काठमाडौँ– साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र बङ्गलादेशबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो पल्ट अनिल गुरुङको कप्तानीमा मैदानमा उत्रिएको नेपाल बङ्गलादेशसँग १–० शून्यले पराजित भयो । यसअघि सागर थापा कप्तान रहेकोमा उनीसहितका ५ जना म्याच फिक्सिङ प्रकरणमा प्रतिबन्धमा परेपछि अनिलले कप्तानी सम्हाल्दै पहिलो पटक अन्त्राष्ट्रिय खेलमा सहभागिता जनाएको हो ।
बङ्गलादेशका लागि १८ आँै मिनेटमा सखावत रोनीले गरेको गोल नै निर्णायक बन्यो । मध्यान्तरअघिसम्म १ गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा राम्रो खेल प्रदर्शन गरे पनि बङ्गलादेशको रक्षापङ्क्तिलाई पार गर्न सफल भएनन् ।
बिहिबारको मैत्रीपूर्ण खेलपछि साफ च्याम्पियनसिप खेल्न नेपाली टोली बङ्गलादेशबाटै भारतको केरला जानेछ । केरलामा यही पुस ८ गतेदेखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो दिन नै श्रीलङ्काविरुद्ध तथा समूह चरणको दोस्रो खेल पुस १२ गते भारतविरुद्ध खेल्नेछ । बङ्गलादेशको समूहमा भने अफगानिस्तान, माल्दिभ्स र भुटान छन् ।
साफ न्याम्पियनसिपको सबै संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म पूर्वप्रशिक्षक ग्रहाम रोबर्ट र ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा सेमिफाइनलसम्मको यात्रा गरेको छ । नयाँ प्रशिक्षक प्याट्रिक ओजेम्स र नयाँ कप्तान अनिलको नेतृत्वमा रहेको नेपालमा जगजित श्रेष्ठ, विमल घर्ती मगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, नवीन लामा, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ, रञ्जित धिमाल, रवीन श्रेष्ठ, जीतेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी छन् ।
नियमित कप्तान सागर थापा र उपकप्तान सन्दीप राई म्याच फिक्सिङमा संलग्न भएको पाइएपछि आजीवन प्रतिबन्धमा छन् । त्यसैले अनिलले राष्ट्रिय टोलीको नयाँ कप्तान बन्ने अवसर पाएका हुन् ।
यस्तै नवीन र गोलकिपर अमृत पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । अहिलसम्म नेपाल र बङ्गलादेशबीच भएको १७ खेलमा नेपालले छ खेलमा जित, एक बराबरी र १० खेलमा हार बेहोरेको छ ।

श्रोत - रातोपाटी
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: