फोटो RNN

मलेसिया : मलेसियामा अवौधानिकरुपमा काम गरिरहेका अप्रावासी कामदारलाई मलेसिया सरकारले डिसेम्वर ३१ सम्ममा स्वदेश फर्कन समयसिमा तोकेको छ । 
यसै वर्षको जनवरीबाट ‘स्वेच्छिक घर फिर्ती कार्यक्रम’ ल्याएको मलेसिया सरकारले डिसेम्वर ३१ सम्मको समय सिमा तोकेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 
विनाकागजात मलेसियामा काम गरिरहेका नेपालीलाई दूतावासले डिसेम्वर ३१ सम्म घर फर्किन आग्रह समेत गरेको छ । 
हालसम्म हजारौँ अवौधानिक नेपाली नेपाल फर्किसकेका दूतावास स्रोतले जनाएको छ । 
नेपाली दूतावास मलेसियाका अनुसार अवौधानिक रुपमा काम गरिरहेका नेपालीलाई घर फर्किन एकतर्फी यात्राअनुमतिपत्र दिइएको छ । 
यात्रा अनुमतिपत्र लिएका नेपालीले यहाँको अध्यागमनमा गएर आत्मसर्मपण गरी तोकिएको जरिवाना तिरेर नेपाल फर्किन सक्नेछन् । 
२०१३ जुलाईदेखि हालसम्म करिब ५६ हजार यात्रा अनुमतिपत्र वितरण गरिएको दूतावास श्रोतले जनाएको छ । 
सो यात्रा अनुमति पत्रको एक सय ६० रिंगेट शुल्क श्रमिकले बुझाउनु पर्ने हुन्छ । मलेसियामा रहेका अवौधानिक नेपाली कामदारलाई तोकिएको समयसीमाभित्र नेपाल फर्किन नेपाली दूतावासले गरेको आग्रहपछि यात्रा अनुमति पत्र लिन दूतावास पुग्नेको संख्या बढेको छ । 
मलेसियाबाट घर फर्कन चाहने अवौधानिक नेपालीलाई दूतावासले यात्राअनुमति पत्रमात्र दिने हँुदा समस्यामा पर्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।
यहाँको अध्यागमनसम्म पुग्न समस्या भएकाले अवौधानिक नेपाली श्रमिक दलालसँग पुग्दा घर फर्किन एक हजार आठदेखि तीन हजार रिंगेटसम्म तिर्न बाध्य भएका छन् । 
मलेसियाको राजधानी क्वालालम्पुरमा रहेका नेपाली रेष्टुरेन्टमा घर फर्किन लागेका नेपालीको संख्या बाक्लिएको गैर आवसीय नेपाली संघ मलेसियाका अध्यक्ष्य महेन्द्रजंग शाह बताउँछन् । 
‘दलालको जगजगी यसरी बडेको छ कि दूतावास परिसरमै झोला बोकेर विहान पुगे दलालले तान्न आउँछन्’, शाहले अन्नपूर्णसँग भने । 
नेपाली श्रमिकलाई घर फर्काउन दूतावासले यहाँको एक कम्पनीसँग गरेको सम्झौता खारेज गरेपछि नेपाली श्रमिक थप समस्यामा परेका छन् । 
नेपाली श्रमिकलाई न्यूनतम शुल्कमा घर फर्काउन आग्रह गर्दै गैरआवासीय नेपाली संघले दूतावासमा गरेको प्रस्ताव अस्विकृत भएको थियो । अध्यक्ष शाहले भने, ‘अवौधानीक नेपालीलाई घर फर्किन सहज बनाउनुको विकल्प छैन ।’

श्रोत - अन्नपुर्ण पोष्ट
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: