मुम्बई । आइतबारदेखि ५० औं वर्षमा लागेका बलिउड अभिनेता सलमान खानको जीवनकै ठूलो रहस्य खुलासा भएको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको जीवनकी पहिलो प्रेमिकाबारेको रहस्य खुलेको हो । उसो त अहिलेसम्म सलमानको जिन्दगीमा पाँच युवती आएका छन् । ती मध्ये चार जनाले दुनियाँ हल्लाए तर पाँचौंलाई सायद कसैले चिन्दैन् । यद्यपी जब सलमान मुम्बईको सेन्ट जेवियर केलजमा पढ्थे । तब उनको जीवनमा एक युवती शाहिन जाफरी आएकी थिईन् । उनी नै सलमानको पहिलो प्रेमिका थिईन् ।
शाहिन अभिनेता अशोक कुमारकी नातिनी हुन् । अशोक कुमारकी छोरी भारतीले अभिनेता सईद जाफरीका भाई हामिदसँग विहे गरेकी थिईन् । जसका दुई छोरी थिए जेनिव र शाहिन् । शाहिन एक प्राफेसनल मोडल थिईन् र सलमानकी पहिलो प्रेमिका । यो कुरा शाहिनकी भतिजी कायरले एक अन्तर्वार्तामार्फत खुलासा गरेकी हुन् । सलमान र शाहिन लामो समयसम्म एकसाथ बसेका थिए । त्यसपछि सलमानको जिन्दगीमा अभिनेत्री संगीता विजलानी आईन् ।
संगीता आएपछि शाहिनसँग सलमानको सम्बन्ध टुट्यो । शाहिन एक एयरलाइन्समा जागिर गर्न थालिन् । उसो त सलमान प्रेमसम्बन्धको ममलामा संगीता विजलानीसँग मात्रै सिमित भएनन् । संगीतापछि सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफ र जरिन खानसँग पनि उनको सम्बन्ध रह्यो । सलमान अहिले रोमानियाकी टिभी स्टार लूलिया वन्तुरको प्रेममा छन् । (एजेन्सीको सहयोगमा)

श्रोत - दैनिक नेपाल
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: