January 2016

यसको नाम हो "पथ्थर चट्टा" बिहान बेलुका २/२ पत्ता खाली पेटमा पानीमा पिसेर खाँदा ७ दिनमा पथरी ठिक हुन्छ। यो रामबाण दबाइ हो।

पौष शुक्ल पूर्णिमाका दिन हिन्दू धर्म घर घरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे ावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गरेका छन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस अवसरमा राजधानीदेखि १७ किमी उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले पनि स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रुपमा यो नेपाली समाजमा प्रचलित छ ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
एकतीस अध्याय रहेको श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।
राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणीबहालभित्र समेत छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लका पालामा नेसं ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।
व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । कसैले पनि अभिमान र अवहेलना गर्न नहुने जस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट चित्रण गर्न खोजिएको छ ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्छ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । यस वर्ष साँखुमा नित्य व्रत बस्ने महिला २२४ र पुरुष २१ जना छन् ।
शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णमिासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको मेला मूल आयोजक समितिका अध्यक्ष दिलीप श्रेष्ठले बताउनुभयो । ‘स्कन्दपुराण’को केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।
“मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतवन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो” उहाँले भन्नुभयो ।
मेला मूल आयोजक समितिका अनुसार भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनाका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्यवस्थित बनाउने तयारी भएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष २० लाख भक्तजनले मेला भरेकामा यस वर्ष इन्धन अभावका कारण यातायातको असुविधाले गर्दा केही केही मात्रामा भक्तजन घट्न सक्ने छन् ।

श्रोत -ताजा खबर

एजेन्सी : अमेरिकी राष्ट्रपति बराक ओबामा जब थाक्छन् तब कम्जोर भएको महसुस गर्छन् । थकान र कम्जोरीबाट मुक्ति पाउन उन जुन कुराको सहयोग लिन्छन, त्यमा हिन्दु धर्मावलम्बीका भगवान हनुमान पनि रहेका छन् । 
 
यू ट्युको तीन लोकप्रिय च्यानलका लागि भएको साक्षात्कारका क्रममा उनलाई उनको सरकारी घर ह्वाइट हाउसबाट यस्तो एउटा सामान ल्याउन भनियो जो उनका लागि धेरै महत्वपूर्ण रहेको छ।
अन्तर्वार्ताका क्रममा जब उनलाई गोजीबाट पाँच सामान निकाल्न भनियो तब उनले पोप फ्रान्सिसले दिएको एक माला, एक सानो बुद्धको प्रतिमा, एक पोकर चिप जो उनलाई एक बाइकरले दिएका थिए । इथियोपियाको एक क्रस र हनुमानको मूर्ति जो उनलाई एक महिलाले दिएकी थिइन् । 
 
ओबामाले भने अनुसार यी चीजले उनलाई ह्वाइट हाउससम्म पुग्न शुरु भएको राजनीतिक यात्राका क्रममा उनीसँग ती मानिसले गरेको अपेक्षालाई ताजा बनाइरहन्छन् । 
 
उनले बताए अनुसार आफूले ती चिज कुनै अन्धविश्वासकारण गोजीमा हालेर बोकेको भने होइन ।
'यी सामानले मलाई भन्छन्, कसैले त मलाई सक्षम सम्झिए', उनले भनेका छन् 'ती चिजका लागि म गरौं, जसका कारण उनीहरुको जिन्दगी प्रभावित हुन्छ । र, म तत्कालै काममा जुटिजान्छु ।'
 
ओबामाका अनुसार उनीसँग आफ्ना जनतालाई सम्झाइरहने धेरै सामान रहेका छन् तर यी चार पाँचवटा सामानमात्रै उनको साथबाट कहिल्यै छुट्दैनन् ।

श्रोत - अनलाईन खबर

१० माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषदको घोषणा हुँदैछ । यसलाई वैशाखमा पार्टी घोषणाको तयारीका रुपमा हेरिएको छ ।
भट्टराईले आज विभिन्न पार्टीबाट आएका तथा प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर नयाँ शक्ति निर्माण अभियान राष्ट्रिय परिषद् घोषणा गर्दैछन् । यसका लागि भट्टराईले पत्रकार सम्मेलन राखेका छन् ।
स्रोतका अनुसार आज नायिका करिश्मा मानन्धर र निर्माता अशोक शर्मा औपचारिक रुपमा नयाँ शक्तिमा आवद्ध हुनेछन् । अभिनेता सरोज खनाल यसअघि नै अभियानमा छन् ।
यसैगरी पूर्व एआईजी गणेश राई पनि नयाँ शक्तिमा लाग्नेछन् । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा प्रवेश गर्नेछन् । पासाङ शेर्पा, केशवमान शाक्य लगायतका जनजाति नेताहरु पनि नयाँ शक्ति निर्माण अभियानमा छन् ।

श्रोत - अनलाईन खबर
बहराइन ३-० गोलले पराजित
काठमाडौं : नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ ।  

बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । उपाधिसँगै नेपाली टिमले ५० हजार अमेरिकी डलरसहित ट्रफी हात पारेको छ । 
सन् १९९३ मा साफ च्याम्पियनको उपाधि जितेयता नेपाललाई  दोस्रो उपाधि दिलाउने क्रममा बिमल घर्ती मगरले पहिलो हाफको पाँचौ मिनेटमै पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो ।  

शुरुबाटै आक्रमक खेलेको नेपालले दोस्रो हाफमा पनि त्यसलाई जारी राख्यो । नेपालका लागि खेलको ८७ अाै‌‌ मिनेटमा विशाल राईले अर्को गोल थपे । 

दुई गोल गरेको पाँच मिनेट नबित्दै खेलको निर्धारित समयको अन्तिम मिनेटम माल्दिभ्सविरुद्द्धको खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थप्दै नेपाललाई शानदार जित दिलाए ।
नेपालका लागि बिराज महर्जनले दिएको क्रसलाई अन्जन विष्टले गरेको हेडबल डिबक्समा अल्मलिएको अवस्थामा बिमलले पाँचौ मिनेटमा गोल गर्दै खाता खोले । 
 
शुरुबाटै आक्रमक खेलेको नेपालका लागि बिमलले बहराइनको डिबक्समा अल्मलिएको बललाई सदुपयोग गर्दै जाली चुमाएपछि नेपालको २३ वर्षदेखिको उपाधिको खडेरी टर्ने देखिएको थियो । 
नेपाली टिमलाई उपाधि जिताउनका लागि किपर विकेश कोथु नायक सावित भए । उनले बहराइनका हरेक डरलाग्दा प्रहारलाई प्रत्येक पल्ट विफल बनाए । 
 
नेपालमा खुसियाली ल्याउने क्रममा खेलको ८७ अाै‌ मिनेटमा डिबक्स नजिकै बहराइनका खेलाडीबाट खोसेर अन्जन विष्टले मिलाइदिएको उत्कृष्ट पासमा विशाल राईले जाली चुमाए । 

त्यसअघि नै नेपालका सुमन लामा र बहराइनका अली थह्वानी रेडकार्ड पाउँदै मैदान छाडेका थिए ।  दोस्रो गोल गरेपछि झनै आक्रमक बनेको नेपालले अन्तिम समयसम्म बहराइनको पोस्टमा चार्ज गरिरह्यो ।
निर्धारित समयको अन्तिम ९० अाै‌ मिनेटमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थपे । यो पटक पहिलो गोल गरेका विमल घर्ती मगरले मिलाइदिएको क्रस पासमा प्रतियोगिताकै सर्वाधिक चार गोल गरेका नवयुगले बहराइनविरुद्ध तेस्रो गोल गरे  । 

फिफा वरियतामा समेत बहराइन नेपालभन्दा धेरै माथि रहेको बहराइनलाई पराजित गर्दै उपाधि जितेपछि नेपाली फुटबलले कोल्टे फेर्ने विश्वास गरिएको छ । बरियतामा बहराइन एक सय २१औं स्थानमा छ । नेपाल एक सय ९६औं स्थानमा छ ।
 
यसअघि नेपालले यू-२३ उमेर समूहमा मात्र बहराइनसँग प्रतिस्पर्धा गरेको थियो । मैत्रीपूर्ण उक्त खेलमा नेपाल बहराइनसँग ३-० गोलले पराजित भएको थियो। बंगबन्धु गोल्ड कपको सेमिफाइनल पुग्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली टोली अहिले उपाधि नै चुम्न सफल भएको हो । 
 
समूह ‘ए’बाट प्रतिस्पर्धा गरेको नेपाल समूहको उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा नेपालले मलेसिया र आयोजक बंगलादेशलाई बराबरीमा रोकेको थियो भने  श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। यसैगरी समूह 'बी'मा रहेको बहराइनले सेमिफाइनलमा आयोजक बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
नेपालले माल्दिभ्सविरुद्धको सेमिफाइनलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो। फाइनल खेलमा पनि नेपालले सोही स्तरको खेल देखायो ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजाविहीन बन्दै आएको नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ गोलले हराएको थियो। माल्दिभ्सविरुद्ध नवयुग  श्रेष्ठले ह्याट्रिक पूरा गर्दै आफूलाई नेपालको नयाँ स्ट्राइकरका रूपमा स्थापित गरेका थिए । अर्का युवा मिडफिल्डर विशाल राईले समेत पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

आजको खेलमा पनि बिमलसहित यी दुबै खेलाडीले गोल गर्न सफल भए ।  विराज महर्जनको कप्तानीमा बंगबन्धु गोल्डकप खेलिरहेको नेपालले बहराइनलाई हराएर उपाधि जितेपछि नेपालले ठूलो उपलब्धि हाँसिल गरेको छ।
नेपाल सिनियर समुहमा सन् १९९९ को दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)पछि पहिलोपटक फाइनलमा पुगेको हो । नेपालले बंगबन्धु कपलाई भारतमा आयोजना हुन लागेको १२औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका रूपमा लिएको छ ।

श्रोत - अन्नपुर्ण पोष्ट
बिहीबार ४४ मुलुकका १२२ स्थानमा एकै कविका कविता विभिन्न भाषामा बाचन गरियो।
साउदी अरेबियाले मृत्युदण्डको सजाय सुनाएका प्यालेस्टीनी कवि अशरफ फयादका कविता ‘वल्डवाइड रिडिङ अफ अशरफ फयाद’ अभियानमा बाचन गरिएको हो।
‘अन्तर्राष्ट्रिय साहित्य उत्सव, बर्लिन
’ ले उनको जीवनरक्षाका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट दवाब सिर्जना गर्न यो कार्यक्रम आव्हान गरेको हो। कवि फयादलाई दिइने मृत्युदण्डको विरोधमा #AshrafFayadh ट्रेन्डिङ भइरहेको छ। यो ह्यासट्यागमा विश्वभरका कविताका पाठकहरू सहभागी छन्। थुप्रै कविहरूले ट्वीट गर्दै उनलाई सुनाइएको सजायको भर्त्सना नाममा कविता सिर्जना गरिरहेका छन् भने उनका विश्वका थुप्रै भाषामा अनुवाद भइरहेको छ।
को हुन फयाद?
कवि फयादको जन्म नै विवादास्पद र युद्वग्रस्त क्षेत्रमा भयो। यो शताब्दीमा सबैभन्दा अशान्त रहेको क्षेत्रमध्ये एक इजारयली सीमासँग जोडिएको प्यालेस्टाइनको गजापट्टीमा सन् १९८०मा उनको जन्म भयो।
त्यहाँबाट उनको परिवार साउदी अरब बसाइँ सर्‍यो। साउदी अरबमा उनी क्युरेटरको रूपमा काम गर्न थाले। उनले साउदी कलालाई युरोप र साउदी अरबकै विभिन्न ठाउँमा प्रदर्शनी गर्ने गर्थे। ब्रिटिस-अरेबियन कला सम्बन्धि संस्था द एड्ज अफ अरेबियामा पनि सक्रिय थिए।
किन सुनाइयो मृत्युदण्ड?
सन् २०१३ को कुरा हो । अर्का एक कलाकारसँग उनको विवाद भयो। विवादले झगडाको रूप लियो। उनलाई साउदी प्रहरीले हिरासतमा लियो र धरौटीमा छोड्यो।
तर, सन् २०१४ जनवरी १ मा उनी फेरि पक्राउ परे। उनीमाथि धर्म परिवर्तन गरेको अभियोगमा मुद्दा चलाइयो। अदालतले चार वर्षको जेल र आठ सय कोर्रा सजाय सुनाएपछि उनले पुनरावेदन दिए।
उनको अपिल स्वीकार गर्दै मुद्दा पुनः तल्लो अदालतमा फर्काइयो। त्यहाँ नयाँ न्यायधीश आइसकेका थिए। जसले उनलाई मृत्युदण्डको सजाय सुनाए।
फयादमाथि साउदीको साइबर कानुन उल्लंघनको पनि अभियोग लगाइको छ। युवतीहरूको तस्बिर खिची आफ्नो मोबाइलमा राखेको अभियोग उनीमाथि लगाइएको छ, जुन त्यहाँको कानुनअनुसार अपराध हो।
उनले आफूमाथिका सबै अभियोग अस्वीकार गरेका छन्।
उनका कविताले नास्तिकता फैलाएको साउदी न्यायधीशको ठहर छ। इस्लाम नमान्न र ईश्वरको निन्दा गर्न उनका कविताले उत्प्रेरित गर्ने भन्दै साउदी अदालतले उनलाई मृत्युदण्ड सुनाएको हो।
सन् २००८ मा प्रकाशित उनको कवितासंग्रह ‘इन्ट्रक्सन विथइन’ मा संकलित केही कविताका आधारमा उनीमाथि यो अभियोग लगाइएको हो। 
सन् २०१५ नोभेम्बर १७ मा उनलाई मृत्युदण्ड सुनाइयो।
उनको मुद्दा छिनोफानोको पुरै प्रकृयामा उनलाई वकिल राख्न नदिइएको एम्नेष्टी इन्टरनेसनल बेलायतले बताएको छ। यो अन्तर्राष्ट्रिय न्यायीक अभ्यास र साउदी कानुन विपरित भएको उक्त संस्थाले दावी गरेको छ।
विश्वभरीबाट अझै पनि अशरफको अपील स्वीकारी उनको मृत्युदण्डको सजाय सच्याइने अपेक्षा गरिएको छ। वल्डवाइड रिडिङको आयोजक अन्तर्राष्ट्रिय साहित्य उत्सव, बर्लिनले अमेरिका र बेलायतले अशरफको मुक्तिको पक्षमा बोल्नुपर्ने माग गरेको छ।
चितवनबाट अशरफको समर्थन
वल्डवाइड रिडिङ भएका ४४ मुलुकमध्ये एक नेपाल हो। चितवनमा अक्षर समूहको आयोजना र भिलेज अफ इंग्लिस राइटर्सको सहआयोजनमा कार्यक्रम भयो।
ईश्वर कँडेल, उदय अधिकारी, सुमनराज श्रेष्ठ लगायतले अशरफका नेपालीमा अनुदित कविता सुनाए। सरिता तिवारी र सुनिता गैरेले अङ्ग्रेजीमा उनका कविता सुनाए। भूपीन, प्रतिमा पाठक, इन्द्र रेग्मी, एलबी क्षेत्री, द्वारिका नेपाल लगायले अशरफको जीवनको पक्षमा लेखिएका कविता सुनाएका थिए।
अक्षर समूहका भूपीनले सेतोपाटीसँग भने, ‘एउटा कविले कविता लेखेकै आधारमा मर्नुपर्ने अवस्थाको विरुद्धमा हामी उभिएका हौं। कविले वाक स्वतन्त्रता उपयोग गर्न पाउनु पर्छ।’
उनले भने, ‘संसारभरी उनको मुक्तिका लागि कार्यक्रम भइरहँदा हामीले पनि आफ्नो दायित्व पुरा गरेका हौं।’

श्रोत -  सेतोपाटी




1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक कुरामा चित्त बुझाउने
26. धेरै नमोटाउने
27. ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने। 

श्रोत - ताजा खबर (फेसबुक)


नायिका शुभेच्छा थापा अरुको फिल्म भन्दा पहीले देखीनै आफ्नो फिल्मको लागि शारीरीक सुन्दरता पस्कीन उदार नै हुन । मिस नेपाल फिल्म देखीनै उनले आफ्नो ग्यामर फोटो सेसनको यात्रा शूरु गरीन अहीले पनि बिन्दास फिल्म नजिकीदै गर्दा फिल्मको लागि प्रोमोशनल फोटो सुट गराइन तर उनको फोटो सुट यस पटक भने बिबादीत भयो ।

श्रोत - डी.सि, नेपाल
मनिसको सुन्दरतामा विशेष प्रभाव पार्ने  दाँत पहेलो हुनु हिजो आज धेरै को समस्या हो । सहि तरिकाले दाँत को हेरचाह नगर्नु, चुरोट, सुर्ती, पराग, जस्ता कुराहरु बढि सेवन गर्दा  दाँत पहेँलो हुने समस्या हुने गर्दछ । आफ्नो अनुहारको सुन्दरताको तत्व पहेँलो होस् भन्ने केहि पनि चाहादैनन् ।


यस्ता छन् दाँतको पहेलोपन हटाउने केहि घरेलु औषधी

  •  हाम्रो गाउघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २(४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ।
  •  केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस र यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ  चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ।
  •  तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ  यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ , तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।
  •   कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्यलाई पनि निकै फाईदा जनक छ ।
  •  सुन्तलाको बोक्रा र तुलसीको पात लार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ।
  •  खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ।
  •  नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ  यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ।

  •  स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो्र यसमा पाइने मालिक एसिड ले दांत लाइ सेतो र चम्किलो बनाउछ।
काठमाडौं: सरकारले इन्धनको मूल्य समायोजन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ११ वर्षपछि निक्कै तल झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाल आयल निगमले भने इन्धनको सहज आपूर्ति हुन नसकेको भन्दै गत भदौदेखि मूल्य समायोजन गरेको छैन ।
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेलको ३० डलरभन्दा पनि कममा झरेको छ । एक ब्यारलमा एक सय ५८ लिटर तेल हुन्छ । विश्लेषकका अनुसार साउदी अबर र इरानबीच उत्पन्न भएको असहज परिस्थिति र ती दुवै मुलुकले तेलको उत्पादनमा गरेको वृद्धिका कारण इन्धन मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनको मूल्य समायोजन नहुँदा पहिलेको तुलनामा थोरै परिमाणमा इन्धन बिक्री गरे पनि निगमलाई धेरै नाफा छ ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अन्तर्राष्ट्रिय बजारमा इन्धनको घट्दो मूल्यलाई समायोजन गर्न निगमले आवश्यक तयारी गरेको जानकारी दिए । उनका अनुसार मूल्य समायोजन गरेर प्रतिलिटरमा चारदेखि पाँच रुपैयाँ घटाउने तयारी गरिएको छ । यसका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाउने मूल्य सूचीको आधार बनाइनेछ । आईओसीले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल ल्याएर प्रशोधन (रिफाइन) गरी नेपाललाई बिक्री गर्दैआएको छ ।
 
आईओसीले प्रत्येक महिनामा एक र १६ तारिखमा नयाँ मूल्य सूची निगमलाई पठाउने व्यवस्था छ । ‘शनिबार प्राप्त हुने आईओसीको नयाँ मूल्य सूचीको आधारमा मूल्य समायोजन गरी सोमबारसम्म नयाँ मूल्य सूची सार्वजनिक गर्ने हाम्रो तयारी छ’, कार्यकारी निर्देशक खड्काले भने, ‘आईओसीबाट प्राप्त मूल्य सूचीको आधारमा इन्धनको प्रतिलिटरको अहिलेको मूल्यमा चारदेखि पाँच रुपैयाँसम्म घटाउने तयारी गरेका छौं ।’
 
निगमकाअनुसार आइओसीले १५ दिनको औसत मूल्यलाई आधार मानी निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । निगमले प्रतिलिटर चार रुपैयाँसम्म मूल्य घटाए पेट्रोल एक सय, डिजेल र मट्टीतेल ७८ रुपैयाँ प्रतिलिटरमा झर्नेछ । अन्तर्राष्ट्रिय बजारमा सन् २०१४ यता तेलको मूल्यमा ७० प्रतिशत गिरावट आए पनि नेपालमा भने मूल्य समायोजन भएको छैन । गत भदौ १५ यता नै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल २० डलर घट्दा नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म घट्नुपर्ने विज्ञको भनाइ छ ।
 
विज्ञहरूका अनुसार यसअघि तेलको मूल्य घट्दा तेल निर्यातकर्ता राष्ट्रको साझा संगठन ओपेकले तेलको उत्पादनमा कटौती गर्ने गथ्र्यो । तर यसपटक ओपेकले तेलको उत्पादनमा कटौती गरेको छैन । यसका कारण तेलको भण्डारण क्षमता बढ्दै गएको छ । अर्कोतर्फ इरान पनि तेल बजारमा प्रवेश गरेका कारण अन्तर्राष्ट्रिय बजारमा क्रमिक तेलको मूल्य घट्दै गएको हो ।

ऋण मुक्त नहुँदासम्म बोनस बाँडिदैन: खड्का

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले निगमको कुल ऋण चुक्ता नहुँदासम्म बोनस नबाँडिने दाबी गरेका छन् । शुक्रबार अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘निगमले लिएको सबै ऋण चुक्ता नहुञ्जेलसम्म इन्धन बिक्री गरेर नाफा भएको रकम बोनस वापत कर्मचारीलाई बाँडिदैन ।’
 
बोनस वापतको रकम कुन प्रयोजनमा खर्च गर्ने विषयमा अन्तिम निर्णय सञ्चालकले गर्ने जिम्मेवारी भए पनि निगमले लिएको ऋणबाट पूर्णरूपमा मुक्त नहुँदासम्म वितरण नगर्ने आफ्नो अडान रहेको खड्काले बताए । ‘विषम परिस्थितिमा मुलुक रहेको अवस्थामा कर्मचारीलाई बोनस बाँडेर जग हसाउने काम मबाट हुँदैन’ खड्काले भने,‘सरकारलाई तिर्न बाँकी रहेको सबै ऋण चुक्ता गरेपछि मात्रै सञ्चालक समितिको बैठकबाट के गर्ने विषयमा निष्कर्ष निकाल्छौं ।’
 
उनका अनुसार बोनस वापतको करिब ९० करोड रुपैयाँ सञ्चालक समितिको निर्णयको आधारमा कुनै रचनात्मक गतिविधि वा अन्य कोषमा जम्मा गरिनेछ । उनका अनुसार स्वचालित मूल्य प्रणाली लागू भएपछि नाफामा गएको निगमले गत आर्थिक वर्ष ०७१।०७२ मा कुल ३६ अर्ब ऋणमध्ये विभिन्न वित्तीय संस्थाको २४ अर्ब चुक्ता गरेको छ । अब सरकारको १२ अर्ब ६४ करोड ऋण तिर्न बाँकी छ ।
 
निगमले सोही वर्षमा सरकारलाई ११ अर्ब राजस्व बुझाउनुका साथै १७ अर्ब खुद नाफा गरेको थियो । सोही खुद नाफाबाट निगमको विनियावलीअनुसार ६ प्रतिशतका दरले ९० करोड रुपैयाँ बोनस शीर्षकमा छुट्टयाएको हो । ‘बोनस शीर्षकमा रकम मात्रै छुट्टयाइएको हो । बाँडिहाल्न र खाई हाल्न होइन्’, उनले भने । उनका अनुसार सामान्य समयमा स्वचालित मूल्य लागू भएयता प्रत्येक महिनामा निगमले एक अर्ब ३० करोड रुपैयाँ नाफा गर्दै आएको थियो ।

श्रोत - अन्नपूर्ण पोष्ट
माघ ३, २०७२- मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट १२ वस्तु तथा सेवाको सूचीमा छालाजन्य उत्पादन र जुत्ता पनि समावेश गरिएको छ । यसअघिका १९ वस्तु तथा सेवाको सूची परिमार्जन गर्दै हालै वाणिज्य मन्त्रालयले जुत्तालाई पहिलोपटक समावेश गरेको हो ।
विश्व व्यापार संगठन डब्लुटीओ अन्तर्गतको इन्हान्स्ड इन्टिग्रेटेड फ्रेमवर्क (ईआईएफ) सँगको सहकार्यमा उक्त सूची तयार पारिन्छ । यो सूचीमा परेपछि निर्यात प्रवद्र्धनका लागि यी संस्थाबाट सहयोग पनि पाइने हुदा नेपाली जुत्ता उद्योगका लागि यो उत्कृष्ट अवसर बनेको छ ।
निजी क्षेत्रको लगानी विस्तार र प्रतिस्पर्धा बढेर दुई दशकभित्र आसलाग्दो व्यवसायका रूपमा सूचीकृत गराउन सकेकैले नेसनल ट्रेड इन्टिग्रेसन स्ट्राटेजी (एनटीआईएस) को सूचीमा परेको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रबिनकुुमार श्रेष्ठका अनुसार एनटीआईएस सूचीमा छाला तथा जुत्ताको परेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) ले जानकारी गराइसकेको छ ।
‘उहाँहरूले अब तपाईंहरू निर्यात गर्न तयार रहनुस् भनेर सूचना दिइसक्नुभएको छ,’ उनले भने, ‘तत्कालै जुत्ता/चप्पल चैं हैन, छालाका अन्य सामग्रीहरू निर्यात गर्न सक्छौं ।’ आवश्यक सहयोग भए जुत्ता/चप्पाल पनि निर्यात गर्न सक्ने दाबी उनको छ । विद्युत, दक्ष जनशत्तिका लागि तालिम र अन्य सेवा सुविधाको अपेक्षा व्यवसायीहरूको हो ।
नेपाली जुत्ता उद्योगले केही उत्पादन हाल भारतमा पनि निर्यात गर्दै आएका छन् । साथै नेपालमा माग हुने जुत्ता/चप्पलमा आत्मनिर्भताको बाटोमा पनि यो उद्योग देखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार मुलुकमा ५ करोड जोर जुत्ता/चप्पलको माग छ । कुल मागको ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादनले पूर्ति गरिरहेको छ । विद्यालय, कलेज र सुरक्षा गार्डहरूले प्रयोग गरिने जुत्ताको माग पूर्ण रूपमा स्वदेशी उत्पादनले धानेको व्यवसायीहरू बताउँछन् । ‘लेडिज (महिला) ले लगाउने जुत्ता/चप्पलको मागको ८० प्रतिशत पूर्ति गरेका छौं ।
अन्य जुत्ता/चप्पल भने लगभग ६० देखि ६५ प्रतिशतसम्म आत्मनिर्भर भएका छांै,’ उनले भने, ‘एनटीआईएस सूचीमा हाम्रो उत्पादन पर्नुले आत्मनिर्भर र निर्यात दुवैका लागि सहयोग पुगेको छ ।’
यो सूचीमा परेका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा गैरसरकारी तथा सरकारी निकायले सहयोग पुर्‍याउनेछन् । प्राविधिक, व्यापार विविधीकरण, गुणस्तरीयता, अन्तर्राष्ट्रिय बजारबारे अभिमुखीकरणलगायत कामका सहजीकरण गर्ने चलन छ । त्यसका लागि आवश्यक देखेर सरकारले जुत्ता/चप्पललगायत उत्पादनलाई लगायत छालाबाट उत्पादन हुने सामग्रीहरूलाई एनटीआईएस सूचीमा राखेको हो । सरकारी यो निर्णयसँगै लगानी विस्तार र उत्पादनमा थप सहयोग पुग्नेछ । केही उद्योगीहरूले थप लगानी विस्तारको तयारीसमेत थालेका छन् । एसोसिएसनका अनुसार हालसम्म जुत्ता उद्योगमा करिब १५ अर्ब रुपैयाँभन्दा बढी लगानी छ ।
दैनिक २५/३० हजार जोर उत्पादन गर्न सक्ने क्षमताको उद्योग करिब २० वटा छन् ।
यस क्षेत्रमा वार्षिक करिब ३० अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । जम्मा लगानी भने १५ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको छ । १३ अर्ब रुपैयाँ त बैंकिङ लगानी छ । कच्चापदार्थमा भने आयातकै भर हो । ७० प्रतिशतसम्म कच्चापदार्थ आयातितको भर पर्नुपरेको छ ।
मुलुकमा जुत्ता/चप्पल उत्पादन गर्ने उद्योग संख्याको तथ्यगत तथ्यांक नभए तापनि घरेलु तथा साना उद्योग विभाग र समितिमा ८ सय ५०, कम्पनी रजिस्ट्रार कार्यालयमा २ सय ६ वटा दर्ता भएका छन् । यस्तै, परम्परागत सीपमा आधारित दर्ता नभएका अनुमानित ५ सय र हस्तकलाजन्य ऊनी र प्राकृतिक रेसामा आधारित करिब ५ सय गरेर करिब २ हजारको संख्यामा रहेको जनाइएको छ ।
‘हाम्रो एसोसिएसनमा मात्रै ७० वटा उद्योग छन् । सबै गरेर एक हजारभन्दा बढी उद्योग रहेको हाम्रो अनुमान छ,’ एसोसिएसनका पूर्वअध्यक्ष रामकृष्ण प्रसाई भन्छन्, ‘जुत्ता/चप्पल उद्योगमा निजी क्षेत्रले लगानी विस्तार बाँसबारी जुत्ता उद्योग बन्द भएपछि मात्रै हो ।
कतिपय पुराना उद्योगले क्षमता बढाउन अत्याधुनिक प्लान्ट जडान गरेका छन् । प्रसाईका अनुसार विक्रम संवत् २०५०/५२ सालबाट निजी क्षेत्रले लगानी सुरु गर्‍यो । ‘अत्याधुनिक प्लान्ट २०६५/६६ बाट भित्रिएका हुन्,’ उनले भने, ‘हिजो आज सञ्चालित उद्योगहरूले नै लगानी वृद्धि गरी क्षमता र उत्पादन बढाउन लागिपरिरहेका छन् ।’
उनका अनुसार प्रत्यक्ष रूपमा सबै उद्योगले तीन लाखजनालाई रोजगारी दिएको अनुमान छ । ‘अप्रत्यक्ष रोजगारी पाउनेको संख्या यकिन छैन,’ उनले भने । यो उद्योगमा रोजगारी पाउनेमध्ये ३० प्रतिशत महिला छन् । प्रत्यक्ष रोजगारी पाउनेले मासिक न्यूनतम ८ हजार रुपैयाँभन्दा माथि तलब पाउँछन् । प्राविधिक ज्ञान भएकाहरूले बढी नै पाउँछन् । थप रोजगारी सिर्जना र निर्यातका लागि भने यी उद्योगीहरू पनि वातावरण नभएको गुनासो गर्छन् । नीतिगत सुधार, नियमित विद्युत, प्रशासनिक झन्झट, राजस्वमा हेरफेर र पूर्वाधार विकास जुत्ता उद्योगीहरूको माग हो ।
बजारको भने खासै समस्या नरहेको उनीहरूको दाबी छ । बजार प्रवद्र्धनका लागि हरेक वर्ष एसोसिएसनले विभिन्न मेला तथा प्रदर्शनीहरू गरिरहेका छन् । ‘एनटीआईएस सूचीमा परेकाले अब विदेशमा पनि मेला प्रदर्शनी गर्न हामीलई सहयोग पुग्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘दैनिक उद्योग सञ्चालनका लागि वातावरण भइदिए उत्पादन वृद्धि गरी निर्यात गर्न सजिलो हुने थियो ।’ बन्द, हडताल, पछिल्लो समय आएर कच्चापदार्थ र इन्धन अभावले उद्योग पूर्ण क्षमतामा सञ्चालनमा अउन सकिरहेका छैनन् ।

श्रोत - कान्तिपुर समाचार
माघ १, २०७२- प्रधानमन्त्री केपी शर्मा ओली अचेल आलोचनाको तारो भएका छन् । उनले केही दिनपूर्व भारतीय अवरोधका कारण चरम कष्ट बेहारिरहेका प्रत्येक नेपालीका चुल्होमा खाना पकाउने ग्यासको पाइप जडान गरिदिने र घन्टौंको लोडसेडिङबाट सजिलै मुक्ति पाउनका लागि हावाबाट विद्युत उत्पादन गरेर लोडसेडिङ अन्त्य गर्ने प्रस्ताव गरेका थिए । तर मिडिया, विशेष गरेर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले उनको त्यो प्रस्तावलाई नराम्रोसँग खिल्ली उडाए । धेरैले उनलाई एउटा हास्यकलाकारका रूपमा चित्रित गरे ।
हास्यकलाकारहरूले उनको नक्कल (क्यारिकेचर) गरे । देशलाई समस्याबाट मुक्ति दिलाउने यस्तो महान प्रस्तावप्रति यस स्तरको व्यंग्य र कटु आलोचना गरिएला भनेर उनले पक्कै कल्पना गरेका थिएनन् । हो नि त, चुल्होमै ग्यासको पाइप जोडिएपछि सिलिन्डर लिएर लाम लाग्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । ग्यासका कति बुलेट कहाँबाट भित्रिए भन्ने जिज्ञासाकै अन्त्य हुन्छ । अचेल उनी तीनछक्क र दिक्क छन्, किनभने उनको बुझाइमा यस्तो स्वाभाविक र सहज ज्ञानलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कमजोरी र शुद्धि हराएको कथनका रूपमा प्रचार गरे ।
हावाबाट विद्युत उत्पादन गरेर लोडसेडिङ हटाउने प्रस्तावमा के खोट देखे सामाजिक सञ्जाल प्रयोगकर्ताले, ओली यसमा झनै छक्क छन् । हुन पनि देशले भोगिरहेका यी दुई प्रमुख समस्या, खाना पकाउने ग्यासको आपूर्ति र लोडसेडिङ त हुन् नि । गाडी र मोटरसाइकल गुडाउने इन्धन, पेट्रोल पम्पमा नपाएर के भो, तराईको आन्दोलनरत क्षेत्रबाटै कालोबजारी गरिएका ग्यालनका ग्यालन काठमाडौं लगायत देशका विभिन्न भागमा भित्रिरहेका छन् । आन्दोलनकारीहरूका एउटा कित्ताको त यो व्यवसाय नै भएको छ । साथै भन्न त केसम्म भनिंँदैछ भने मिलेमतोमा राज्य संयन्त्रका कतिपय हर्ताकर्ता नै सामेल छन् । समस्या जति लम्बिन्छ, आन्दोलनकारीको कालोबजारी पारंगत कित्ताले झन्—झन् अर्थलाभ गर्छ ।
सहरको घरेलु जीवनमा यतिखेर मुख्य समस्या खाना पकाउने ग्यास र विद्युत आपूर्तिकै हो । यिनै समस्याको समाधान बताएका थिए ओलीले । वायुपंखाको प्रयोगद्वारा विद्युत उत्पादन गरिन्छ । त्यस्तै सौर्य ऊर्जा पनि वैकल्पिक उपाय हो भन्ने विषयमा दुईमत छैन । तर उनको यति उत्कृष्ट बुद्धिको किन आलोचना भयो, ओली र उनका समर्थकहरूले अझै भेउ पाएका छैनन् । साँच्चै भन्ने हो भने किन हावा र सौर्य ऊर्जामात्रै, उत्तर कोरियाबाट आणविक ऊर्जा ल्याएर लोडसेडिङ अन्त्य गर्छु भनेको भए झनै गज्जब हुन्थ्यो । होइन र ?
हुन पनि उता उत्तर कोरियाले अणुबम परीक्षण गरेर विश्वलाई चकित पारेको घटना ताजै छ । फेरि नेपालका दलहरू, त्यसमा पनि एमाले र एमाओवादीको उत्तर कोरियासित प्रगाढ सम्बन्ध छँदैछ । थप बल चाहिएमा नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छे, जो भौतिक रूपले नेपालमै बसे पनि मन उत्तर कोरियामै हुन्छ । उनको सहयोग लिएर उतैबाट परमाणु ऊर्जा आयात गरेर उसैसित सहकार्य गर्दै नेपालै झलमल्ल पारिदिन्छु भनेकै भए पनि के जान्थ्यो ! भन्नु त हो, भनिदिए भइगो । शब्दकोशमा शब्द जति पनि छन्, ओलीसँग जन्मजातै उखान—टुक्काको भण्डार छ, तुकबन्दी उनको विशेषता नै हो । यसर्थ माइक देख्यो कि मनमा जे आयो त्यो बोलिदियो, के नै जान्छ र ! प्रधानमन्त्री, मन्त्री बन्नु भनेको बोल्ने लाइसेन्स हो, त्यसैले जनजीवन चरम अभावका कारण आक्रान्त रहेको किन नहोस्, उनले बोलिदिए । फेरि अन्यत्र पाइपबाट चुल्होमा ग्यास जोडिएकै छ, यहाँ किन नहुने भन्ने उनलाई लागेको हुनसक्छ । तर पाइप जोड्ने ग्यासचाहिँ कहाँ छ † पाइप जडान गर्दैमा हररर ग्यास आफैं आउने होइन । त्यस्तै अन्यत्र हावाबाट विद्युत उत्पादन पनि भएकै छ, तर विशाल जलभण्डार भएको मुलुकले यथेष्ट जलविद्युतै उत्पादन नगरिरहेको अवस्थामा हावाबाट विद्युत कहिले र कसरी उत्पादन गर्ने होला । यी भनेका बोल्नुभन्दा पहिला सोच्ने कुरा हुन् ।
ओलीले कथेका दुबै कथन असम्भव होइनन्, तर हालको सन्दर्भ नितान्त फरक छ । ग्यास आउँछ भारतबाट, उसैसित सम्बन्ध बिग्रेको अवस्था छ । अनि पाइप जोडेर के गर्नु ! फेरि ग्यासको पर्याप्त आपूर्ति सुनिश्चित हुने भए पनि यस्तो प्रोजेक्ट पुरा गर्न कम्तीमा दस वर्ष त लाग्छ नै । जबकि समस्या तत्कालको हो । अधिकांश घरमा चुल्हो निभेको अवस्था छ, पहिला त त्यो निभेको चुल्हो बाल्ने व्यवस्था हुनुपर्‍यो । लोडसेडिङका कारण जीवनै अस्तव्यस्त छ, पहिला त तत्काल विद्युत आपूर्ति निश्चित गर्नुपर्‍यो । अनि निकालौंला नि हावाबाट बिजुली । कि कसो ओलीजी !
अवश्य पनि देशलाई चाहिएको महत्त्वाकांक्षी योजना नै हो । घर—घरको चुल्होमा ग्यासको पाइप जोड्ने कुरा पनि महत्त्वाकांक्षी नै हो । हावाबाट विद्युत उत्पादन साँच्चै कर्णप्रिय कथन हो । तर यी तत्कालको संकट पार गर्ने प्रस्ताव होइनन् । छिमेकी मुलुकहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै योजनाबद्ध रूपमा गर्दै जानुपर्ने कार्य हुन् । ओलीले एउटा कार्यक्रममा यति राम्रो कथनको खिल्ली उडाए भनेर गुनासो गरेछन् । यदि उनी देशका प्रधानमन्त्री नभएर योजना आयोगका सदस्य हुन्थे भने उनको गुनासो जायज हुन्थ्यो । यही कुरा यदि उनले नै पुगिसरी आएका बेला भनेका हुन्थे भने त्यो पनि सह्य हुन्थ्यो । तर आफू सम्पूर्ण रूपमा सुविधासम्पन्न तर देश संकटले आक्रान्त भएका अवस्थामा बोलेका कारण उनको खिल्ली उडाइएको हो । गुनासो गर्नुसट्टा बरु कतिखेर के बोल्ने भन्ने समझ नहुँदा आफू हास्यको पात्र बन्नुपरेको हो भनेर उनले स्वीकार्नु उचित हुन्छ ।
देश बडे—बडे बोलीले बन्दैन । हो, बडे—बडे सोचलाई कार्यान्वयन गर्ने योजना र त्यसलाई साँच्चिकै गरेरै देखाउने प्रतिबद्धता, सुयोग्य कल्पनाशील टिमसहितको संलग्नता र आफ्नो व्यक्तित्व नै त्यसैमा होमिदिँदा अवश्य बन्छ । त्यसका लागि नेतृत्व र पद्धति पनि त्यतिकै अनुकूल हुनुपर्छ । तर ओलीसहित एमाले नेता, नेपाली कांग्रेस र एमाओवादीका प्रमुख मिलेर बनाएको वर्तमान संविधानले नेपाली जनतालाई आफ्नो नेतृत्व छान्ने अवसर प्रदान गर्दैन । यसले अपनाएको शासन प्रणाली, संसदीय प्रथा भनिए पनि यथार्थमा भन्न नमिल्ने समानुपातिक हुलिएको एउटा विकृत प्रणाली हो । यसले जिम्मेवार र जनताप्रति उत्तरदायी शासनलाई सुनिश्चित गर्ने त परै संवेदनशील हुनसमेत प्रेरित गर्दैन । यसै प्रथाका कारण पहिलो संविधानसभा संविधान नल्याई भंग भयो । दोस्रो संविधानसभामा यसै प्रणालीका कारण सुशील कोइराला सदृश व्यक्तिले समेत प्रधानमन्त्री बन्ने मौका पाए । दलहरूले आफैं तोकेको ८ माघको समयावधि गुजारे तथा भूकम्पले सिर्जना गरेको त्रासदीका बीच देशमा दीर्घकालीन द्वन्द्व निम्त्याउने ‘संविधान’ ल्याए ।
संविधान आएपछि प्रधानमन्त्री बनेका ओलीले आफैंलाई हेरे पुग्छ । संघीयता त विवादित भइगो, नेपाली लोकतन्त्र र गणतन्त्रको अन्तर्राष्ट्रिय छविलाई राजावादीको कालो छायाले छोपेको छ । मन्त्रिपरिषद भीमकाय, ६ जना त उपप्रधानमन्त्री छन् । मध्यपूर्वी तराईको आन्दोलन र त्यसैको निहुँमा भारतले लगाएको नाकाबन्दीका कारण अर्थतन्त्र धराशायी भएको छ । यद्यपि भारतीय नाकाबन्दीको कारण अर्कै छ, तर त्यसको फाइदा मधेस केन्द्रित दलहरूले उठाएका छन् । कारण हो धर्मनिरपेक्षता, यो सबैले बुझेका छन् र संविधानको धारा ४ मा धर्मनिरपेक्ष रहेसम्म भारतसित सम्बन्ध सहज हुँदैन भन्ने विषय पनि कसैबाट लुकेको छैन । राम्रो नराम्रो आफ्नो ठाउँमा होला, तर भारतीय प्रधानमन्त्रीले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
फेरि धर्मनिरपेक्षता नेपाली जनताको मागै होइन, अत्यधिक नेपाली यसका विरुद्ध छन् । मूलत: यो इसाई मिसनरीहरू र तिनका युरोप अमेरिकास्थित संस्थापन र प्रतिनिधिहरूको दबाब र नेपालका नेताहरूलाई दिइएको प्रलोभनका कारण संविधानमा राखिएको हो भन्ने विषय जान्ने—बुझ्ने कसैबाट लुकेको छैन, उद्घाटित भइसकेको छ । त्यसैले मधेस समस्या समाधान हुँदैमा भारतसित सम्बन्ध सुध्रिँदैन, सम्बन्ध नसुध्री पेट्रोलियम पाइप लाइनको काम अघि बढ्दैन । पाइप लाइन नआई, कनेक्सन नभई कुनै पाइप चुल्होमा जोड्दा आफैं बल्दैन । कि बल्छ हँ ? त्यस्तै हावाबाट बिजुली त निस्किन्छ, त्यस्तो प्रविधि नभएको होइन, छ । तर यो आफैंमा एउटा बृहत् परियोजना हो । यसबारे नीतिगत निर्णयदेखि विज्ञता, विशेषज्ञता आवश्यक हुन्छ । चरणबद्ध काम हुन्छ । पंखा हल्लाउँदैमा हावाबाट बिजुली निस्कँदैन । प्रधानमन्त्रीले बोल्दा यतिसम्म विचार नगरी बोल्छन् भनेर कल्पनासम्म नगरिने कुरा बोलेपछि आफूलाई हास्यको पात्र बनाए भनेर चित्त दुखाउनु हुँदैन । अब धेरै मच्चिनु होइन, सच्चिनुपर्छ ।

श्रोत - कान्तिपुर समाचार
माघ १, २०७२- हरेक वर्ष माघे संक्रान्तिलाई किरातीले किरात संवत् ‘नयाँ वर्ष’का रूपमा मनाउँछन् । यो संवत्लाई किरात येले संवत्, किरात येले तङ्बे, किरात येले थोचे पनि भन्ने गरिन्छ । यो संवत् मनाउनुको गाँठी कुरो पहिचानको हो । इतिहासविद् प्रा. जगदीशचन्द्र रेग्मीका शब्दमा किरात जातिहरूले नेपालको ऐतिहासिक कालका किरात राजवंशसित जातीय र भावनात्मक सम्बन्ध गाँसेको पाइन्छ । यो संवत् इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा चलेको स्मारक संवत् हो । तर माघ १ गते नयाँ वर्षको संवत् भने दुई खाले छ । विक्रम संवत् २०७२ माघ १ (सन् २०१६ जनवरी १५) बाट किरात संवत् कलिगत आधारमा ५०७६ सुरु हुन्छ । अर्कोतर्फ हाङ यलम्बरलाई स्मारक संवत् मान्दा ३७९५ सुरु हुन्छ । अनुन्धाताहरू स्मारक संवत्चाहिँं तर्कसंगत र प्रामाणिक हुने दाबी गर्छन् । तर अध्ययनको नाममा संवत् घटाउनुहुन्न भन्नेहरूको जमात उत्तिकै छ । प्राज्ञ वैरागी काइँलाको अध्यक्षतामा सन् २००९ नोभेम्बर १४ र १५ मा काठमाडौंमा सम्पन्न ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’पछि यो संवत् घट्न पुगेको हो । मूलत: इतिहासविदहरू जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको निष्कर्षमा किरात येले संवत्लाई नयाँ अंकन गरिएको थियो ।
यो संवत्लाई किराती समाजमा सामाजिक रूपमा ‘कौटुम्बिक एकताको प्रतीकका रूपमा सहर्ष स्वीकार’ गरिएको छ । यसको साझा प्रयोगले सांस्कृतिक जागरण र किरात एकतालाई उजागर गरेको मान्न सकिन्छ । यो संवतको प्रचलन २०३० सालमा पाँचथरका कवि पुष्प थाम्सुहाङले ‘सिरिजंगा’ मासिक पत्रिकामा उल्लेख गरी दार्जिलिङबाट प्रकाशन गरेका थिए । त्यसपछि सिक्किमका जसहाङ मादेनको पहलमा अखिल किरात लिम्बु चुम्लुङले साँप वर्षको याक्थुङ पञ्चाङ्ग येले तङ्बे ५०४९ (सन् १९८९–९०) प्रकाशन गरे । थाम्सुहाङले प्रयोगमा ल्याएभन्दा मादेनले उल्लेख गरेको संवत् ४० वर्ष कान्छो रहेको छ । त्यही संवत्लाई पछ्याउँदै किरात याक्थुङ चुम्लुङले २०४८ सालदेखि आफ्नो प्रकाशनमा क्यालेन्डर छाप्दै आएको छ । त्यसयता सुनुवार सेवा समाज, किरात राई यायोक्खा र किरात याक्खा छुम्माले ‘किरात येले संवत्’का रूपमा भित्तेपात्रो प्रकाशन गर्दै आएका छन् ।
वैरागी काइँलाको संयोजनमा सन् २००९ मा सम्पन्न अन्तर्राष्ट्रिय गोष्ठीले करिब दुई हजार वर्ष संवत् घट्न पुग्यो । संवत् घटेप्रति समाजले स्वीकार गर्न सकिरहेको छैन र थप अध्ययनको बाटोसमेत खुल्न सकिरहेको छैन । इतिहासविद रेग्मीले गोपाल वंशाली हुँदाहुँदै भाषा वंशावलीलाई आधार मान्न उपयुक्त नहुने तर्क दिएका छन् भने गोपाल वंशावलीलाई घटाउने बढाउने गर्नु हुँदैन भन्ने तर्क पेस गरेका छन् । त्यसैगरी मुन्धुममा वर्ष, महिना, दिनलाई के भन्छ, त्यस्ता कुराबाट अगाडि बढ्नुपर्ने उनको सुझाव छ । यो संवतको चन्द्रमास वा सूर्यमास केलाई मान्ने भन्ने स्पष्ट छैन । तिथिमितिबारे अध्ययन भएको छैन । यो संवतको अध्ययनका निम्ति ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) स्थापना भएको छ । उक्त फाउन्डेसनले सिद्धान्त सारणीय नेपाल पञ्चाङ्गपत्र ‘किरात येले संवत् ३७९२’ (कगित आधारित ५०७३) र ‘किरात येले संवत् ३७९३’ (कगित आधारित ५०७४) पात्रो प्रकाशनमा ल्याएको पाइन्छ । तर निष्कर्षमा पुग्न अझै समय लाग्ने फाउन्डेसनका अध्यक्ष तथा कवि विक्रम सुब्बा बताउँछन् ।
किराती मिथअनुसार पैयुँको फूल फुलेसँगै येले संवतको प्रारम्भ हुन्छ । राजनीतिक इतिहासमा ओल्लोकिरात, माझकिरात र पल्लोकिरात प्रदेशमा प्रचलित यो संवतको पहिलो दिन देश, विदेशमा रहेका किरातीले धुमधामसाथ नयाँ वर्ष मनाउँछन् । संघीय प्रदेश–१ वासी किरातीले वनतरुलको टीका निधारमा ट्यास्स टाँसेर नयाँ वर्ष मनाउने फगत रहरमात्र बन्नहुन्न । घरमा पाहुनापाछा बोलाएर तरुलको टीका र तरुलको परिकार खुवाएर नदी किनारमा लाग्ने जात्रा भर्न जाने बहानामात्र बन्नु पनि सार्थक हुनसक्दैन । भ्रममा बाँच्नुभन्दा भ्रमलाई चिरेर अघि बढ्नु बुद्धिमता हो । माघे संक्रान्ति एउटै हो भने संवत् पनि एकै हुन जरुरी छ । कुन ठिक, कुन बेठिक भन्नेबारे मतैक्य नहुँदा सर्वसाधारण रणभुल्लमा परेका छन् । आफू गर्न नसक्ने अरुलाई गुहारेर सत्य, तथ्यको नजिक पुग्ने प्रयासलाई मूर्खको खेल सम्झिनु थप भ्रमको विषादी छर्नु जस्तै हो । किरात प्रदेश अथवा लिम्बुवान, खम्बुवान, कोइँचवान, याक्खावानमा प्रचलन ल्याइने संवत् प्रामाणिक हुन जरुरी छ । किरातकालीन इतिहासको प्रमाणलाई पुन:पुष्टिको सट्टा अनुमानको भरमा संवत्लाई पहिचान बनाउनु युक्तिसंगत ठहरिन्न ।

श्रोत - कान्तिपुर समाचार
no image
काठमाडौं, २७ पुष । भारतको हरियाणास्थित हिंसार जिल्लाको बरवालमा रहेको सतलोक आश्रममा तत्वदर्शी सन्त सदगुरु रामपाल महाराजको नियमित पाक्षिक सत्संग सुन्न गएका सात नेपाली नागरिक १३ महिनादेखि जेलमा छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
हरियाणास्थित हिंसार जेलमा थुसिननेमा सुनसरी इटहरीका लक्ष्मण बस्नेत, महेन्द्रनगर धनुषाका इश्वर श्रेष्ठ, गोंगबु काठमाडौंका राजकुमार गिरी, सिरहा सिकरौनका वियज साह, गोलबजारका विनोद यादव, महेन्द्रनगरका योगेन्द्र चन्द र उर्लाबारी मोरङका सुरेश राई छन्।
रामपाल महाराजको नियमित पाक्षिक सत्संग सुन्न गएका हजारौँ नेपालीमध्ये २४ जना पक्राउ परेका थिए। २७ कात्तिकमा रामपाल महाराजको सत्संग भइरहेका बेला हरियाणा चन्डीगढ प्रहरी र केन्द्रीय प्रहरी बलले धरपकड गरेको थियो।

श्रोत - ताजा खबर
काठमाडौं, २७ पुष । पृथ्वी नारायण शाह २९४ औँ स्मृति दिवस मनाइरहँदा राजनीतिको मुल प्रवाहमा उनी वहिष्कृत जस्तै बनेका छन् । आजको सिगों नेपाल बनाउन उनका जति कर्म र रणनीति नेपालमा अर्को वयक्तिले साहेदै गरेका बेला किन पृथ्वी नारायणलाई पनि अन्य राजाहरुका रुपमा हेरिन्छ ? यो प्रश्न आज जनजनको बनीसकेको छ ।
तत्कालीन समयमा विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिंगो नेपाल बनाउन नेतृत्व गरेका थिए । तत्कालीन विस्तारवादी अँग्रेज सामाज्यले समेत शाहको नेतृत्वमा रहेको नेपाललाई जित्न नसकेको इतिहास हाम्रा सामु घाम जत्तिकै छर्लगं रहेका बेला किन आज पृथ्वी सबैका साझा बन्न सकेनन् ? र आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मात्रै औपचारिक रुपमपा उनको सम्झनामा कार्यक्रम गर्दैछ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दिवस उपष्लयमा भव्य कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवसका रुपमा समेत आजको दिनलाई मनाउँदैछ । राप्रपा नेपालले आज राजधानीमा चिया पान कार्यक्रमको आयोजना गर्दैछ ।
विस १७७९ साल पुष २७ गते जन्मिएका शाहले विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिगों नेपाल निर्माण गर्ने अभियान नै चलाएका हुन् । तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । आज जनस्तरबाट पनि पृथ्वी जयन्ती मनाइदैछ ।

श्रोत - ताजा खबर
सुर्खेत, पुस २६ । सुर्खेतकी एक महिलाले ५ वर्षको छोरा र परदेशीएका श्रीमान्लाई छोडेर अर्कैसँग विबाह गरेकी छिन् । श्रीमान् मलेसीयाबाट पठाएको ३ लाख रुपैयाँ लिएर छोरालाई सुतीरहेको स्थानमा नै छोडेर अर्कैसँग फरार भएकी छिन् ।

सुर्खेत भेरीगंगा नगरपालिकाकी नन्दा बस्यालले मलेसीयामा कार्यरत श्रीमान् तिलक बहादुर सार्कीलाई धोका दिई सोही जिल्लाका रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले बताए ।
नन्दाले सहकारीबाट ऋण लिएको साडे ३ लाखको पनि दुरुपयोग गरेको बताए । उक्त घटनामा नन्दा दोषी रहेको भन्दै तिलकका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जनाएको छ ।

श्रोत - ताजा खबर
साहित्यकार झमक घिमिरेलाई लैनसिंह बाङ्देल पुरस्कारद्वारा सम्मानित गरिएको छ । लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकताले झमक घिमिरेको गृह जिल्ला धनकुटा आएर पुरस्कार प्रदान गरेको हो ।
अघिल्लो वर्ष भारतका भाषा विज्ञ साहित्यकार राजनारायण प्रधानलाई दिइएको यो पुरस्कार यसवर्ष साहित्यको तिर्थस्थल झमक घिमिरेलाई प्रदान गरिएको प्रतिष्ठानका मुख्य सचिव विकास कार्कीले जानकारी दिए ।
जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा पुनारावेदन अदालत धनकुटाका मुख्य न्यायधिस प्रकासकुमार ढुंगाना र प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानले लैनसिंह बाङ्देल पुरस्कार राशि १० हजार रुपैयाँसहित घिमिरेलाई सम्मान गरेका हुन् ।

श्रोत - ताजा खबर
काठमाडौं, २२ पुस । कसैले मिठो कुरा गरेर जवानीसँग खेल्न खोज्दैछ भने होसियार हुनुहोस् । आफन्त, परिचितको भर परेर तन मन सुम्पिएमा जीन्दगीभर पछुताउनुपर्ला ।
कास्कीको लेखनाथ नगरपालिका १८ भरतपोखरीकी २० वर्षीय एक युवती यतिखेर झुटो पिरतीको पछि लाग्दा तीन महिने शिशुसँगै घरन घाटकी बनेकी छन ।
पति वैदेशसिक रोजगारीमा पुगेको बेला छिमेकी युवाको रमाइलो कुराको पछि लागि जवानी सुम्पेकी उनी अहिले न्यायको लागि भौतारिँदै हिँड्नु परेको छ ।
पीडितका अनुसार भरतपोखरीकै २४ वर्षीय मदन लामिछानेले मायाँ गर्छु विवाह गर्छु भन्दै वाचा गरेर गर्भवती बनाएपनि बच्चा जन्मिएपनि अस्वीकार गरेपछि उनको बेला भएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

श्रोत - ताजा खबर
काठमाडौँ,२६ पुस । मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाडौंमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ । २७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ ।
सरकारबाट अहिलेसम्म ४५ हजार पाँच सय २७ रुपैयाँ मात्र पाएको घाइते उपचार समितिका सदस्यसचिव रवीन्द्र चौधरीले बताए ।
सरकारले घाइतेको उपचार खर्च व्यहोर्ने भए पनि अहिलेसम्म पैसा नदिएकाले मोर्चाले विभिन्न स्रोतबाट खर्च जुटाएको सद्भावना महामन्त्री मनीष सुमनले बताए ।
मोर्चाले व्यहोरेको ४४ लाख रुपैयाँको बिल सरकारले फस्र्योट गर्नुपर्ने मोर्चाले बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

श्रोत - ताजा खबर
गीत
सुर्य जस्तै चम्किलो भै सधैं तिमी हाँस्नु पर्छ टुटेका ति सम्बन्ध लाई भावनाले गाँस्नु पर्छ रोएकीछन् मातृभुमी रगतको आँसु बगाई तिम्रै बाटो हेर्छिन सधैं ति ओठमा हाँसो जगाई मन भित्रको इर्‍श्या सबै भाइचारले मास्नु पर्छ टुटेका ति सम्बन्ध लाई भावनाले गाँस्नु पर्छ तेरो मेरो भन्नु भन्दा हाम्रो भन्नु पर्छ अब एकाताले बिशै पनि साँच्चै अमृत बन्छ तव देश माथि जेलिएको ऐंजेरु त्यो नाँस्नु पर्छ टुटेका ति सम्बन्ध लाई भावनाले गाँस्नु पर्छ

**********************************************
गजल बिवस्ता र बाध्यताका हुरी बतास कति कति गर्नै पर्छ प्रयास संधै आफ्नो मनले सके जति|| एक पछी अर्को गर्दै थपिदैछन अभिभारा कैले काहीं सोच्ने गर्छु लाग्छ यहाँ साँच्चै अति || यै बोलिले कैले काहीं आफ्नै पराई हुने रैछन् बिश्वासको पर्खाल नाघी छोड्न हुन्न कैले मति|| दु:ख कष्ट अंगालेर प्रयासमाछु अगी बढ्ने कहिले छोड्ने छैन रैछ समयले आफ्नो गति|| खुशी लाग्छ प्रिय बनी सबको काम आउन सक्दा गन्तब्यलाइ पछ्याई हिडे पक्कै हुन्न हाम्रो खति||

सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरायल