जेष्ठ ३, २०७३- श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका लागि स्मार्ट कार्ड लागु गर्ने तयारी थालेको छ । स्मार्ट कार्ड लागू भएपछि बैदेशिक रोजगारीमा जाने कामदारको पासपोर्टमा श्रम विभागले स्टिकर टास्ने परम्पराको अन्त्य हुनेछ ।
यसअघिका श्रम मन्त्री टेकबहादुर गुरुङले स्मार्ट कार्डको प्रयोग गर्नेबारे नीतिगत काम थालेको थिए । त्यसैलाई निरन्तरता दिदै मन्त्रालयले स्मार्ट कार्ड प्रयोग गर्ने तयारी थालेको हो ।
मन्त्रालयका सह प्रवक्ता शिवराम सेढाईंका अनुसार स्मार्ट कार्डको अवधारणालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ । उनका अनुसार श्रम मन्त्री दीपक बोहोराले यसलाई मन्त्रालयको सय दिने कार्यसूचीमै राखेका थिए ।
मन्त्रालयका सह–सचिव गोविन्द भुर्तेलको संयोजकत्वमा बनेको समितिले कार्ड कस्तो बनाउने ? कसरी लागु गर्ने र त्यसका विधीहरु के के हुनसक्छन भन्नेबारे विस्तृत प्रतिवेदन तयार पारेर बुझाइसकेको छ ।
सहप्रवक्ता सेढाईं भन्छन, ‘कार्ड प्रयोग भएपछि वैदेशिक रोजगारीका वेथितिरुमात्रै हटदैनन् । वैदेशिक रोजगारीमा जाने कामदारबारे सरकारसँग आधिकारिक तथ्यांक पनि रहन्छ ।’
श्रोत - कान्तिपुर समाचार
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: