युएई
१० पुस शुक्रवार ।
नेपाल पत्रकार महासंघ युएईले आफ्नो ८ औँ वार्षिकोत्सको अवसरमा युएईमा कृयाशिल एक संचारकर्मीलाई एफएनजे अवार्ड - २०१५ प्रदान गरेको छ ।

स्वदेशमा लामो समय पत्रकारिता गरेर रोजगारीको शिलशिलामा २ वर्ष अघि युएई आएका मोरङका रामकुमार परियारलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
युएईको दुबईमा बिहिवार आयोजित पत्रकार महासंघ युएईको ८ औँ वार्षिकोत्सवमा कार्यक्रमका सभापति एवं महासंघका कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला प्रमुख अतिथी महासंघका केन्द्रिय प्रतिनिधि भुपराज बस्याल र विशेष अतिथिद्वय महासंघका केन्द्रिय प्रतिनिधि एकेन्द्र थापा र एनआरएन युएईका अध्यक्ष सुदिप कार्किले ले उक्त अवार्ड प्रदान गरेका हुन ।
महासंघले युएईमा रहि कलम चलाउने सक्रिय पत्रकारहरुको कृयाशिलतालाई मुल्यांकन गर्दै वर्षेनि एकजना पत्रकारलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
दुबईको सिन्धपन्जाब रेस्टुरेन्टको कार्यक्रमहलमा आयोजित वार्षिकोत्सवमा युएईमा कार्यरत संचारकर्मी र संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्तिथि रहेको थियो ।
अवार्ड ग्रहण पश्चात् बोल्दै परियारले प्रवाशमा पत्रकारितालाई संगसंगै लैजानु चुनौतीपूर्ण भएको बताउँदै सहकर्मी , स्थानीय सामाजिक संघसंस्था र सम्पुर्ण नेपाली समुदायको सहयोगवाट कलम चलाउन उत्साह मिलेको बताए । उनले आफ्नो योगदानलाई मुल्यांकन गर्दै पुरस्कृत गरेकोमा नेपाल पत्रकार महासंघ युएईप्रती आभार व्यक्त गरे ।
स्वदेशमा करिब ७ वर्ष सक्रिय पत्रकारिता गरेर रोजगारीको शिलशिलामा दुई वर्ष अघि युएई आएका परियार युएईको पत्रकारितामा निक्कै सकृय छन् ।
महासंघको नेपाली संघसंस्थासंग अन्तरक्रिया
त्यसैगरी सोही कार्यक्रमको दोस्रो चरणमा युएईमा कृयाशिल नेपाली संघसंस्थाका प्रमुखहरुसंग "युएईको पत्रकारिता र संघसंस्थाको भुमिका" विषयमा अन्तरक्रिया भएको थियो ।
गैह्रआवसिय नेपाली संघ , आदिवासी जनजाती महासंघ , बिजनेस काउन्सिल , विभिन्न दलका प्रवाश संगठन , जिल्लागत रूपमा स्थापित सम्पर्क समितीहरु , यहाँ स्थापित व्यवसायीहरु एवं सरोकारवालाहरुसंग युएईमा पत्रकारिताको अवस्था , महासंघसंग राखिएको अपेक्षा , कमिकमजोरी , आगामी दिनमा खेल्नुपर्ने भुमिका जस्ता विषयमा दोहोरो छलफल भयो ।
संघसंस्थाका प्रतिनिधिहरुले युएईको पत्रकारिता निश्पक्ष र न्यायिक रहेको बताउँदै प्रशंसा गरेका थिए । केही संघसंस्थाका प्रतिनिधिले भने अझै पनि यहाँको पत्रकारिताले सबै नेपाली संघसंस्थाहरुलाई सम्बोधन गर्न नसकेको बताउँदै भोलिका दिनमा सबैलाई समेटेर जान सुझाएका थिए । कार्यक्रममा संघसंस्थाका प्रतिनिधिबाट आएका जिज्ञासा हरुलाई महासंघका केन्द्रिय प्रतिनिधिहरु भुपराज बस्याल , एकेन्द्र थापा , कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला र सचीव लक्ष्मण खनालले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा पत्रकार महासंघका केन्द्रिय प्रतिनिधिद्वय भुपराज बस्याल र एकेन्द्र थापा थिए भने सभापति महासंघका कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला रहेका थिए । त्यसैगरी महासंघ युएईका कोषाध्यक्ष मेघराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सचिव लक्ष्मण खनालले संचालन गरेका थिए ।
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

1 comments:

  1. समचार प्रकाशनका निम्ति आभारी छु ।

    ReplyDelete