अर्घाखाँची : उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले डा. बाबुराम भटराईले राष्ट्र, जनता, पार्टी र आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । 

देश र जनताका नेता भनिएका नेता भटराईले एमाओवादी छाडेर गम्भीर भुल गरेको बताउँदै रायमाझीले पाटी छाडेर जाने नेताले ठूलो दल नबनेको पनि दाबी गरे ।

उनले शेरबहादुर देउवा र बामदेब गौतमले पार्टी फेरेर फेरि पुरानै पार्टीमा फर्किएको उदाहरण दिँदै भटराईको नयाँशक्ति पनि बैद्य र बिप्लपहरुको जस्तै हुने टिप्पणी गरे ।
उनले सबैभन्दा ठुलो धोका सबैभन्दा बढी भोट दिएर जिताएका गोरखा मतदातालाई भट्टराईले दिएको र उनैका कारण त्यो क्षेत्र जनप्रतिनिधिबिहीन भएको पनि बताए । 

पार्टी अध्यक्ष प्रचण्डले सरकारबाट फिर्ता बोलाउन सक्छाँै भन्नु स्वभाविक भएकाले पार्टीको नियमानुसार राम्रो काम गर्न नसके सरकारबाट जान सकिने उनको भनाइ थियो ।

श्रोत - अन्नपूर्ण पोष्ट
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: