हामी विहान बनाएको खाना बेलुका अथवा बेलुका पकाएर बाँकी भएको खाना विहान तताएर खान्छौं र हिजोआज त ग्यासको हाहाकार छ बजारमा । लोड्सेडिङ् बढ्दो छ । त्यसैले पनि मौका छोपेर खाना बनाउँनु पर्ने र भोकका बेला तताएर खानु पर्ने बाध्यता छ । तर, केहि खानेकुहरु यस्ता हुन्छन् जसलाई तताएर खाँदा बिष बराबर हुन्छन् । आज हामी तताएर खान नहुने ७ कुराका बारेमा चर्चा गरौ।
१. पालक :
पालकमा नाइट्रेट नामक तत्व हुन्छ । जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ । त्यसैले पालक तताएर खान हुँदैन ।
२. सलगम :
यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर, यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने संभावना हुन्छ ।
३. अण्डा  :
अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि ततोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने संभावना अधिक रहन्छ ।
४. मसरुम (च्याउ) :
मसरुम(च्याउ) लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ ।
५. चिकेन :
मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउछन् तर, यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ ।
६. आलु :
आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ । किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।
श्रोत - ताजा खबर
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: