December 2015
युएई
१० पुस शुक्रवार ।
नेपाल पत्रकार महासंघ युएईले आफ्नो ८ औँ वार्षिकोत्सको अवसरमा युएईमा कृयाशिल एक संचारकर्मीलाई एफएनजे अवार्ड - २०१५ प्रदान गरेको छ ।

स्वदेशमा लामो समय पत्रकारिता गरेर रोजगारीको शिलशिलामा २ वर्ष अघि युएई आएका मोरङका रामकुमार परियारलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
युएईको दुबईमा बिहिवार आयोजित पत्रकार महासंघ युएईको ८ औँ वार्षिकोत्सवमा कार्यक्रमका सभापति एवं महासंघका कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला प्रमुख अतिथी महासंघका केन्द्रिय प्रतिनिधि भुपराज बस्याल र विशेष अतिथिद्वय महासंघका केन्द्रिय प्रतिनिधि एकेन्द्र थापा र एनआरएन युएईका अध्यक्ष सुदिप कार्किले ले उक्त अवार्ड प्रदान गरेका हुन ।
महासंघले युएईमा रहि कलम चलाउने सक्रिय पत्रकारहरुको कृयाशिलतालाई मुल्यांकन गर्दै वर्षेनि एकजना पत्रकारलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
दुबईको सिन्धपन्जाब रेस्टुरेन्टको कार्यक्रमहलमा आयोजित वार्षिकोत्सवमा युएईमा कार्यरत संचारकर्मी र संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्तिथि रहेको थियो ।
अवार्ड ग्रहण पश्चात् बोल्दै परियारले प्रवाशमा पत्रकारितालाई संगसंगै लैजानु चुनौतीपूर्ण भएको बताउँदै सहकर्मी , स्थानीय सामाजिक संघसंस्था र सम्पुर्ण नेपाली समुदायको सहयोगवाट कलम चलाउन उत्साह मिलेको बताए । उनले आफ्नो योगदानलाई मुल्यांकन गर्दै पुरस्कृत गरेकोमा नेपाल पत्रकार महासंघ युएईप्रती आभार व्यक्त गरे ।
स्वदेशमा करिब ७ वर्ष सक्रिय पत्रकारिता गरेर रोजगारीको शिलशिलामा दुई वर्ष अघि युएई आएका परियार युएईको पत्रकारितामा निक्कै सकृय छन् ।
महासंघको नेपाली संघसंस्थासंग अन्तरक्रिया
त्यसैगरी सोही कार्यक्रमको दोस्रो चरणमा युएईमा कृयाशिल नेपाली संघसंस्थाका प्रमुखहरुसंग "युएईको पत्रकारिता र संघसंस्थाको भुमिका" विषयमा अन्तरक्रिया भएको थियो ।
गैह्रआवसिय नेपाली संघ , आदिवासी जनजाती महासंघ , बिजनेस काउन्सिल , विभिन्न दलका प्रवाश संगठन , जिल्लागत रूपमा स्थापित सम्पर्क समितीहरु , यहाँ स्थापित व्यवसायीहरु एवं सरोकारवालाहरुसंग युएईमा पत्रकारिताको अवस्था , महासंघसंग राखिएको अपेक्षा , कमिकमजोरी , आगामी दिनमा खेल्नुपर्ने भुमिका जस्ता विषयमा दोहोरो छलफल भयो ।
संघसंस्थाका प्रतिनिधिहरुले युएईको पत्रकारिता निश्पक्ष र न्यायिक रहेको बताउँदै प्रशंसा गरेका थिए । केही संघसंस्थाका प्रतिनिधिले भने अझै पनि यहाँको पत्रकारिताले सबै नेपाली संघसंस्थाहरुलाई सम्बोधन गर्न नसकेको बताउँदै भोलिका दिनमा सबैलाई समेटेर जान सुझाएका थिए । कार्यक्रममा संघसंस्थाका प्रतिनिधिबाट आएका जिज्ञासा हरुलाई महासंघका केन्द्रिय प्रतिनिधिहरु भुपराज बस्याल , एकेन्द्र थापा , कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला र सचीव लक्ष्मण खनालले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा पत्रकार महासंघका केन्द्रिय प्रतिनिधिद्वय भुपराज बस्याल र एकेन्द्र थापा थिए भने सभापति महासंघका कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला रहेका थिए । त्यसैगरी महासंघ युएईका कोषाध्यक्ष मेघराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सचिव लक्ष्मण खनालले संचालन गरेका थिए ।
विराटनगर– मधेसी मोर्चाको एक घटक राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेका मोर्चा कार्यकर्ताले दशगजामा बसेर नाका अवरोध पार्न खोजेपछि विराटनगरको रानी भन्सार तनावग्रस्त भएको छ।
धर्नामा बसेका सद्भावना अध्यक्ष महतो घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनको विटानरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको मोर्चाका एक नेताले जानकारी दिए। उनका अनुसार महतोको टाउकोसँगै घुँडालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ।
महतो दशगजामा धर्नामा बसेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो। नेपाल प्रहरीले हस्तक्षेप गरेपछि भारतीय सीमातर्फ भागेका महतो भारतीय सीमा सुरक्षा बल एसएसवीको हस्तक्षेपमा परेका थिए।

श्रोत - नागरिक न्युज
no image
उमाकान्त पाण्डे/उज्यालो । युएई, पुस १० - संयुत्त अरब एमिरेट्स युएईमा एक नेपालीको हत्या भएको छ । बारा सिमराऔराका ४१ वर्षका दिपेन्द्र उप्रेतीको चक्कु प्रहार गरी दुबईमा हत्या भएको हो । 
डेरादुबईको सेलाहद्विनमा रहेको सिटी स्टार होटलमा ८ वर्ष पहिलेदेखि सुपरभाइजरको रुपमा कार्यरत उप्रेतीको गएको शुक्रबार त्यही कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत इजिप्सियन नागरिक शाईद सलहले चक्कु प्रहार गरी हत्या गरेको उहाँका सहकर्मी सिमराऔराका सुरेश खड्काले जानकारी दिनुभयो ।
कम्पनीको काम सकेर बेलुका ६ बजे अलनादा दुईमा रहेको कम्पनिकै कोठामा पुगेका उप्रेतीलाई भिसा रद्द गरी इजिप्ट फर्किने प्रतिक्षामा बसेका शाईदले सामान्य झगडामा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट उप्रेतीको छाती, घाँटीमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको कम्पनीले जनाएको छ ।
शाईदका अरु सहकर्मीहरु प्राथनाका लागि गएको र उप्रेतीका अरु सहकर्मी ड्युटीमै रहेको अवस्थामा घटना भएको हो । हत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । 
उप्रेतीको शव दुबईको रशिद अस्पतालमा राखिएको र हत्यारालाई स्थानीय प्रशासनले नियन्त्रणमा राखेको तथा घटना बारे नेपाली दूतावास आबुधाबीमा जानकारी गराई सकिएको धादिङ सेवा समाजका पूर्व अध्यक्ष भुवन गुरुङले बताउनुभयो ।
यसबारे दूतावासलाई जानकारी भएपनि थप अनुसन्धान भइरहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

श्रोत - उज्यालो अनलाईन
किशोर नेपाल :
यतिबेला धर्मनिरपेक्ष राष्ट्र नेपालको प्रथम महिला राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको नाम विवादमा परेको छ । विवाह पञ्चमीका अवसरमा राम–जानकीको पूजा–अर्चना गर्न गएकी राष्ट्रपतिले आन्दोलनमा रहेका मधेसी जनताको विरोधको सामना गर्नुपरेको छ ।

राष्ट्रपतिको विरोध गरेर मधेसका जनताले ‘राष्ट्रपति र त्यसमा पनि महिलाको’ अनादर गरेको निष्कर्ष निकालेका छन्– संस्थापन पक्षका विचारक, विश्लेषक, कार्यकर्ता र चौतारीमा उभिएका पत्रकारहरूले । उनीहरू यो अनादरको बदला लिन चाहन्छन् ।
 नेपाली राजनीतिमा यो कुनै नौलो र अनौठो घटना होइन । यहाँको संस्थापन पक्षले मधेस वा पहाड, जहाँका जनताबाट पनि आदर र सत्कारको खोजी गरेका हुन्छन् । उनीहरूको सम्मान नगरेको आरोपमा जनतालाई कानुनी पासोमा पार्ने र सजायको भागी बनाउने काम सुरु हुन्छ । जनकपुरधामको घटनामा पनि यो प्रक्रिया सुरु भइसकेको छ ।
धर्मनिरपेक्ष राष्ट्रको सैद्धान्तिक मान्यता विपरीत कुनै एक धर्मको धार्मिक अनुष्ठानमा राष्ट्रपतिको सहभागिता वाञ्छनीय हुँदैन । त्यसैले निर्धक्क भन्न सकिन्छ : यो विवादको सिर्जना स्वयं राष्ट्रपति भण्डारीले गरेकी हुन् ।
विवाह पञ्चमीमा पूजा—अर्चनाको थाली बोकेर राम–जानकीको दर्शनका लागि जनकपुरधाम जानु उनको व्यक्तिगत अधिकारको कुरो हो । तर राजनीतिक र सामाजिक द्वन्द्वले थिलथिलो भएको त्यो धार्मिक थलोमा उनी सामान्य नागरिकका रूपमा शान्ति, सद्भाव र समान अधिकारको सन्देश लिएर गएको भए परिस्थिति फरक हुन्थ्यो होला । राष्ट्रपतिको हैसियतले त्यहाँ उनको अभिमानपूर्ण सहभागिताले चर्को विवाद निम्त्यायो ।
आधिकारिक हिसाबले धर्मनिरपेक्ष राष्ट्रको राष्ट्रपतिले कुनै धार्मिक अनुष्ठानमा भाग लिनु संविधानको मान्यताअनुरूप हुन्छ कि हुँदैन, यो कुरो संविधानविद्हरूले जानुन् ।
अहिले राष्ट्रपति विद्याको पक्षमा उभिएको भीडले अघिल्ला राष्ट्रपति डा. रामवरण यादवको यस्तै सहभागिताको धुवाँधार विरोध गरेको जनताले पक्कै बिर्सिएका छैनन् । जनताले जानेको यतिमात्र हो, धर्मनिरपेक्ष देशले कुनै धर्म, सम्प्रदाय र धार्मिक पन्थलाई बेग्लाबेग्लै चिन्दैन ।
उसका लागि सबै धर्म, सम्प्रदाय र पन्थ समान हुन्छन् । सबै संस्कृतिको संरक्षण उसको दायित्व हुन्छ । राष्ट्रपति विद्या र उनका सल्लाहकारहरूलाई यो कुराको ज्ञान नभएको पक्कै होइन । विद्या भण्डारी महिला भएकोले राष्ट्रपति बनेकी होइनन् ।
जीवनभर एमाले–कम्युनिष्ट पार्टीको झण्डा बोकेको एउटै कारणले मात्र आफ्नो पार्टीको दबदबा रहेका बेला राष्ट्रपति पदको पुरस्कार प्राप्त गरेकी कम्युनिष्ट नेताको धार्मिक अनुष्ठानप्रति अहिले देखिएको मोह राजनीतिक पाखण्डभन्दा बढी केही होइन ।
धर्मलाई अफिम र संस्कृतिलाई प्रगतिको अवरोधक ठान्ने कम्युनिष्ट सिद्धान्तमा दीक्षित व्यक्ति राजनीतिक आन्दोलनको आगो बलिरहेको संवेदनशील क्षेत्रमा आयोजित धार्मिक अनुष्ठानमा सेनाको गारद बोकेर सहभागी हुनजानु त्यसैले कपटपूर्ण राजनीति हो ।
यसलाई वामपन्थी सत्ताको नेतृत्व गरिरहेको एमाले रणनीतिको एउटा सूत्र भन्न अन्कनाउनु पर्दैन । राष्ट्रपति विद्यालाई जानकी दर्शनमा पठाएर भारतको हिन्दुवादी सरकार रिझाउने सरकारी सूत्रकै एक हिस्सा मान्नुपर्छ, यसलाई । तर प्रयोगको पहिलो चरणमा नै यो सूत्र स्खलित भएको छ ।
राष्ट्रपति विद्याको जनकपुरधामको जानकी मन्दिर भ्रमणपछि चुलिएको विवादमा अहिलेसम्म धेरैले घिउ थपेका छन् । यसको उद्देश्य आन्दोलनमा रहेका मधेसका नेपाली जनतालाई आततायीका रूपमा चित्रण गरेर अपमानित गर्नु रहेको छ ।
राष्ट्रपतिका नाममा अपशब्द जोडेर सामाजिक सञ्जालमा कसैले लेखेको कथित ‘स्टाटस’लाई पत्रपत्रिका र सामाजिक सञ्जालका प्रयोगकर्ताहरू अहिलेसम्म लतार्दैछन् । घटना र त्यसको यथार्थको गहिराइमा पुग्ने चासो कसैलाई छैन ।
 समाचारको व्यवसायमा लागेका व्यक्तिहरूमा धरातलमा पुगेर तथ्य केलाउने प्रचलन खण्डित भएको छ । सञ्चार जगतको एउटा हिस्सामा झुठ र घृणाको खेती मौलाएको छ । जनकपुरधाम मेलामा राष्ट्रपति भण्डारीको हुर्मत लिने काम भएकोले त्यसका लागि आन्दोलनकारी दलका नेताहरूले माफी माग्नुपर्ने माग संस्थापन पक्ष र उसका समर्थकहरूबाट उठिरहेका छन् ।
तर राष्ट्रपतिको सुरक्षामा गएको सैनिक गारदले सुरक्षाको नाममा मन्दिरभित्र गरेको उछलकुदको लेखाजोखा गर्ने साहस कसैले गरेको छैन । मधेस आन्दोलनका कारण सरकारले जारी भएको संविधानसम्म पनि लागु गर्नसकेको छैन ।
नाकाबन्दीको समस्या सल्टाउन कूटनीतिक हिसाबले सरकार असफल र अकर्मण्य सावित भएको छ । यस्तो अवस्थामा सस्ता नारामा मात्र जीवित रहेको सरकारले जनकपुरधाममा भएको सुरक्षा हस्तक्षेपको माध्यमबाट जनतालाई आफू गतिशील रहेको जनाउदिन खोजेको हुनुपर्छ ।
मधेस आन्दोलनको पृष्ठभूमिमा कोइराला मन्त्रिपरिषदले संशोधनका लागि अनुमोदन गरिसकेको संविधानका प्रावधानहरूको वर्तमान मन्त्रिपरिषदले अनुमोदन गरेको छ । ओली नेतृत्वको मन्त्रिपरिषद कोइराला मन्त्रिपरिषदकै निरन्तरता हो ।
सरकारको यो निर्णयले लोकतान्त्रिक निरन्तरताको सिद्धान्त अनुरूप छैन । सम्भवत: प्रधानमन्त्री ओली आफूलाई अघिल्लो सरकारसँग जोडन चाहँदैनन् । जे होस्, भारत सरकारले मन्त्रिपरिषदको प्रस्तावको पक्षमा गरेको टिप्पणीबाट सरकारले राहत महसुस गरेको हुनुपर्छ ।
यो उत्साहको यथेष्ट झल्को परराष्ट्रमन्त्रीको प्रतिक्रियामा पाइन्छ । भारत सरकारको यो टिप्पणी समस्या समाधानको प्रारम्भ होइन । समाधानको प्रक्रिया आफैंमा बोझिलो छ । भारतले खुसी व्यक्त गर्दैमा नेपाली राजनीतिको चञ्चल स्वरूप बदलिने पक्कै होइन ।
प्रस्तावित संशोधनले मधेसका समस्याहरूको एकमुष्ट समाधान गर्दैन । तीन मिनेटमा सिर्जना भएर सयभन्दा बढी नागरिक र सुरक्षाकर्मीको ज्यान लिएको सीमांकन विवादलाई आयोग गठन गरेर तीन महिना पन्छाउने सरकारी प्रस्ताव भरलाग्दो छैन । संविधान निर्माणको क्रममा तीन दलका शीर्ष नेताहरूले जुन तदारुकताका साथ प्रादेशिक सीमांकन तोकेका थिए, त्यत्तिकै तदारुकताका साथ संशोधन नगर्नु भनेको समस्यालाई कचल्ट्याउनुमात्रै हो ।
मधेस आन्दोलनलाई तीन महिना विश्राममा पठाएर पनि समस्याको टुंगो लाग्ने परिस्थिति अहिले छैन । नाकाको अवरोध हट्दैमा द्वन्द्व समाप्त हुँदैन । वर्तमान सरकार संसदीय संख्याका हिसाबले जतिसुकै बलियो भए पनि अहिलेसम्म यसको विश्वसनीयता स्थापित हुनसकेको छैन ।
सरकार सञ्चालनमा रहेका दुई प्रमुख दलभित्र विवादहरू बढ्दै गएका छन् । मधेस आन्दोलनका नेताहरूले यो सत्यलाई बुझेको हुनुपर्छ । सीमांकनमा संशोधन गर्न तीन महिना लगाउने हो भने अहिले गरिएको प्रादेशिक संरचनालाई फेरि पुनर्संरचना गर्नुपर्ने अवस्था आउन सक्छ ।
सत्तापक्षले मधेस आन्दोलनलाई भारत–केन्द्रित राजनीतिका रूपमा बुझेको छ । यो बुझाइ नेपालको एकताका लागि खतरनाक छ । मधेस आन्दोलन र राजनीतिको केन्द्र नेपालको राजधानी काठमाडौं हो, नयाँदिल्ली होइन । मधेस आन्दोलनले भारतीय सद्भाव र समर्थन पाएको छ ।
तर त्यस्तो समर्थन नेपालका सबै दलहरूले पाएका छन् । अहिले भारत विरोधीको लर्को लामै देखिए पनि २०५२ सालदेखि अहिलेसम्मको राजनीति कतिपय अर्थमा नयाँदिल्लीसँग पराश्रित रहँदै आएको छ, चाहे माओवादीको जनयुद्ध होस् वा कांग्रेस–एमालेको आन्दोलन ।
अहिले सरकारको समीकरणभित्र र बाहिर रहेका दलका नेताहरूको भारतका नेता र उद्योगपतिहरूसँग मात्र होइन, ‘भाइ’हरूसँगको सम्बन्ध पनि निकै घनिष्ठ रहेको छ । मधेस आन्दोलनका क्रममा यो सम्बन्ध पातलिएकोमा उनीहरूको चिन्ता निकै बाक्लिएको हुनुपर्छ । विभिन्न दलको राजनीति कतिपय मामिलामा भारतीय अर्थतन्त्रसँग जोडिएको छ ।
यसलाई सहज र स्वाभाविक रूपमा बुझ्न यति नै पर्याप्त छ कि सरकारको नेतृत्व लिने दलले नाकाबन्दीका सन्दर्भमा सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत चर्को आवाजसाथ भारत सरकार विरुद्ध अभियान सञ्चालन गरे पनि कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा गएर औपचारिक हिसाबले गुहार मागेको छैन । विडम्बना हो, सरकारले आफ्नो अनुहार कतै देखाउनसकेको छैन ।
नाका अवरोधको कारण समग्र देशको अर्थतन्त्र अहिले जस प्रकारको दलदलमा फँसेको छ, त्यसले मधेस र पहाड दुवैतिरको काम गरी खानुपर्ने वर्गका नेपालीलाई दुरुह अवस्थामा पुर्‍याएको छ । यो आजको नांगो सत्य हो । चर्को मूल्य तिरेर आवश्यक वस्तुहरू जुटाउन सक्ने सम्पन्न वर्गका नेपालीलाई नाकाको अवरोधले खासै फरक पारेको देखिएको छैन ।
नाका अवरोधको फाइदा संस्थापन पक्षका राजनीतिक दलका नेता र कार्यकर्ताहरूले पनि उठाएका छन् । ग्यास र तेलको कालोबजारीमा राजनीतिक दलको संलग्नता कसैबाट लुकेको छैन ।
 समस्या पर्दा पनि सधैं मौन रहने निम्न र निम्न मध्यम वर्गका नेपाली जनतालाई समेत अहिलेको अभाव र बेथितिले आक्रोशित तुल्याएको छ । यो तथ्यलाई वर्तमान सरकारले ठम्याउनसकेको छैन । सरकार प्रमुख स्वयं नै शाब्दिक हिसाबले संयमित छैनन् । मधेस आन्दोलनप्रतिको उनको दृष्टिकोण अराजनीतिक रहेको छ । उनले उच्चारण गरेका शब्दहरू कर्णकटु र व्यंग्यात्मक हुने गरेका छन् ।
यो अवस्थाको मूल्यांकन मधेसका नेताहरूबाट पनि हुनुपर्छ । नेतृत्व भनेको मधेस र पहाडको सीमित भूमिमा खुम्चिएर बस्दैन । मधेसका नेताहरूले पनि समग्र देशको नेतृत्व गर्ने हो ।
अहिलेको संकटको गम्भीरतालाई बुझेर नेताहरूले यस्तो बाटो अपनाउनुपर्छ, जसले मधेसका संवैधानिक र राजनीतिक समस्या सधैंका लागि समाधान गर्न मद्दत पनि गरोस् र जनतालाई प्रभावहीन सरकारको कोलाहलबाट मुक्त पनि गरोस् । त्यस्तो बाटो के हुनसक्छ ? मधेसका प्रमुख नेताहरूले गम्भीरतापूर्वक सोच्ने कुरा हो यो ।
श्रोत - कान्तिपुर समाचार
नेपालले हालैका वर्षहरूमा आफ्नो कुल बजेटको लगभग एक तिहाइ भाग पेट्रोलियम पदार्थ आयातमा खर्च गरिरहेको छ भने गत आर्थिक वर्षमा मात्र लगभग रु। एक खर्ब पचास अर्बको पेट्रोलियम पदार्थ आयातमा खर्च भएको छ । २०५० साल अगाडिसम्म खाना पकाउन अधिकांश रूपमा दाउरा र मट्टितेल प्रयोग गरिँदै आएकोमा विगत २० वर्षमा यी दुवै इन्धनलाई ग्यासले प्रतिस्थापन गरेको छ ।
आयल निगमको २० वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा मट्टितेलबाहेक अन्य पेट्रोलियम पदार्थको आयात प्रत्येक वर्ष उच्च दरमा बढिरहेको देखिन्छ । आर्थिक वर्ष २०५०/५१ को तुलनामा २०७०/७१ मा पेट्रोलको आयात ७०० प्रतिशत, डिजेलको ३०० प्रतिशत, हवाई इन्धनको ३०० प्रतिशत र खाना पकाउने एलपी ग्यासको २४०० प्रतिशतले बढेको छ । मट्टितेलको आयात भने २०६०/६१ सम्म ९३ प्रतिशतले वृद्घि भई २०७०/७१ मा आइपुग्दा ९४ प्रतिशत ले घटेको छ । २०७१/७२ मा नेपालमा सबभन्दा बढी डिजेल (८०८५६७ किलोलिटर) त्यसपछि क्रमशस् पेट्रोल (२५३३८१ किलोलिटर), एलपी ग्यास (२३२६६० मेट्रिक टन), हवाई इन्धन (१२५६७८ किलोलिटर) र सबैभन्दा कम मट्टितेल (१८४०९ किलोलिटर) आयात भएको देखिन्छ ।
हाम्रो दैनिक जीवनयापन र विकास निर्माणको निर्भरता पेट्रोलियम पदार्थमा कसरी वर्षैपिच्छे बढिरहेको छ भन्ने कुरा माथिको तथ्यांकले छर्लंग पार्छ । पेट्रोलियम पदार्थ एउटा सामरिक महत्त्वको खनिज हो र यसलाई छिमेकी देशले कुनै पनि बेला आफ्नो स्वार्थपूर्ति गर्न हतियारको रूपमा प्रयोग गर्न सक्छ भन्ने कुरा हामीले बुझ्न नसक्नु र सो अनुसारको तयारी नगर्नु हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।
पेट्रोलियम खानीको सैद्धान्तिक :- पक्ष पेट्रोलियम शब्द ग्रिक भाषाबाट आएको हो, जसमा ‘पेट्रो’ भनेको चट्टान र ‘ओलियम’ भनेको तेल भन्ने अर्थ लाग्छ। अर्थात चट्टान भित्रबाट निकालिएको तेललाई पेट्रोलियम भनेर नामकरण गरिएको हो । समुद्र, ताल वा सिमसारमा रहेका सूक्ष्म जीव तथा लेउका अवशेषहरूको खात लाखौं वर्षमा जमिनमुनि दब्न गई अत्यधिक ताप र चापका कारण विस्तारै पेट्रोलियम पदार्थमा परिवर्तन हुन्छन्। साधरणतया तेल बन्नका लागि १०० देखि १५० डि.से. र ग्यास बन्नका लागि १५० देखि २२० डि.से. तापक्रम आवश्यक हुन्छ। सामन्यत पेट्रोलियम पदार्थ बन्नका लागि जमिन देखि ४ देखि १० कि.मि.गहिराइ भागलाई उपयुक्त मानिन्छ । पेट्रोलियम खानी बन्नको लागि तीनवटा कुराको आवश्यकता पर्छ। जैविक पदार्थले भरिपूर्ण स्रोत चट्टान (सोर्स रक), तरल र ग्यास पदार्थहरू जम्मा भएर बस्नसक्ने छिद्रहरू भएको चट्टान (रिजरभ्वायर रक) र तेल जमिन सतहमा निस्कनका लागि रोक्ने छिद्रहरू नभएको ढकनीको रूपमा काम गर्ने चट्टान (क्याप रक) । स्रोत चट्टानमा पेट्रोलियम पदार्थ बन्छ र यो छिद्रहरू भएको चट्टानमार्फत सयौं किमिसम्म टाढा बहेर जान्छ र चित्रमा देखाइए जस्तै ढकनीका रूपमा काम गर्ने चट्टान (क्याप रक) को मुनि जम्मा भएर बस्छ । भण्डारण भएर बस्ने ठाउँलाई पेट्रोलियम ट्रयाप भनिन्छ । यी तीनवटा आधरभूत कुरामध्ये एउटामात्र अवस्था उपलब्ध नभएमा पनि पेट्रोलियम खानी बन्न सक्दैन ।
नेपालमा पेट्रोलियम खानीको सम्भावना :- नेपालको भौगर्भिक अध्ययनले पेट्रोलियम पदार्थको खानी निर्माणलाई आवश्यक पर्ने माथि भनिएका सबै अवस्था विद्यमान रहेको प्रमाणित गरेको छ। विश्व तथ्यांकलाई हेर्ने हो भने ७० प्रतिशत तेलका खानीहरूको स्रोत २२ करोडदेखि ६ कारोड वर्ष पुराना चट्टानहरूमा (मेसोजोइक पिरियड) भेटिएको छ । नेपालको तराईमा गरिएको भू–भौतिकी सर्वे (जियोफिजिकल सर्वे) ले हाइड्रो कार्बन भएका स्रोत चट्टानहरू ४ देखि ६ कि.मि. गहिराइमा रहेको देखिएको छ । यो पेट्रोलियम पदार्थ बन्नका लागि उपयुक्त तापक्रम र चाप भएको अवस्था हो । स्रोत चट्टानहरूमा बनेको पेट्रोलियम भण्डारणका लागि आवश्यक पर्ने प्रशस्त छिद्र भएका चट्टान जस्तै स्यान्डस्टोन, डोलोमाइट र चुनढुंगा र ढकनीको रूपमा काम गर्ने मडस्टोन, सेल तथा स्लेट नेपालको चुरे र महाभारत क्षेत्रमा प्रशस्त छन् । दैलेख जिल्लाका श्रीस्थान, नाभिस्थान र पादुकास्थान लगायतका ४५ ठाउँबाट प्राकृतिक ग्यास र कच्चा तेल रसाएको, निरन्तर रूपले प्राकृतिक ग्यास निस्किरहेको तथा दशकौंदेखि बलिरहेकोले अवस्था नेपालमा कहीं न कहीं पेट्रोलियम खानी छ भन्ने कुराकै थप प्रमाण हुन्। यस्तै नेपालको पश्चिमतिर पाकिस्तानको पटवार बेसिन र पूर्वतिर भारतको आसामको डिग्बोइमा हाम्रो तराईको जस्तै भौगर्भिक अवस्था भएका ठाउँमा तेल उत्खनन भैरहेको तथ्यले पनि नेपालको तराई वा चुरे क्षेत्रमा पेट्रोलियम खानी छ भन्ने कुराको थप पुष्टि गर्छ ।
नेपालमा पेट्रोलियम अन्वेषणको स्थिति :- खानी तथा भूगर्भ विभागले विसं २०३६/३७ मा विश्व बैंक, फ्रान्स र क्यानेडियन सहयोगमा सम्पूर्ण तराई तथा चुरे पर्वत शृङ्खलामा करिब ४८,००० वर्ग किमिमा एरोम्याग्नेटिक सर्भे सम्पन्न गर्‍यो। यसबाट सकारात्मक संकेत प्राप्त भएपछि वि.सं. २०३९ मा पेट्रोलियम अन्वेषण परियोजना स्थापना भयो । यस परियोजनाले ग्राभिटी तथा सेस्मिक सर्वेक्षण सम्पन्न गरिसकेको छ ।
सर्वेक्षणका आधारमा तराई र चुरे पर्वत शृंखलालाई १० वटा खण्डमा विभाजन गरिएको छ (चित्र नं. २) । बेलायतको सेल कम्पनीले २०४२ देखि २०४६ सम्म पूर्वी नेपालको ब्लक नं १० मा ३५२० मिसम्म ड्रिल गर्दा केही पनि नभेटिएपछि ड्रिल गर्ने कार्य स्थगित गरिएको थियो। तर अनौपचारिक जानकारीअनुसार सम्भावित तेल भएको ठाउँमा केही सय मिटर ड्रिल गर्न बाँकी रहँदा भारतबाट उपकरण ल्याउन बन्देज लगाइएपछि बाध्यतावश ड्रिलिङ बन्द गरिएको भनिन्छ। सत्यता के हो, खोजी हुनु जरुरी छ । सन् १९९८ मा अमेरिकाको टेक्सना रिसोर्सेज कम्पनीले नेपालगन्ज (ब्लक नं. ३) र चितवन (ब्लक नं. ५) मा सर्वेक्षण लाइसेन्स लिएको थियो भने बेलायतको केर्न इनर्जी कम्पनीलाई ब्लक नं. १, २, ४, ६ र ७ मा सर्वेक्षण अनुमति दिइएको थियो। तर यी दुवै कम्पनीले विविध कारण देखाई सर्वेक्षण कार्य सुरु नै गरेनन्। हाल यी दुवै कम्पनीको सर्वेक्षण लाइसेन्स खारेज गरिएको छ ।
क्रस बोर्डर पेट्रोलियम खानीको राजनीति :- परियोजना स्थापना भएको ३३ वर्षसम्म पनि नेपालमा पेट्रोलियम खानी अन्वेषण सोचेअनुसार अगाडि बढ्न नसक्नुमा क्रस बोर्डर पेट्रोलियम खानीको राजनीतिले पनि काम गरेको छ कि भन्नेतर्फ विचार गर्नु जरुरी छ । इतिहासमा सीमा वारपार फैलिएका तेलखानीले निम्ताएका युद्घका प्रशस्त उदहरण छन् ।  रुमाइला तेलखानी इराक र कुवेतको सीमामा पर्छ । सन् १९८९ मा इराकले कुवेतलाई सिमानामा छड्के ड्रिलिङ गरी अत्यधिक पेट्रोलियम झिकेको र आफ्नो खानीमा भएको सबै तेल कुवेततर्फ बहेको आरोप लगायो । इराकले आफ्नो लगभग २।४ विलियन डलर बराबरको तेल कुवेतले चोरेकोले सो बराबरको क्षतिपूर्ति माग गर्‍यो। कुवेतले आरोपको इन्कार गरेपछि सन् १९९० मा इराकले कुवेतमा आक्रमण गर्‍यो । सन् १९३२ मा भएको बोलिभिया र पारग्वे बीचको युद्घ, वा सन् २०१२ मा भएको उत्तरी र दक्षिणी सुडानको युद्घ सबै सीमा वारपार फैलिएर रहेका तेलखानीले निम्ताएका थिए । नेपालमा पेट्रोलियम खानी भएका प्रशस्त प्रमाण हुँदाहँदै यसको सर्वेक्षण तथा उत्खनन कार्य दशकौंसम्म पनि किन आगाडि बढ्न सकेन भन्ने कुरालाई पेट्रोलियम खानीको प्रकृति र इतिहासमा अन्तर्राष्ट्रिय सीमा वारपार फैलिएका खानीले निम्ताउन सक्ने द्वन्द्वसँंग जोडेर विश्लेषण गर्न जरुरी छ । नेपालको तराई तथा उत्तर भारत सबै गंगा बेसिनमा पर्छन् र यसको भौगर्भिक बनावट तथा इतिहास एउटै छ ।
भारतको आसाममा भएको पेट्रोलियम खानीको भौगर्भिक अवस्था र नेपालका तराई क्षेत्रको भौगर्भिक अवस्था पनि मिल्दोजुल्दो छ । तसर्थ नेपालमा पेट्रोलियम खानी पत्ता लाग्यो र पेट्रोलियम झिक्न थालियो भने स्रोत चट्टानबाट पेट्रोलियम नेपालतर्फ बहने सम्भावना रहन्छ र यसले सीमापारि रहेका खानीमा असर पार्ने निश्चित छ । यिनै कारणले पनि नेपालमा पेट्रोलियम सर्वेक्षण र उत्खनन कार्यलाई दक्षिण छिमेकीले सजिलै अगाडि बढ्न दिने छैन । पेट्रोलियम अन्वेषण, उत्खनन र प्रशोधन प्राविधिक रूपमा जटिल कार्य हो र तत्काल सुरु गरे पनि नेपालमै पेट्रोलियम उत्पादन गरी प्रयोग गर्न लामो समय पर्खिनु पर्नेछ । तसर्थ हाललाई पेट्रोलियम खपत कम गर्न वैकल्पिक ऊर्जा (बिजुली, दाउरा, ब्रिकेट, सोलार, वायो ग्यास आदि) उपयोगलाई प्रोत्साहित गर्ने, उत्तर छिमेकबाट पनि पेट्रोलियम आयातका लागि पूर्वाधार निर्माणकार्य अगाडि बढाउने र दीर्घकालीन रूपमा देशमै पेट्रोलियम उत्खनन तथा प्रशोधन गर्ने नीति सरकारले लिनु जरुरी छ ।
भूगर्भशास्त्र केन्द्रीय विभाग, त्रिविका प्राध्यापक पौडेलले कान्तिपुर दैनिकमा लेखेको लेख ।
(आर्थिक निउज बाट)

भारतमा जारी साफ च्याम्पियनसिप फुटवल अन्तरगत आज भएको खेलमा अफ्गानिस्तान र माल्दिभ्स विजयी भएका छन् ।
केरलाको त्रिभेन्द्रममा भएको पहिलो खेलमा माल्दिभ्सले भुटानलाई ३–१ गोल अन्तरमा पराजित गर्‍यो । खेलको नवौं मिनेटमा ईमाजको गोलबाट माल्दिभ्सले अग्रता लिएपनि २० औं मिनेटमा छिरिङ्ग दोर्जेले भुटानका लागि बराबरी गोल गरेका थिए । तर त्यसपछि माल्दिभ्स खेलमा हावी भयो । पहिलो हाफकै ३२ औं मिनेटमा अर्को गोल गरेको माल्दिभ्सले ७१ औं मिनेटमा थप गोल गरेको थियो ।
यस्तै आजै साँझ भएको अर्को खेलमा डिफेण्डिङ्ग च्याम्पियन अफ्गानिस्तानले बंगलादेशलाई ४–० गोल अन्तरमा पराजित गर्‍यो । एकतर्फी खेल पस्किएको अफ्गानिस्तानले पहिलो हाफमा ३ र दोस्रो हाफमा एक गोल गरेको थियो । आजको जितसँगै अफ्गानिस्तान गोल अन्तरका आधारमा शीर्ष र माल्दिभ्स दोस्रो स्थानमा उक्लिएका छन् । 
प्रतियोगितामा भोली समुह ए अन्तरगत आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । सोही समुहमा रहेको नेपाल भने हिजोको उद्घाटन खेलमा श्रीलंकासंग १–० ले पराजित भएको थियो ।
श्रोत - रेडियो कान्तिपुर
नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल मलेसियनन एक्जियटा ग्रुपले किनेको छ । दुबै कम्पनीबीच एक १.३७ बिलियन (करिब १ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) मा किनबेच सम्झौता भएको बताइएको छ ।
टेलियासोनेराले सोमबार विज्ञप्ती जारी गरी आफूसँग भएको ६० दशमलब ४ प्रतिशत सेयर १०३० मिलियन अमेरिकी डलरमा बिक्री गरेको जनाएको छ ।
एक्जियटाले भाइजर समूहसँग रहेको १९ दशमलब ६ प्रतिशत सेयर समेत किनेको छ । उसले कम्पनीको ८० प्रतिशत सेयर आफ्नो स्वामित्वमा राख्ने भएको छ ।
वैदेशिक लगानीमा कम्पनी सञ्चालन गर्दा कम्तिमा २० प्रतिशत नेपाली नागरिकको लगानी हुनुपर्ने कानूनी प्रावधान अनुसार एक्जियटाले भावना सिंह श्रेष्ठलाई स्थानीय साझेदारको रुपमा छानेको छ । जस अनुसार यसअघिका स्थानीय साझेदार रहेका निरज श्रेष्ठले आफ्नो २० प्रतिशत सेयर भावना सिंहलाई बेचेका छन् ।
टेलियासोनेराले केही महिनाअघि यूरोप र एसियाली देशबाट लगानी फिर्ता गर्ने घोषणा गरेको थियो ।
मलेसियन कम्पनी एक्जियटा समूहले एसियाका विभिन्न देशमा मोबाइल सेवा सञ्चालन गर्दै आएको छ ।
श्रोत - रेडियो कान्तिपुर

आफ्ना पूर्वपतिले सुरुमा झुक्याएर र पछि जबरजस्ती खिचेर इन्टरनेटमा भिडियो अपलोड गरेर आफूलाई ‘पोर्नस्टार’ बनाएको भन्दै नेपाली युवती विन्दु परियारले हालेको मुद्दामा अमेरिकाको एक अदालतले उनको पक्षमा फैसला गरेको छ ।
उनका पूर्वपति टम रान्डेल सेवेललाई यी सबै भिडियो इन्टरनेटबाट हटाउन र विन्दुलाई ७।२५ मिलियन डलर ९करिब ७२ करोड रुपैयाँ० क्षतिपुर्ति तिर्न पनि अदालतले आदेश दिएको छ ।
‘दि डल्लास मर्निङ न्युज’का अनुसार नर्सिङ पढ्ने उद्देश्यले अमेरिका पुगेकी विन्दु ९२७ वर्ष० लाई उनका पति सेवेल ९५८ वर्ष० ले जबरजस्ती नग्न क्लबहरुमा पठाउने, स्तन सर्जरी गर्न लगाउने र अन्य पुरुषहरुसँग यौन सम्बन्ध कायम गर्न लगाएर त्यसलाई भिडियो खिचेर इन्टरनेटमा अपलोड गर्ने काम गरेका थिए ।
२०१२ मा छुट्टिएपछि पनि पूर्वपतिले उनको नामका इन्टरनेटमा पेजहरु बनाउने, उनको कलेज वेवसाइटमा उनलाई ‘वेश्या’ भनेर चिनाउने काम जारी राखेका थिए ।
नेपालमा विन्दुकै परिवारको सदस्यसँग विवाह गरेका सेवेलले विन्दुको पढाईमा सहयोग गरेका थिए । सेवेलको पहिलेकी पत्नीसँग सम्बन्ध विच्छेद भएपछि विन्दुसँग विवाह भएको थियो । तर, अमेरिका पुगेपछि उनको व्यवहार अर्कै भएको विन्दुको भनाई छ । ‘मलाई जबरजस्ती पोर्नस्टार बनाइदियो, म सामान्य केटी हुँ, सामान्य जीवन बाँच्न चाहन्छु,’ विन्दुले डल्लास मर्निङ न्युजलाई बताएकी छन् ।
विन्दुले इन्टरनेटबाट आफ्ना सामाग्री हटाइ माग्न मुद्दा दिएकी थिइन् । तर, अदालतले उनले नमागे पनि ७२ करोड क्षतिपुर्ति भर्ने आदेश दिएको हो ।
श्रोत - रेडियो कान्तिपुर
काठमाडौं–काठमाडौंको बसन्तपुरस्थित तीन किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन बिकलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष जेल सजाय सुनाएको छ । विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला न्यायधीश हरिप्रताप केसीको इजलासले १० वर्ष कैद सजाय सुनाएको हो ।
फागुन १० गते बिहानै ट्युसन पढ्न गएका तीन छात्रामाथि उनले एसिड प्रहार गरेका थिए । सो घटनामा सिमा बस्नेत र हेमु मुखर्जी सामान्य घाइते भएका थिए भने संगीता पुलामीमगर गम्भिर घाइते भएकी थिइन् । राजधानीमा टोखामा बस्दै आएका जीवन बिक २६ दिनपछि पक्राउ परेका थिए । प्रहरी समक्ष २० वर्षीय बिकले संगीतासँगको प्रेमसम्बध टुटेको र आफ्ना आमाबाबुमाथि गरिएको अपमानको बदला लिन एसिड आक्रमण गरेको बताएका थिए ।

श्रोत - रातोपाटी

पुस ७, २०७२- नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रिय गर्न सक्ने 'बम डिस्पोजल रोबोट' खरिद गरेको छ ।
२०७० चैत २६ मा नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी खरिद गरिएको हो ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा जंगीअड्डामा मंगलबार एक कार्यक्रमबीच रोबोट निर्माणकर्ता गणेशविक्रम सिंहको टोली र सेनाबीच खरिद सम्झौता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा टिम लिडर सिंहले रोबोटको साँचो प्रधानसेनापति क्षेत्रीलाई हस्तान्तरण गरेका थिए । यस खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुका साथै सानातिना झाडी/बुट्यान, सडक छेउछाउ तथा घरको भुइँ तल्लामा राखिएका बम सुरक्षित तबरले निष्क्रिय गर्न मद्दत पुग्ने सेनाको विज्ञप्तिमा उल्लेख छ ।
श्रोत - कान्तिपुर समाचार
पुस ८, २०७२- चिकित्सकहरूले सबेरैको चिसोमा ‘मर्निङ वाक’ गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरूको भनाइ छ ।
बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षाघात लगायतको जोखिम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि ‘मर्निङ वाक’ नगर्न उनीहरूले सचेत गराएका हुन् । चिसो बढिरहेकाले जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि उनीहरूले आग्रह गरेका छन् ।
चिसो पक्षाघात (प्यारालाइसिस) रोगसमेत बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तले बताए । अस्पतालको आईसीयू र वार्डहरू पक्षाघात (स्ट्रोक) का बिरामी बढेको उनले जनाए । ‘दिनहुँ मस्तिष्कको शल्यक्रियाको चाप बढेको छ, अहिले तापक्रम शून्यमा पुग्दा उत्कर्षमा पुगेको छ,’ उनले भने, ‘चिसोसँगै रक्तचाप बढ्छ, नियन्त्रण नभए पक्षाघातको समस्या देखिन्छ ।’
मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलका अनुसार चिसोले उच्च रक्तचाप, ह्दयाघात लगायतका समस्या बढेका छन् । पक्षाघात त्यतिखेर हुन्छ, जब अचानक मस्तिष्कको कुनै भागमा रगतको आपूर्ति बन्द हुन्छ वा मस्तिष्कको कुनै रक्त बाहिनी च्यातिएर मस्तिष्क छेउछाउमा रगत जम्मा हुन्छ ।
‘धेरै चिसोबाट बच्नुपर्‍यो, कुहिरो वा घाम नलागेका बेला मर्निङ वाक गर्नु भएन,’ डा. पन्तले भने, ‘धूमपान र ब्रेन हेमरेजबीच सम्बन्ध देखिएकाले अम्मलीले त झनै विशेष ध्यान दिनु आवश्यक छ ।’ यस्ता जोखिममा भएकाले बढी चिसोमा मोटरसाइकल यात्रा गर्न नहुने सुझाव पनि उनको छ ।
 ‘अर्को कुरा चिसोमा शरीरमा पानीको कमी हुन दिनु हुँदैन, प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ,’ उनले भने । शारीरिक गतिविधि न्यून, खानपिन बढी, तौल बढ्नेलगायतले रक्तचापको जोखिम जाडोमा बढी हुने उनले बताए।
डा.ओमका अनुसार मुटुरोगी, रक्तचाप नियन्त्रण नभएकाहरू, बूढापाका, मृगौला, मधुमेह, दम लगायतका दीर्घरोगी घाम उदाएका बेला अर्थात् बिहान ९ बजेदेखि साँझ ४ बजेबीचमा एक/दुई घण्टा हिँड्नु जरुरी छ । विज्ञहरूका अनुसार जाडोयाममा नियमित रक्तचाप परीक्षण आवश्यक छ ।
यो मौसममा कुनै पनि अवस्थामा रक्तचाप, रगत पातलो गर्ने एस्प्रिन र मधुमेहको औषधि एक मात्रासमेत खान छोड्नु हुन्न।

श्रोत - कान्तिपुर समाचार
रामकुमार परियार
६ पौष , सोमबार ।
प्रवाशमा संघर्षरत उदियमान लोकगायक विक्रम परियार "भगवानलाई दियो बाल्दा नि" गीत लिएर नेपाली सांगीतिक बजारमा प्रवेश गरेका छन् ।


लामो समयदेखी युएईलाई कर्मथलो बनाएका पोखरेली गायक विक्रमको यो पहिलो गीत हो । जसमा उनलाई स्थापित लोक गायिका कोपिला छिनालले साथ दिएकी छिन । ज्यान फालेर एकअर्कालाई माया गर्दा पनि नियतिले एक हुन नदिएको प्रसंगलाई गितमा मार्मिक रुपले प्रस्तुत गरिएको छ । मन्दिर धाएर भगवानलाई जति नै दियो बालेपनी विछोडिनु परेपछिको पिडालाई गितमा अभिव्यक्त गरिएको छ ।
हालै युट्यबबाट सार्वजनिक गरिएको उक्त गितको दृष्य शिव दर्शन डिजिटलले निर्माण गरेको हो । जसमा जीवन सेन्चुरी र गायत्री थापाले निर्देशन गरेका छन् । भिडियोमा कलाकारद्वय महेन्द्र र रन्जिताको अभिनय देख्न सकिन्छ ।
गायिका कोपिला छिनालको लय र शब्द रहेको उक्त गितको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । छ्यांकार रामेश्वर हुमागाई द्वारा खिचिएको भिडियोको सम्पादन जीवन सेन्चुरीले गरेका हुन ।
के क्यासलाई राखेर कम्प्युटरको क्षमता बढाउन मिल्छ ?
दयाराम, इमेलबाट
कम्प्युटरमा थुप्रै सब–सिस्टम हुन्छन् । तीमध्ये पनि थुप्रैका बीचमा क्यास राखेर कम्प्युटरको प्रदर्शनलाई सुधार्न सकिन्छ । एउटा उदाहरण : कम्प्युटरको सबैभन्दा द्रुत वस्तु माइक्रोप्रोसेसर हुन्छ, त्यसपछि एल वान, एल टु र मुख्य मेमोरी । मुख्य मेमोरीलाई छिटो बनाउन एल टु क्यास र एल टुका लागि एल वान क्यास । मुख्य मेमोरीलाई पनि ढिला उपकरण जस्तै: हार्डडिस्क र सीडीरोमका लागि क्यासका रूपमा प्रयोग गरिन्छ । सबैभन्दा ढिलो माध्यम इन्टरनेटलाई पनि क्यासीका रूपमा हार्डडिस्कलाई प्रयोग गरिन्छ । कम्प्युटरमा सबैभन्दा ढिलो लिंग्क इन्टरनेट कनेक्सन हुन्छ । त्यसैले ब्राउजर जस्तै: इन्टरनेट एक्सप्लोरर, नेटस्केप आदिले ज्त्:ी ट्यागलाई स्टोर गर्न हार्डडिस्कको प्रयोग गर्दै विशेष फोल्डरमा डाउनलोड गर्छन् । पहिलोपटक कुनै साइटको ज्त्:ी पेज खोल्दा ब्राउजरले पेजलाई रेन्डर गर्छ र हार्डडिस्कमा कपी गर्छ । दोस्रोपटक त्यही पेज खोल्दा ब्राउजरले हार्डडिस्क क्यासमा भएको फाइलभन्दा इन्टरनेटको फाइल नयाँ छ कि भनेर मिति जाँच गर्छ ।
मिति एउटै रहेछ भने ब्राउजरले हार्डडिस्ककै फाइलको प्रयोग गर्छ र नयाँ कुरा भए मात्र इन्टरनेटबाट डाउनलोड गर्छ । यो प्रक्रियामा सानो तर द्रुत मेमोरी सिस्टम हार्डडिस्क हो भने ढिला र ठूलो क्षेत्रचाहिं इन्टरनेट । एउटा सामान्य प्रश्न उब्जिन सक्छ, कम्प्युटरका सबै मेमोरीलाई लेभल वान क्यासीकै गतिमा राख्न सके अरू क्यासीको जरुरत नै पर्दैन भन्ने । यस्तो गर्न सके राम्रो हुन्थ्यो तर यसो गर्दा एकदमै महँगो पर्न जान्छ । क्यासिङपछाडिको रहस्य भनेको महँगो रकमको मेमोरीको सानो भागलाई प्रयोग गरेर सस्तो र ढिला मेमोरीलाई गति दिनु । कम्प्युटरलाई डिजाइन गर्ने क्रममा शक्तिशाली माइक्रोप्रोसेसरलाई सम्भव भएसम्म यसकै पूर्ण गतिमा सञ्चालन हुन सक्ने उपाय गरिन्छ । एउटा ५०० मेघाहर्जको चिपले एक सेकेन्डमा ५० करोड चक्र लगाउँछ (एक चक्र २ नानोसेकेन्डका दरले) । एल वान र एल टु क्यासीबिना मुख्य मेमोरीमा प्रवेश गर्न ६० नानोसेकेन्ड लगाउँछ, अर्थात् मेमोरीसम्म प्रवेश गर्दा माइक्रोप्रोसेसरको आफ्नो गति बराबरको ३० चक्र खेर जान्छ ।

श्रोत - साप्ताहिक

मंसिर १६, २०७२- 
चलचित्र विकास बोर्डले नेपाल भरीका सिनेमा हलहरुमा चलचित्र प्रदर्शन हुनुभन्दा अघि नेपालको राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ । 


बुधवार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष राजकुमार राईले एकता र राष्ट्रियताको सन्देश प्रवाह गर्ने सन्दर्भमा नेपालभरका सबै सिनेमा हलहरूमा चलचित्र प्रदर्शन प्रारम्भ हुनुभन्दा अगावै राष्ट्रिय गान बजाउने चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ९ को उपदफा ९२० मा भएको व्यवस्था बमोजिम बोर्डले टुके तथा एमपिइजी भर्सनमा राष्ट्रिय गानको श्रव्यदृश्य सामाग्री निर्माण गरी दुई साता भित्र नेपाल चलचित्र संघ तथा चलचित्र हलहरुमा उपलब्ध गराउने तथा कार्यन्वयनका लागि पत्राचार गर्ने बताए ।

पत्रकार सम्मेलनमै स्वदेशी चलचित्रको शेयर बाँडफाँडको सम्बन्धमा पनि बोर्डले नयाँ नीति ल्याएको जानकारी गराइयो । केही मल्टिफ्लेक्स सिनेमा हलहरुले शेयर बाँडफाँडमा विभेद देखाएको पाइएको र अब उप्रान्त हरेक मल्टिफ्लेक्स हलहरुबाट निर्माताले पहिलो साता ५० प्रतिशत, दोश्रो साता ४२ दशमलव ५ प्रतिशत, तेश्रो साता ३७ दशमलव ५ प्रतिशत र त्यस उप्रान्त ३० प्रतिशतका दरले शेयर बाँडफाँड गर्ने सहमती भएको अध्यक्ष राईले जानकारी दिए ।

अध्यक्ष राईले स्वदेशी चलचित्रको प्रचार प्रसारका लागि मल्टिफ्लेक्स चलचित्रघरहरुले सोही चलचित्रघरमा प्रदर्शन गरिने चलचित्रको प्रचार प्रसार गर्दा निर्माताहरुबाट अलग्गै शुल्क समेत लिने गरेको सन्दर्भमा नेपाल चलचित्र संघसंग भएको छलफलपछि विकास बोर्डसंग अब उप्रान्त कम्तीमा दुई हप्तासम्मको प्रचार प्रसार नि:शुल्क गर्ने सहमति भएको बताए ।


श्रोत - साप्ताहिक

मंसिर २५, २०७२- 
बडादसैं नजिकिँदै थियो, ठीक त्यही बेला नेपाली फुटबलमा अत्याशलाग्दो खबर आयो । २७ असोजको त्यो खबर थियो, खेल मिलोमतो गरेको आरोपमा पाँच जना फुटबल खेलाडी पक्राउ । यो यति सनसनीपूर्ण समाचार थियो कि जसले देशको सर्वोच्च निकायकै समेत चासो बढायो । देशमा चौतर्फी समस्या बढेपछि विविधतापूर्ण समाजलाई एकताको सूत्रमा बाँध्ने काम फुटबल र क्रिकेटले गरिरहेको थियो । त्यसै क्रममा खेल मिलोमतोको आरोपमा चार खेलाडी र एक प्रशिक्षक समातिएको खबर भाइरल भयो । भारतको नाकाबन्दी चर्कंदै जाँदा पनि त्यसको चर्चा कम भएन ।

६ वर्षयता नेपाली राष्ट्रिय टिमको नेतृत्व गरिरहेका सागर थापा, उपकप्तान सन्दीप राई, १२ वर्षअघिदेखि राष्ट्रिय टिममा रहेका रितेश थापा, राष्ट्रिय टिमबाट खेलिसकेका विकाससिंह क्षेत्री र पूर्वराष्ट्रिय खेलाडी तथा गत वर्ष थ्रीस्टारको प्रशिक्षक रहेका अन्जन केसीलाई खेल मिलोमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सागर र रितेश राष्ट्रिय टिमका वरिष्ठ खेलाडी पनि थिए, जसले टिमको नेतृत्व गर्दै नयाँ खेलाडीहरूलाई सही बाटो देखाउनुपर्ने थियो । तिनै खेलाडी पक्राउ परेपछि फुटबलप्रेमीहरू अचम्मित हुनु स्वभाविक हो ।

नेपालमा खेल मिलोमतोका विषयमा कुनै कानुन बनेको छैन । त्यसैले प्रहरीले उनीहरूविरुद्ध राज्यद्रोहको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ, जुन फैसलाको तहसम्म पुगिसकेको छैन । फुटबल खेलाडीहरू दसैंमा प्रहरी थुनामै रहे पनि लक्ष्मी पूजाको अघिल्लो दिन धरौटीमा रिहा भए । यी पाँच फुटबल खेलाडीलाई आठ खेलमा हार्न मोटो रकम लिएको प्रमाणसहित प्रहरीले अदालतमा प्रस्तुत गरेको थियो ।

प्रहरी स्रोतका अनुसार विश्वकै कुख्यात म्याच फिक्सर विल्सनराज पेरुमल, डान टान आदिबाट उनीहरूले सन् २००८ यता निरन्तर रकम लिएका थिए । विशेषगरी खेल हार्न, त्यसमा पनि निश्चित गोलले र अन्त्यतिर धेरै गोल खाएर खेल हार्न उनीहरूले दसौं लाख रुपैयाँ लिएका थिए । यस्तो खेल मिलोमतोका मुख्य नाइके अन्जन केसीलाई मानिएको छ । सिंगापुर र मलेसियाबाट आएको नियमित रकम अन्जन, रितेश र सागरले बुझ्ने गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ । 

त्यस्तै अन्जन र रितेशको परिवारका सदस्यको नाममा पनि रकम भित्रिएको प्रहरीले जनाएको छ । राष्ट्रिय टिमका पूर्वफिजियो डेजिव थापाले पनि त्यस्तो रकम लिएको प्रहरीले जनाएको छ । हाल अमेरिकामा रहेका थापाविरुद्ध पनि प्रहरीले मुद्दा चलाएको छ ।

१३ वर्षयता नेपाली फुटबलमा नायकका रूपमा रहेका सागर, रितेश, सन्दीप, विकाससिंह र अन्जनलाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले गत शुक्रबार आजीवन प्रतिबन्ध लगाइसकेको छ । विशेष अदालतमा मुद्दा चलिरहेकै बेला आएको एएफसीको उक्त निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ र यो निर्णयसँगै आरोपित खेलाडीहरूको फुटबल करियरमा पूर्णविराम लागेको छ ।

एएफसीको यो कारबाहीविरुद्ध पाँचै जना फुटबल खेलाडीले १० दिनभित्र अपिल गर्न सक्छन् । त्यस्तो अपिलपछि पनि फुटबल खेलाडीहरूले अभियोगबाट उन्मुक्ति पाउन सकेनन् भने उनीहरू ज्युरिचस्थित तटस्थ अदालत ‘कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स’ जान सक्छन्, तर एएफसीको निर्णयले नेपाली फुटबलमा भने विश्वासको संकट सिर्जना गरिसकेको छ । २१ वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) को निरन्तर नेतृत्व गरेका गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को इथिक्स कमिटीले १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्र्यांक जरिवाना गरेको एक महिना पनि भएको छैन । तिनै थापाले अहिले अभियोग लागेका खेलाडीहरूले चार वर्षअघि नै फिक्सरसँग भेटेको र मिलोमतोको प्रस्ताव आएको जानकारी पाएका थिए, तर उनले खेलाडीहरूलाई ‘पशुपतिनाथको कसम’ ख्वाएर त्यो सूचना कहीं–कतै लिक नगर्न निर्देशन दिएका थिए । त्यसैले थापामाथि पनि मिलोमतोमा संलग्न भएको आशंका गरिएको छ ।

फिफाको निर्वाचनमा थापा आफैंले लिएको १ लाख १५ हजार डलर घूस र छोरा गौरवले फिफाका लागि एसियाली प्रतिनिधिको चुनावताका लिएको १ लाख डलरलाई आधार बनाएर थापाविरुद्ध इथिक्स कमिटीले कारबाही गरेको हो । कमिटीले उनीमाथि अरू थुप्रै व्यक्तिगत तथा पारिवारिक लाभ लिएको अभियोग पनि लगाएको छ । घरेलु फुटबलमा मिलोमतो उच्चबिन्दुमा पुग्दा पनि थापा मौन देखिएका छन् । राष्ट्रिय टिमको खेल हेर्न टिमका लागि घन्टौं लाइन लाग्ने फुटबलप्रेमीहरूले थापाबाट त्यसको पनि जवाफ खोजिरहेका छन् । किनभने थापा व्यक्तिगत रूपमा एएफसीको उपाध्यक्षजस्तो पदमा पुगे पनि उनको कार्यकालमा राष्ट्रिय टिमको नतिजा निरन्तर खस्किएको तथ्यांक छ ।

मिलोमतोमा समातिएका खेलाडीहरू गणेश थापाका प्रिय मानिन्छन् । संयोगको कुरा, थापाको फुटबल राजनीतिसँगै उनीहरूको फुटबल करियर पनि समाप्त भएको छ । गत वर्ष दक्षिण कोरियामा सम्पन्न एसियाली खेलकुदमा नेपाली टिमका केही खेलाडीले खेलको अन्त्यतिर धेरै गोल खाएर हार्न पैसा लिएको आशंका गरिएको थियो र त्यसले अन्तर्राष्ट्रिय मिडियामा पनि राम्रै ठाउँ पाएको थियो । त्यसपछि एएफसीले सिंगापुरस्थित कम्पनी स्पोर्ट्स राडार, नेपाल प्रहरी र युईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स) को इन्टिग्रिटी युनिटसँग सहकार्य गरेर नेपाली खेलाडीविरुद्ध अनुसन्धान थालेको थियो । उक्त अनुसन्धान निष्कर्षमा पुगेपछि ती खेलाडीहरूविरुद्ध आजीवन प्रतिबन्ध लगाउने निर्णय गरिएको एएफसीले जनाएको छ ।

म्याच फिक्सरले मिलोमतोमा प्राय: गोलकिपर तथा डिफेन्डरलाई प्रयोग गर्छन् । रितेश गोलकिपर हुन् भने अरू चार खेलाडी डिफेन्डर । सागर र रितेशबाहेक अरू तीन फुटबल खेलाडी एन्फा एकेडेमीका उत्पादन हुन् । एकेडेमीबाटै उत्पादित खेलाडी मिलोमतोमा संलग्न हुनुले पनि उक्त एकेडेमीका कतिपय सञ्चालकमाथि शंका उब्जिएको छ । प्रहरी बयानमा खेलाडीले मिलोमतोका लागि पैसा लिएको स्वीकार गरे पनि अदालतमा भने उनीहरूले आफ्नो बयान फेरेका छन् । कुनै न कुनै संलग्नताबिना प्रहरीले नेपाली समाजमा नायकका रूपमा स्थापित ती खेलाडीलाई पक्राउ गर्ने हिम्मत नै गर्ने थिएन भन्नेहरू पनि उत्तिकै छन् । त्यसैगरी एएफसीले पनि बिनाप्रमाण आजीवन प्रतिबन्ध लगाउने थिएन भन्ने कुराले समेत अहिले चर्चा पाएको छ ।


श्रोत - साप्ताहिक

एक चोटी हेर्ने पर्ने आफ्नो देशका कलाकार द्वारा निर्मित मिठो संगीतमा भरिएको शब्द संयोजनमा आधारित गित। 
पुस ४, २०७२- मिस वर्ल्ड २०१५ को ताज स्पेनकी सुन्दरी मेरिया लालगुना रोयोले जितेकी छन् । चीनको सान्यामा भएको प्रतियोगितामा २३ वर्षिया स्पेनी सुन्दरी टप मोडल भइन् भने ‘ब्युटी विथ पर्पस’को उपाधि इन्डोनेसियाकी सुन्दरीले जितिन् । दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक र तेस्रोमा इन्डोनेसियाकी मारिया हरफान्ती आए ।

उत्कृष्ट ५ मा स्पेन, रुस, इन्डोनेसिया, लेवनान र जमैकाका सुन्दरी परे । विश्व सुन्दरीको ताजका लागि सोधिएको प्रश्नमा स्पेनकी सुन्दरीले बाहिरी रुपमा कुनै मान्छे सुन्दर हुँदैमा ऊ भित्री मनले पनि सुन्दर हुँदैन भन्न नमिल्ने तर्क गरेकी थिइन् । प्रतियोगितामा सहभागी नेपाल सुन्दरी इभाना मानन्धरले कुनै  उपाधि जितिनन् । मिस वर्ल्डको यो ६५ औं संस्करण हो ।

श्रोत - कान्तिपुर समाचार
उदयपुरमा जन्मे पनि काठमाडौंमा हुर्केकी हुन् पार्वती राई। आमाबुवाले दुःखसुख गरेर उनलाई महँगो बोर्डिङ स्कुलमा पढाए। कसैले उनलाई भविष्यमा 'के बन्छौ?' भनेर सोधे भने अभिभावकको चाहनाअनुसार 'डाक्टर' भनेर उत्तर दिन्थिन् तर उनी मनमनै सोच्थिन्, 'भन्नेमात्रै डक्टर, बन्ने त डान्सर नै हो।'
 

पार्वती आफ्नो मनको चाहना कहिलेकाहीँ अभिभावकसमक्ष पोख्थिन्। नृत्यप्रति छोरीको रुचि देखेर आमाबुवाले पनि उनलाई रोक्ने प्रयास गरेनन्। 'नाचेर खाने मान्छेले राम्रो कमाइ गर्न सक्दैन, त्यसैले पढ्नुपर्छ' भनेर अभिभावकले सम्झाउने प्रयास गरे तर आफ्नो रुचिको क्षेत्रमा निरन्तर लागिपरेकी पार्वती यस क्षेत्रमा अहिले सफलताको पर्याय बन्न सफल भएकी छन्।
२०६७ सालमा 'हेर्छौ ओठ टोकी' बोलको लोकदोहोरी गीतको भिडियोमा पहिलोपटक मोडलिङ गरेकी उनी 'रातो पछ्यौरी', 'एबीसीडी पढ्दिनँ', 'हुनेवाला जीवनसाथी', 'तरुनी मैले कसो गरुनी', ‘छलछल पानी छल्कियो', 'हङकङको साडीले', 'कार किनेर ल्याऊ'लगायत तीन सय ५० को हाराहारीमा म्युजिक भिडियोमा मोडलिङ गरेको बताउँछिन्।
विवाहपछि खासगरी केटीहरूको आत्मबल नै घटेर आउँछजस्तो लाग्छ। कतिपय साथी ओथारो बसेको पोथीजस्तो भएर घरमा बसेको देख्दा विवाह नै नगरौंजस्तो लाग्छ।
'व्यावसायिक रूपमा यो क्षेत्रमा लागेको पाँच वर्ष भयो। यसबीचमा काठमाडौंमा घर किनेँ। जीवन राम्ररी चलेको छ', पार्वती भन्छिन्, 'केटी मान्छेले नाचेर यति गर्नु चानचुने कुरा होइन। कतिले कसरी यति धेरै कमायौ, 'दानबहादुर' छन् कि क्या हो भन्छन्। मलाई रिस उठ्छ । दिनरात मेहनत गरेर काम गर्नेलाई पो थाहा हुन्छ, कसरी कमाइन्छ भनेर।'
चलचित्र 'हमजायगा' र 'मेरो जीवनसाथी'मा अभिनयसमेत गरेकी पार्वती स्टेज प्रस्तुतिका लागि अमेरिका, अस्ट्रेलिया, कोरिया, हङकङ, कतार, दुबई, बहराइनलगायत विभिन्न मुलुक पुगिसकेकी छन्। स्टेज प्रस्तुति र भिडियो मोडलिङ दुवै क्षेत्रलाई सँगै लिएर जाने लक्ष्य लिएकी नृत्यांगना एवं मोडेल पार्वती राई पैसा लगानी गरेर मोडेल एवं हिरो बन्नेहरूले उद्योगलाई धराशयी बनाउने बताउँछिन्।
 
चेतनाले काम गर्न थालेपछि नृत्यबाहेक अन्य कुरामा ध्यान नदिएकी उनी आफूलाई 'भुइँफुट्टा डान्सर' मान्छिन्। 'आफूले चाहेको क्षेत्रमा स्थापित भएकाले खुसी छु तर कहिलेकाहीँ सही बाटोमा हिँड्दाहिँड्दै कतिपयले अनावश्यक लाञ्छना लगाउँदा नरमाइलो लाग्छ', पार्वती भन्छिन्, 'केटी मान्छे समाजमा टिकेर हिँड्नुपर्छ।
विवाह गरेर अरूको घरमा जानुपर्छ। त्यति कुरा पनि मनन गर्दैनन्। कतिपय अनलाइन मिडियाले यस्ता गलत कुरा गरेर चस्का दिइरहन्छन्। अब पनि त्यसो गरे भने मुद्दा हाल्छु।' विवाह गर्ने उमेर भए पनि आफ्नो खुट्टामा उभिनसक्ने हुनुपर्छ, आफू सफल भएपछि वैवाहिक जीवन सजिलो हुन्छ भनेर आमाबुवाले सुझाउने गर्छन्।
विवाहका बारेमा पार्वती पनि त्यति सकारात्मक छैनन्।'मलाई विवाहपछि खासगरी केटीहरूको आत्मबल नै घटेर आउँछजस्तो लाग्छ। कतिपय साथी ओथारो बसेको पोथीजस्तो भएर घरमा बसेको देख्दा विवाह नै नगरौंजस्तो लाग्छ', उनी भन्छिन्। 
पाँच वर्षको अवधिमा नाचेरै काठमाडौंमा घर किनेँ। कतिपयले 'दानबहादुर' छन् कि क्या हो भन्छन्। मलाई रिस उठ्छ। दिनरात मेहनत गरेर काम गर्नेलाई पो थाहा हुन्छ, कसरी कमाइन्छ भनेर।
विवाहप्रति यही सोचका कारण कसैसँग प्रेम नगरेको उनको भनाइ छ। सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैले आई लभ यु, आई मिस यु भन्यो भने उनलाई जिक्याएजस्तो लाग्छ। 'अहिले लभ गर्ने समय होइन। कसैले अफर गरे भने सकभर चित्त नदुख्ने गरी सम्झाउँछु, अति गरे भने सीधै ब्लक गरिदिन्छु', उनी प्रस्ट्याउँछिन्।
आफूलाई फिट एन्ड फाइन राख्न नियमित नृत्यले व्यायामको काम गरिरहेको बताउने उनी समयअनुुसार चल्न ग्ल्यामरस छवि आवश्यक भए पनि समाजले स्वीकार्नसक्ने हुनुपर्ने मान्यता राख्छिन्।

श्रोत - अन्नपूर्ण पोष्ट
वीरगन्ज : आन्दोलनरत मधेसी दलका कार्यकर्ता र प्रहरी बिचको झडपका कारण वीरगन्ज आइतवार पनि दिनभर तनावग्रस्त रहयो ।घण्टाघर चोकमा आन्दोलनकारीहरुले मोटरसाइकल तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप सुरु भएको हो।
 
आइतवार वीरगन्जको घण्टाघर चोकमा मोटरसाइकल तोडफोड गर्दै मधेसी दलका कार्यकर्ताहरु । तस्बिर : क्रान्ति शाह


झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरी माथि ढुंगामुढा गरेपछि प्रहरीले पनि ढुंगा चलाएका थिए। दुवै तर्फबाट  ढुंगा चलेका कारण घण्टाघर र माइस्थान चोक क्षेत्र दिनभर तनावग्रस्त बनेको हो। प्रहरी माथि ढुंगा हानेको आरोपमा प्रहरीले १०जना प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा गम्भीरा साह , समीम अली ,भागीरथ साह कानु ,सोयल अख्तर ,आलोक सिंह ,बलिराम पटेल ,रोहीत गुप्ता , रन्जन गुप्ता सहित १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। उनीहरु सबैलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रउ श्रेष्ठले जानकारी दिए।
प्रहरीले हानेको ढुंगाले लागर दुइ जना प्रहरी पनि सामान्य घाइते भएको उनले बताए।आन्दोलनकारीहरुले आइतवार प्रदर्शनका क्रममा  घण्टाघर चोकमा मधेसी दलका कार्यकर्ताहरुले दुइ वटा टयाम्पु र आधा दर्जन मोटरसाइकलमा तोडफोड  पनि गरेका छन् ।आन्दोलनकारीहरुले ना १ ह ९३३ र ना १ ह ६६८ नम्बरको टयाम्पु तथा ना ८ प १८९० ,ना १६ प ४४८४,ना १ प ६६२८  नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन्।
 
 वीरगन्जको घण्टाघर , माइस्थान , पावरहाउस चोक लगायतका स्थानमा मधेसी दलका कार्यकर्ताहरुले बिहानै देखि टायर बालेर प्रदर्शन गरेका थिए। मधेसी दलको प्रदर्शनका कारण शुक्रबार देखि बन्द रहेको वीरगन्जको मेनरोडका बजार र पसलहरु आइतबार पनि खुल्न सकेन। यस्तै आन्दोलनकारीहरुले वीरगन्जमा आइतवार पनि मोटरसाइकल , रिक्सा , टाँगा , टेम्पु लगायतका साना सवारी सधानहरु चल्न दिनन्।
 
 मधेसका माग पुरा गराउन सरकार र प्रमुख तीन दललाइ अन्तिम धक्का दिने बताउदै आएका मधेसी दलहरुले शुक्रबार देखि आन्दोलनलाइ फेरि चर्काएका हुन्। नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन पुष ३ गते शुक्रबार देखि मधेसी दलहरुले आन्दोलनलाइ थप शसक्त बनाएका हुन्।
 
 संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गते देखि नै बन्द हडताल गर्दै आएका हुन्। यस्तै वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा ८९ दिन देखि मधेसी दलले धर्ना दिएर नाका पनि ठप्प पार्दै आएका छन्।

मधेसी दलका नेता कार्यकर्ताहरुले असोज ७ गते देखि दिनरात २४ सै घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन।मितेरी पुलको धर्नामा आइतबार पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनका नेता कार्यकर्ताहरु बसेका छन्।
श्रोत - अन्नपूर्ण पोष्ट

पुस ५, २०७२- पत्रकार भोजराज भाटको वृत्तचित्र ‘सुनकली’ले दुबईको आवुधाबी र स्पेनको विल्वाओमा छुट्टाटुट्टै दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । स्पेनको विल्वाओ सहरमा आयोजित मेन्डी फिल्म फेस्टिबलमा ‘सुनकली’ लाई ‘नेचर एन्ड कल्चर’ विधामा उत्कृष्ट फिल्मका लागि ट्रफी प्रदान गरिएको हो ।
यसै हप्ता खेल पत्रकारको विश्वव्यापी छाता सङ्गठन ९एआइपिएस०ले वर्षभरिका खेलसँग सम्बन्धित विभिन्न विधामा उत्पादन गरिएका उत्कृष्ट समाचार तथा वृत्तचित्रलाई पुरस्कृत गर्नेक्रममा नेपालको ‘सुनकली’ वृत्तचित्रलाई पाँच हजार अमेरिकी डलर राशिको पुरस्कार दिएको हो । गत बुधबार युएईको राजधानी आवुधाबीमा सम्पन्न पुरस्कार वितरण समारोहमा सुनकलीलाई वृत्तचित्र विधामा तेस्रो पुरस्कार दिइएको हो ।
यसअघि ‘सुनकली’लाई इटलीको मिलानमा ३३औँ मिलानो इन्टरनेसनल फिक्स्ट फिल्म फेस्टिबलमा मुभी एन्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको थियो । स्पेन र आवुधाबीमा पाएको दुई वटा अवार्ड गरी अहिलेसम्म सुनकलीले १२ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको निर्देशक भाटले जानकारी दिए ।
पचास मिनेट लामो सुनकली वृत्तचित्रमा मुगुकी १३ वर्षीया सुनकली बूढा र उनकी साथीहरुको फुटबल कथालाई उतारिएको छ । आफूहरुले पाएको एक दर्जन अन्तर्राष्ट्रिय पुरस्कार तथा ट्रफीले नेपाली वृत्तचित्र पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको सन्देश गएको निर्देशक भाटले बताए ।

श्रोत - कान्तिपुर
गजल एक जानकारी
- कृष्ण प्यासी
www.krishnapyasi.com बाट।

मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर्छ। आफुले जाने जति यो लेखमा उतार्ने प्रयास गरेकोछु। सक्दो पुस्तकहरु अनि अग्रज दाजु-दिदीहरु संग बसेर गजलका बारेमा छलफल बाटै यति जानकारी पाएको हुँ। तपाइलाई गजलको बारेमा थाहा छ र मलाई केहि लेख्न मन लागेमा मेरो कमेन्ट बक्स तपाई हरुको प्रतिक्रियाको लागि हुनेछ। खैर लामो कुरा गर्दिन। यो गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत: नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। 
सर्बप्रथम-
  • गजल के हो?
- यहाँ गजलको आक्षरिक अर्थ दिंदा

"ग"+"ज"+"अल"= "गजल" भएको हुन्छ.

ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग) भन्ने हुन्छ।


अतः समग्रमा "गजल"को शाब्दिक अर्थ "नारी संग गरिने वार्तालाप वा कुराकानी नै गजल हो।" अथवा "प्रेमिका संगको प्रणयता वार्ता" भन्ने पनि बुझिन्छ।

म गजलका तत्वहरुको बारेमा जानकारी दिन लागी रहेकोछु.गजल लेख्दा के के कुराहरुमा ध्यान दिनु पर्छ? काँहा? कसरी? प्रयोग र अनुप्रयोग गर्नु पर्छ? भन्ने बारेमा लेख्दैछु। यो तलको गजल पढ्नुहोस्-

गजल

हिजो-आज ठुले संग, सल्क्या छौ रे भन्ने सुन्छु
उसै संग दिन-रात, पल्क्या छौ रे भन्ने सुन्छु।

मन रैछ उस्को लागी, किन झुटो प्रेम गर्यौ?
रातै भरि उस्को निम्ति, टल्क्या छौ रे भन्ने सुन्छु।

मन मुटु गांस्या थिंए, धोका दियौ आज तिम्ले,
मलाई बिर्सी उसै सित, छ्ल्क्या छौ रे भन्ने सुन्छु।

किन यस्तो भयो सानु, चटक्क नै माया मार्यौ,
सबै त्यागी उतै तिर, ढल्क्या छौ रे भन्ने सुन्छु।

यस्तै रै'छ साँचो प्रेम, माईमा गई कसम खा'को,
राम्रो छैन प्यासी भन्दै, झल्क्या छौ रे भन्ने सुन्छु।
-कृष्ण प्यासी




यहाँ माथिको गजल पढी सकेपछी बुझ्नु पर्ने कुरा के के हुन् त? भने हामीले सिधै हेर्दा १० हरफहरु छन्। ति १० हरफलाई गजलको भाषामा"मिसरा" वा "मिस्रा" भनिन्छ. अत: यहाँ १० मिसरा वा मिश्रा छन्। माथिको गजलमा रहेका २ मिसराहरुलाई "सेर" भनिन्छन।अथवा २ वटा मिसराको संयोजनबाट एउटा सेरको निर्माण हुन्छ। त्यसैले यहाँ पुरा ५ सेरहरु छन्, भन्दा फरक नपर्ला। त्यस्तै माथिकै गजलमा प्रथम सेरको प्रथम मिसरालाई "मिसरा ए-उला" भनिन्छ र दोस्रो सेरलाई"मिसरा ए-सानी" भनिन्छ। माथिको गजलको पहिलो सेरलाई "मतला" भनिन्छ। गजलमा मुख्य २ तत्व हुन्छन। ति हुन् "रदिफ" र "काफिया"। माथि एक पटक गजलमा नजर घुमाउनु होस् त रातो मसीले लेखिएको जुन शब्द हरु क्रमश: सल्क्यापल्क्याटल्क्या,छल्क्याढल्क्याझल्क्या, छन् ति सबै "काफिया" हुन्। त्यस्तै गरेर निलो मसिले लेखिएको छौ रे भन्ने सुन्छु। चाँही "रदिफ" हो। यहाँ बुझ्नु पर्ने कुरा जहिले पनि "काफिया" रदिफ भन्दा पूर्ववर्ती हुन्छ। काफिया पछी आउने रदिफ हो।
बिषेशत: काफिया २ प्रकारका हुन्छन। ति हुन् -

१. पूर्ण काफिया र
२. आंशिक काफिया ।
यहाँ पूर्ण काफिया को बनावट यस्तो हुन्छ- गर्छु, मर्छु, तर्छु, झर्छु। भने
आंशिक काफियाको बनावट यस्तो हुन्छ- गरेर, भनेर जलेर इत्यादि...

अन्य काफिया पनि प्रचलितमा छन् ति हुन्-

क. एकाक्षरिय, र
ख.हम-काफिया।


क.
यहाँ एकाक्षरिय काफिया भन्नाले आंशिक काफिया जस्तै-जस्तै नै हो। जस्तै:- भुलेर, खाएर,पिएर,तरेर लुकेर इत्यादि.....

ख. हम-काफिया भन्नाले जबर्जस्ति बनाइएको हुन्छ। तर रेडियोमा गाइएको गजल सुन्नु भएकोछ भने यो काफिया बढी प्रयोग हुने गरिएको हुन्छ। जस्तै:- गर्छु, हिंड्छु, बर्सन्छु, फुल्छु इत्यादी.....

अब अर्को कुरा गजलको अन्तिमको सेरलाई "मक्ता" भनिन्छ। यसको शाब्दिक अर्थ समाप्त हो भने गजलको अन्तिममा लेखकले आफ्नो नाम प्रयोग गर्छ भने त्यो नामलाई "तखल्लुस"भनिन्छ। माथिको गजलमा प्यासी तखल्लुस हो। समग्रमा भन्नु पर्दा समध्वनी र समक्षर भएको भएको नै पूर्ण र सबल गजल हुन्छ। परम्परागत रुपले जाने हो भने ४+४+४+४= १६ हुनु पर्छ। भन्नु को तात्पर्य यो गण र बहर भित्र को बिषय हो। अबश्य अर्को बसाईमा लेख्नेछु।

तपाईहरुलाई गजलमा "बहर", "गण", को बारेमा पनि जान्ने इच्छा होला। म आगामी लेखहरुमा थप्दै जानेछु। अत: तपाई आफै प्रयास गर्नुहोस् गर्नु पर्ने सहयोग म गर्नेछु। प्रयोग गरिहेर्नु होस्। तपाई लाई यो बिषय कस्तो लाग्यो? लेख्न नभुल्नु होला। धन्यबाद!
लेखन यात्रा को कामना.....