एजेन्सी । अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।
हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।
घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरण को अनलाईनले समाचार प्रकाशित गरेको छ ।
समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो । सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले परपुरुषसँग यौनसम्बन्ध राख्न बाध्य पारेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । पीडित सीताको आरोप छ- श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई)की गर्लफ्रेण्ड निशासँग साटेर यौनसम्बन्ध बनाउन बाध्य पारे ।
पीडित महिला सीताले हरि आफ्ना पति हरि र उनका फूपूका छोरा अमरविरुद्ध बलात्कार, अप्राकृतिक यौनसम्बन्ध, कुटपीट, मार्ने धम्की तथा दाइजो नल्याएको निहुँमा यातना दिएको आरोपमा मुद्दा दर्ता गराएकी छिन् ।
सुरुमा सीतालाई हरिले फूपाजूको घर लगेका थिए । त्यहाँ रातको समयमा लगातार हरिले सीतालाई फूपाजूका छोरा अमरसँग विस्तरामा सुत्न बाध्य पारे । हरि पनि अमरकै गर्लफ्रेण्ड निशासँग त्यही कोठामा सुत्थे । र दुबै जोडी सँगै यौनसम्पर्क राख्थे । जब सीता यो हर्कतको विरोध गर्थिन् तब उनलाई छाडिदिने धम्की हरिले दिन्थे । साथै श्रीमान र फूपाजूका छोरा मिलेर सामूहिक रुपमा आप्राकृतिक यौन सम्बन्ध पनि राख्थे । दिल्लीमा यो क्रम धेरै दिन चल्यो । त्यसको केही दिनपछि सीता श्रीमान हरिसँगै कानपुर आइन् ।
महिना दिनपछि अमर र निशा पनि त्यहाँ आईपुगे । त्यहाँ पनि दिल्ली जस्तै श्रीमती, गर्लफ्रेण्ड साटेर मस्ती गर्न थाले । सीता भन्छिन्– मलाई फूपूका छोरा अमरसँग कोठामा पठाउथे । मलाई रातभरी सुत्न नदिएर अमर यातना दिँदै कठोर यौनसम्बन्ध राख्थे । मेरा श्रीमान निशासँग रातभरी अर्काे कोठामा बिताउथे । यो सम्बन्धमा निशा राजी थिइन् तर मेरो बाध्यता थियो ।
यो क्रम एक हप्ताभरी चल्यो त्यसपछि सीताको धैर्यताको बाँध टुट्यो । यो घटनाबारे उनले पुलिसलाई जानकारी गराइन् । हरि र अमरविरुद्ध बलात्कार, अप्राकृतिक यौनसम्बन्ध लगायत अन्य गम्भीर आरोपमा मुद्दा दर्ता गराइन् । पीडित सीतालाई प्रहरीले मेडिकल परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।
प्रहरी अनुसन्धान अनुसार आरोपी सीताका कथित श्रीमान हरि जाजमउका ठूला व्यापारी हुन् । उनले सीतासँग विदेशमा पढ्ने र ठूलो व्यापारी भनेर प्रेम विवाह गरेका थिए । सीताले १० वर्ष पहिला धर्म परिवर्नत गरेर हरिसँग विवाह गरेकी थिईन् ।

श्रोत - दैनिक नेपाल
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: