काठमाडौँ, २१ पुस । एमाओवादी अध्यक्ष प्रचण्डले तराई मधेस आन्दोलनका नाममा मुलुकलाई पूर्वी पाकिस्तान र सिरिया बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
मुलुक विभाजन गराउन खोज्नेहरुप्रति सतर्क रहन मधेसमा केन्द्रित आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डले बैंकक जानु दुई दिनअघि सोमबार मधेसमा गएर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रचण्ड सभामुख ओनसरी घर्तीका साथ बुधबार बैंकक जाँदैछन् ।
जन्डिस रोगको उपचार गराइरहेका एमाओवादी सचिव वर्षामान पुनको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड बैंकक जान लागेका हुन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

श्रोत - ताजा खबर
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: