छ ।
नयाँ शक्तिले माक्र्सवाद मान्छ भन्ने सुनेको थिएँ, तर कुनै पनि वाद नै नमान्ने मात्र होइन, “म जनयुद्ध भन्दा पहिले पनि कम्युनिष्ट होइन र जनयुद्ध पछि पनि होइन ।” भन्ने अभिव्यक्ति बाबुरामबाट आएपछि म अब गैर कम्युनिष्ट पार्टीमा बस्न सक्दिन । जनयुद्धको जगमा टेकेर उहाँ प्रधानमन्त्री हुनु भयो, आज त्यहि जनयुद्ध गलत भन्दै हुनुहुन्छ । उहाँलाई त्यही सत्र हजारको बलिदानले बनाएको होइन ? सांस्कृतिक रुपमै विचलित भएका भगौडाहरुको नेतृत्वमा कसरी बसौं ? जस्को विरुद्ध जनयुद्ध गरेर १७ हजार निर्दोष दाजुभाई दिदीबहिनी सहिद हुनुभयो, हजारौ बेपत्ता र घाइते हुनुभयो, तिनै पञ्चेहरुलाई नमस्कार गरेर बस्न मेरो आत्मसम्मानले दिँदैन ।
म हिजो पनि माक्र्सवाद मान्थे आज पनि मान्छु र भोली पनि मान्नेछु म कम्युनिष्ट हुनुमा गर्व गर्छु । त्यसैले म आजको दिनबाट स्वतन्त्रपूर्वक बस्न चाहान्छु । मैले भक्तपुर जिल्ला संयोजकबट मात्र नभई नयाँ शक्ति निर्माण अभियानबाटै अलग्गिने निर्णय गरेको छु ।
श्रोत - एभेरेष्ट दैनिक