गजल एक जानकारी
- कृष्ण प्यासी
www.krishnapyasi.com बाट।

मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर्छ। आफुले जाने जति यो लेखमा उतार्ने प्रयास गरेकोछु। सक्दो पुस्तकहरु अनि अग्रज दाजु-दिदीहरु संग बसेर गजलका बारेमा छलफल बाटै यति जानकारी पाएको हुँ। तपाइलाई गजलको बारेमा थाहा छ र मलाई केहि लेख्न मन लागेमा मेरो कमेन्ट बक्स तपाई हरुको प्रतिक्रियाको लागि हुनेछ। खैर लामो कुरा गर्दिन। यो गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत: नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। 
सर्बप्रथम-
  • गजल के हो?
- यहाँ गजलको आक्षरिक अर्थ दिंदा

"ग"+"ज"+"अल"= "गजल" भएको हुन्छ.

ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग) भन्ने हुन्छ।


अतः समग्रमा "गजल"को शाब्दिक अर्थ "नारी संग गरिने वार्तालाप वा कुराकानी नै गजल हो।" अथवा "प्रेमिका संगको प्रणयता वार्ता" भन्ने पनि बुझिन्छ।

म गजलका तत्वहरुको बारेमा जानकारी दिन लागी रहेकोछु.गजल लेख्दा के के कुराहरुमा ध्यान दिनु पर्छ? काँहा? कसरी? प्रयोग र अनुप्रयोग गर्नु पर्छ? भन्ने बारेमा लेख्दैछु। यो तलको गजल पढ्नुहोस्-

गजल

हिजो-आज ठुले संग, सल्क्या छौ रे भन्ने सुन्छु
उसै संग दिन-रात, पल्क्या छौ रे भन्ने सुन्छु।

मन रैछ उस्को लागी, किन झुटो प्रेम गर्यौ?
रातै भरि उस्को निम्ति, टल्क्या छौ रे भन्ने सुन्छु।

मन मुटु गांस्या थिंए, धोका दियौ आज तिम्ले,
मलाई बिर्सी उसै सित, छ्ल्क्या छौ रे भन्ने सुन्छु।

किन यस्तो भयो सानु, चटक्क नै माया मार्यौ,
सबै त्यागी उतै तिर, ढल्क्या छौ रे भन्ने सुन्छु।

यस्तै रै'छ साँचो प्रेम, माईमा गई कसम खा'को,
राम्रो छैन प्यासी भन्दै, झल्क्या छौ रे भन्ने सुन्छु।
-कृष्ण प्यासी




यहाँ माथिको गजल पढी सकेपछी बुझ्नु पर्ने कुरा के के हुन् त? भने हामीले सिधै हेर्दा १० हरफहरु छन्। ति १० हरफलाई गजलको भाषामा"मिसरा" वा "मिस्रा" भनिन्छ. अत: यहाँ १० मिसरा वा मिश्रा छन्। माथिको गजलमा रहेका २ मिसराहरुलाई "सेर" भनिन्छन।अथवा २ वटा मिसराको संयोजनबाट एउटा सेरको निर्माण हुन्छ। त्यसैले यहाँ पुरा ५ सेरहरु छन्, भन्दा फरक नपर्ला। त्यस्तै माथिकै गजलमा प्रथम सेरको प्रथम मिसरालाई "मिसरा ए-उला" भनिन्छ र दोस्रो सेरलाई"मिसरा ए-सानी" भनिन्छ। माथिको गजलको पहिलो सेरलाई "मतला" भनिन्छ। गजलमा मुख्य २ तत्व हुन्छन। ति हुन् "रदिफ" र "काफिया"। माथि एक पटक गजलमा नजर घुमाउनु होस् त रातो मसीले लेखिएको जुन शब्द हरु क्रमश: सल्क्यापल्क्याटल्क्या,छल्क्याढल्क्याझल्क्या, छन् ति सबै "काफिया" हुन्। त्यस्तै गरेर निलो मसिले लेखिएको छौ रे भन्ने सुन्छु। चाँही "रदिफ" हो। यहाँ बुझ्नु पर्ने कुरा जहिले पनि "काफिया" रदिफ भन्दा पूर्ववर्ती हुन्छ। काफिया पछी आउने रदिफ हो।
बिषेशत: काफिया २ प्रकारका हुन्छन। ति हुन् -

१. पूर्ण काफिया र
२. आंशिक काफिया ।
यहाँ पूर्ण काफिया को बनावट यस्तो हुन्छ- गर्छु, मर्छु, तर्छु, झर्छु। भने
आंशिक काफियाको बनावट यस्तो हुन्छ- गरेर, भनेर जलेर इत्यादि...

अन्य काफिया पनि प्रचलितमा छन् ति हुन्-

क. एकाक्षरिय, र
ख.हम-काफिया।


क.
यहाँ एकाक्षरिय काफिया भन्नाले आंशिक काफिया जस्तै-जस्तै नै हो। जस्तै:- भुलेर, खाएर,पिएर,तरेर लुकेर इत्यादि.....

ख. हम-काफिया भन्नाले जबर्जस्ति बनाइएको हुन्छ। तर रेडियोमा गाइएको गजल सुन्नु भएकोछ भने यो काफिया बढी प्रयोग हुने गरिएको हुन्छ। जस्तै:- गर्छु, हिंड्छु, बर्सन्छु, फुल्छु इत्यादी.....

अब अर्को कुरा गजलको अन्तिमको सेरलाई "मक्ता" भनिन्छ। यसको शाब्दिक अर्थ समाप्त हो भने गजलको अन्तिममा लेखकले आफ्नो नाम प्रयोग गर्छ भने त्यो नामलाई "तखल्लुस"भनिन्छ। माथिको गजलमा प्यासी तखल्लुस हो। समग्रमा भन्नु पर्दा समध्वनी र समक्षर भएको भएको नै पूर्ण र सबल गजल हुन्छ। परम्परागत रुपले जाने हो भने ४+४+४+४= १६ हुनु पर्छ। भन्नु को तात्पर्य यो गण र बहर भित्र को बिषय हो। अबश्य अर्को बसाईमा लेख्नेछु।

तपाईहरुलाई गजलमा "बहर", "गण", को बारेमा पनि जान्ने इच्छा होला। म आगामी लेखहरुमा थप्दै जानेछु। अत: तपाई आफै प्रयास गर्नुहोस् गर्नु पर्ने सहयोग म गर्नेछु। प्रयोग गरिहेर्नु होस्। तपाई लाई यो बिषय कस्तो लाग्यो? लेख्न नभुल्नु होला। धन्यबाद!
लेखन यात्रा को कामना.....
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: