कफी पिउँदा जिउ नै फ्रेस हुन्छ र फुर्ति बढ्दछ । कफीमा जिउलाई फ्रेस बनाउने मात्र होइन यसले मानिसको यौनक्षमता पनि बढाउने देखिएको छ ।
शोधकर्ताहरुका अनुसार दिनमा दुइकप सम्म कफी पिउने पुरुषहरु उत्तेजना सम्बन्धि समस्या कम हुने देखिएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरुका अनुसार कफीमा हुने क्याफाइन तत्वले पुरुष यौनांगका रक्तधमनीहरुलाई खुल्ला बनाउन सहयोग गर्छ जसका कारण लिंगमा बढि रक्तप्रवाह हुन्छ ।
तथ्यांक अनुसार एक ठूलो कप कफीमा १ सय मिलिग्राम देखि डेढ सय मिलिग्राम सम्म क्याफाइन तत्व हुन्छ । जबकी एक कप चियामा ७५ मिलीग्राम क्याफाइन हुन्छ ।
शोधकर्ताहरुका अनुसार दिनमा ८५ देखि १७० मिलिग्राम सम्म क्याफाइन सेवन गर्ने मानिसमा यौनचाहना नहुने र उत्तेजनामा नहुने समस्या जसलाई इरेक्टाइल डिस्फंसन भनिन्छ, त्यस्तो जोखिम कफी नपिउने मानिसमा भन्दा ४२ प्रतिशतले कम हुन्छ । एक दिनमा १७१ देखि ३०३ मिलिग्रामसम्म कफी पिउने पुरुषमा यस्तो समस्या ३० प्रतिशतले घटेको पाइयो ।
बढि वजन भएका, मोटोपनाबाट ग्रसित तथा उच्च रक्तचापको समस्याका कारण उत्तेजना नहुने वा कम हुने समस्याबाट ग्रसित भएका पुरुषहरुमा समेत कफीले यौन उत्तेजना र चाहनामा वृद्धि गर्दछ । मधुमेह भएका मानिसहरुमा भने कफीले यौन क्षमता बढाउन सहयोग नगर्ने अध्ययनले देखाएको छ ।
४ हजार जना पुरुषमा गरिएको अध्ययनका क्रममा शोधकर्ताहरुले २४ घण्टामा पिउने कफी, चिया, चिसो पेय पदार्थका साथै स्पोर्ट ड्रिंक्सको प्रभावका विषयमा विश्लेषण गरिएको थियो ।
शोधकर्ताहरुका अनुसार कफीले मानिसमा हृदयाघातको जोखिम पनि कम गर्छ र टाइप टू मधुमेहका साथै छालाका क्यान्सरबाट बचावटका लागि समेत सहयोग गर्दछ ।

श्रोत - अनलाईन खबर
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: