]अर्घाखाँची: उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझिले अंग्रेजसँग नझुकेका नेपाली जनता भारतसँग नझुक्ने बताएका छन् । उनले संघीयताको बारेमा प्रस्ट पार्न नसक्दा सीमांकनमा समस्या उत्पन्न भएको बताए ।
 अर्घाखाँचीको सन्धिखर्कमा आज भएको संविधानको राष्ट्रव्यापी प्रचार कार्यक्रमलाई संबोधन गर्दै एमाओबादीका नेता समेत रहेका रायमाझीले जलस्रोतको धनी देश नेपाललाई लोडसेडिङमुक्त देस बनाउन उर्जामा लगानीमैत्री वातावरण सृजना गर्ने बताए ।
उनले देस तथा विदेसका लगानीकर्ता खोजेर जलविद्युत्को उत्पादन गर्ने काम प्राथमिकताका साथ अगाडि बढाउने र उर्जामा लगानीमैत्री वातावरण सृजना गर्ने बताए । उनले नेपालको संविधान देसका सबै बर्ग र जाति विशेषलाई समेटेर बनाएकाले विश्वकै उत्कृष्ठ भएको दावी गरे ।
 तराईका आन्दोलनकारी नेतासँग छलफल भैरहेकाले छिटै समस्या समाधान हुने दाबी गर्दै भारतले गरेको नाकाबन्दीलाईसरकारले गम्भिर रूपमा लिएको र भारतसँग सत्रुकोजस्तो व्यवहार नभई कुटनीतिक तरिकाले समस्याको हल गर्न सरकार लागि परेको उनले बताए । 
 सभासद डा. दुमन सिंह थापाले देसमा अब आर्थिक क्रान्ती गर्नु पर्ने र जस्का लागि कृष उत्पादनलाई जोड दिनु पर्ने बताए ।

श्रोत - प्रेम आचार्य, अन्नपूर्ण पोष्ट
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: