दाङ– दाङको तुलसीपुरमा बुहारीले ससुरालाई दागबत्ति दिएकी छन् ।
महिलाले मरेपछि शव पनि छुनुहुदैन र मलामी बनेर घाट पनि जानुहुदैन् भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर नगरपालीका १९ निबासी बुहारी शावित्रा ढकालले स्वर्गीय ससुरा शेषमणी पण्डितलाई वैदिक परमपरा अनुसार शुक्रबार बबई नदीको उरहरी घाटमा दागवत्ति दिएकी हुन् ।
विहिबार साँझ ६५ बर्षको उमेरमा निधन भएका ससुरालाई दागबत्ति दिएकी बुहारी शावित्रा, सुक्रबार देखि नै कोराबारेर छोरा जस्तै क्रिया समेत बसेकि छन् ।
शावित्राका श्रीमान् असोक पण्डित हाल रोजगारीका सिलशीलामा मलेसियामा छन् । विगत ५ बर्ष देखि रोगले थलिएका ससुराको स्याहारसुसार गर्दै आएकी शावीत्राले समाजमा जरो गाडेर रहेको कुरिती कुसंस्कारलाई चिर्नका लागि दागबत्ति दिएर क्रिया बसेको भन्दै व्यवहारमा कार्यान्वयन गर्न चुनौतिपुर्ण पनि रहेको प्रतिकृया दिएकी छन् ।
समाजमा आफुलाई देखेर कतिपय मानिसहरु मुखामुख गरेर कानेखुसी गर्ने गरेको भन्दै छोरासरह बुहारीले पनि काम गर्न सक्छन् भन्ने सन्देश आफुले दिन सकेकोमा गर्व लागेको बताइन् ।
बुहारीले सयौंमालीका विचमा ससुरालाई दागवत्ति दिएर क्रिया बसेको दाङमा यो पहिलो पटक हो ।
एक मात्र छोराका बाबु शेषमणीकी श्रीमतीको ५ बर्ष अघि निधन भईसकेको थियो । महिलामा चेताको वृद्धि संगै दाङमा पछिल्लो समय फाट्फुट् रुपमा एकआध ठाउँमा महिलाहरु मलामसमेत जान थालेका छन् ।

श्रोत - रातोपाटी
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: