घिउकुमारी एक गुणकारी औषधि हो । यसको सेवनबाट वायुजनित रोग तथा पेटको रोगबाट आराम मिल्छ । यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचनप्रक्रियामा गुणकारी मानिन्छ ।
औषधिको दुनियामा यसलाइ सन्जीवनी पनि भनिन्छ । यसलाई साइलेन्ट हिलर या चमत्कारी औषधि पनि भनिन्छ । यसको २०० भन्दा बढी प्रजाति हुन्छ । तीमध्ये ५ प्रजाति मात्र स्वास्थ्यका लागि लाभकारी हुन्छ । रामायण, बाइबल तथा बेदमा पनि घिउकुमारीको पनि चर्चा गरिएको पाइन्छ ।
– घिउकुमारीमा १८ खनिज, १५ एमिनो एसिड र १२ भिटामिन पाइन्छ, जसले रगतको कमीलाई पूर्ति गर्छ र रोगप्रतिरोधक क्षमता बढाउछ ।
– घिउकुमारीको पातको रसलाई ३ देखि ४ चम्चा रस बिहान खाली पेटमा खानाले दिनभर शरीर फुर्तिलो रहन्छ ।
– घिउकुमारीको जुस पिउनाले कब्जियतको बिरामी हट्छ ।
– यसले सुगर नियन्त्रण गर्छ ।
– घिउकुमारीको जुस मेहन्दीमा मिसाएर लगाउनाले कपाल चम्किलो र स्वस्थ हुन्छ ।
– यसबाट पायल्स, मधुमेह तथा गर्भाशयको रोग एवम पेटको विकार भगाउछ ।
– छालाको समस्या, खस्रो छाला, घामबाट डढेको छाला, चाउरिएको छाला, दाग एवम् आँखाको कालो घेरा हटाउछ ।
– घिउकुमारीको जुसले लामखुट्टेको टोकाईबाट हुने संक्रमणलाई कम गर्न सकिन्छ ।
– रगतलाई शुद्ध बनाउछ, जसबाट हेमोग्लोबिनको कमी पनि पूरा गर्छ ।
– शरीरमा व्हाइटब्लडको संख्या बढाउछ ।
– घिउकुमारीको जुसले छालालाई नरम बनाउछ, जसबाट छाला स्वस्थ बनाउछ ।
– नियमित सेवनले शरीरको जोर्नी दुखाई कम गर्छ ।
– घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गर्न सकिन्छ ।
– कपालका लागि वरदान हो घिउकुमारी
– घिउकुमारीले कपाललाई सुन्दर बनाउने मात्र होइन, जरैदेखि मजबूत बनाउँछ । यसले कपाल झर्न दिदैंन ।
– घिउकुमारीको जुसलाई तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।

श्रोत - NP News
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: