एमाओवादी त्यागेर एकाएक नेपाली राजनीतिमा फेरी उदाउने भन्दै नयाँ शक्ति निर्माणको अभियानमा लागेका डा.बाबुराम भट्टराई आफ्नै कारणले एकपछि अर्को समस्यामा पर्न थालेका छन् । उनले हालै विराटनगरमा भएको एक कार्यक्रममा नयाँ शक्ति अहिल्यै तेस्रो भएको र एकाध वर्षमा पहिलो हुने बताएका थिए तर फिल्डमा कोही पनि नेता तथा कार्यकर्ता ननिस्कएपछि उनी रनभूल्लमा परेका छन् ।
कोही कसैले पनि साथ नदिएपछि उनी आफै मलिन अनुहार लगाउँदै म्याग्दी, बाग्लुङलगायतका जिल्ला दौडाहा लागेका छन् । म्याग्दी र बाग्लुङका एमाओवादी नेता र आफ्नै भनिएकाले समेत डा भट्टराईको गतिविधि मुलुक र जनताको हितमा नभएको भन्दै आलोचना गरेका थिए ।
कुन विचार र सिद्धान्तका आधारमा तपाई नयाँ शक्ति बनाउँदै हुनुहुन्छ ? एमाओवादी भन्दा नयाँ शक्ति अरु पनि हुन्छ भन्दै उनीहरुले आपत्ति जनाएपछि डा भट्टराई कुनै जवाफ नदिइकन हिडेका थिए । नयाँ शक्तिको संगठन विभाग प्रमुख बनाइएका देवेन्द्र पौडेल समेत फिल्डमा हिड्न तयार छैनन् । हिसिला यमीको ताल आफ्नै छ । खाडी मुलुकमा गएर हिसिला यमीले आफ्नो रौनक देखाए पछि सबै दंगदास परेका थिए ।
फिल्डमा नजाने र कोठमा मात्रै बसेर नयाँ शक्ति बनाउने भन्ने देवेन्द्र पौडेल, मधेसमा सिन्को समेत नभाँच्ने रामचन्द्र झा, काम भन्दा कुराका भारी गंगा श्रेष्ठजस्ता नेताबाट नयाँ शक्ति अगाडि बढ्न नसक्ने निष्कर्षमा डा भट्टराई पुगेका छन् ।
विगतमा नयाँ शक्ति बनाए साथ दिन्छौ भन्ने मुमाराम खनालले प्रमुख नै दिएपनि नआउने भन्दै उल्टै थर्काएका थिए । रविन्द्र मिश्र, लिलामणि पौडेलले पनि नयाँ शक्ति आफूले थाहा नपाएको र डा भट्टराईले कुनै नयाँ गर्न नसक्ने बताएका छन् ।
एमाओवादीका पूर्व नेता तथा कार्यकर्ता नआउने, आफ्नै भनिएका समेत साथ नदिने, पैसा पाए मात्रै हिड्ने प्रवृत्ति देखिएपछि डा भट्टराई खिन्न भएका जनआह्वान साप्ताहिकमा खबर छ । उनले आना निकटस्थसँग भन्ने गरेको छन् एमाओवादी मै भएको भए बरु प्रचण्डले अध्यक्ष पनि दिन्छु भनेका थिए । सरकारको नेतृत्व समेत गर्न पाइन्थ्यो होला बेक्कारमा नयाँ शक्ति भनेर हिडिएछ ।
नयाँ शक्ति भनेर लागेका समेत एमाओवादीमै फर्किएका छन् , जहाँ गयो त्यही गाली मात्रै खाइएको छ भन्दै डा भट्टराई भूतले खाजा खाने बेलामा पार्टीबाट निस्किएछ भन्दै गुनासो गर्ने गरेको सानेपा स्रोतले जनाएको छ ।

श्रोत - पर्ल स्ट्रिट जर्नल
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: