जेष्ठ ३, २०७३- तस्बिरहरु : रोयटर्स
आजसम्मको सबभन्दा ठूलो पानीजहाज ‘हार्मोनी अफ दि सिज’ले आफ्नो पहिलो यात्रा सुरु गरेको छ । करिब १ बिलियन युरोको खर्चमा निर्माण गरिएको यो जहाजले फ्रान्सको सेन्ट नजारीबाट आइतबार पहिलो यात्रा सुरु गरेको हो ।
करिब दुई वर्षको समयमा निर्माण गरिएको यो १६ तले जहाजलाई बिदा गर्न समुद्री किनारमा हजाराैं मानिसहरु जम्मा भएको बताइएको छ । ३ सय ६२ मिटर लम्बाई र ६६ मिटर चौडाइ भएको यो जहाजले एकपटकमा ६ हजार ३ सय ६० यात्री र २ हजार १ सय चालक दलका सदस्य गरी ८ हजार ४ सय जनालाई बोक्न सक्छ ।

फ्रान्सबाट बेलायतको साउथ हेम्टनका लागि हिँडेको यो जहाज मे २२ मा स्पेनको बार्सिलोना बन्दरगाहमा पुग्ने बताइएको छ ।

श्रोत - कान्तिपुर समाचार
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: